Saturday, August 1

अर्थ

राज्यको ढुकुटीबाट चिया–नास्तामै २० अर्ब खर्च
अर्थ, पत्रपत्रिका, समाचार

राज्यको ढुकुटीबाट चिया–नास्तामै २० अर्ब खर्च

नेपाल अखबार, काठमाडाैं। राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पाइएको छ। महालेखा परीक्षक कार्यालयले अनुत्पादक खर्च नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। ‘यसप्रकारका अनुत्पादक खर्च नियन्त्रण गर्नुपर्नेमा थप रकमान्तर गरी खर्च गर्न मनासिब देखिएन’, महालेखाको ५७औं प्रतिवेदनमा लेखिएको छ, ‘यसप्रकारको खर्चमा नियन्त्रण गर्नुपर्छ।’ महालेखाका अनुसार विनियोजित रकम सकेर विकास बजेटसमेत रकमान्तर गरी खर्च गरेको पाइएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।...
अलैँचीमा सकस – बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर
अर्थ, कृषि, समाचार

अलैँचीमा सकस – बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

नेपाल अखबार,इलाम । स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैँचीको भारतीय भन्सार मूल्य मापन चाहिँ सधै एउटै दर कायम हुन्छ । अलैँचीको भन्सार मूल्य कुनै बेला नेपाली बजारमा रु एक लाख प्रति मन कोरोबार हुँदा र अहिले सरदर रु २० हजार प्रति मन हुँदा पनि एउटै छ । व्यवसायीका अनुसार अहिले नेपालबाट जाने अलैँचीको मूल्य दर प्रतिकिलो भारु ५०० (रु ८००) को नै बिल भन्सारमा बनाउनुपर्ने बाध्यता छ । यही कारण नेपाली बजारमा प्रतिकिलो ५०० रुपैयाँ मात्र अलैँचीको मूल्य हुँदा अतिरिक्त रु ३०० भन्सार मूल्य देखाएर भारत अलैँची पठाउनुपर्ने बाध्यता छ । यो भन्सार मूल्य नेपाली बजारमा किसानको अलैँची किनेको मूल्यको झण्डै दोब्बर मूल्य हो । “भन्सार मूल्य समायोजन नहुँदा भन्सा...
निषेधाज्ञाको विकल्प खोज्न व्यवसायीको माग
अर्थ, समाचार, समाज

निषेधाज्ञाको विकल्प खोज्न व्यवसायीको माग

नेपाल अखबार, काठमाडौँ । राष्ट्रिय व्यापार सङ्घले निषेधाज्ञाको विकल्प खोजेर व्यवसायको वातावरण मिलाउन माग गरेको छ । सङ्घको टोलीले आज काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलाललाई भेटेर कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै निषेधाज्ञा लम्ँिबदै जाँदा व्यापारी व्यवसायीहरु समस्यामा परेको जनाउँदै निषेधाज्ञाको विकल्प खोजेर व्यापार व्यवसायको वातावरण मिलाउन माग गरेको हो । सङ्घका महासचिव बैकुण्ठ दाहालले कोरोना सङ्क्रमणका कारण निरन्तर भएको बन्दाबन्दी र निषेधाज्ञाले हजारौँ व्यवसायी आफ्नो व्यापार व्यवसाय छोड्न बाध्य भएको भन्दै यस क्षेत्रमा भएको पलायन रोक्न निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताउनुभयो । “व्यापार व्यवसाय सञ्चालन गर्न नपाउँदा घरभाडा, वित्तीय संस्थाको ऋण, व्याज, कर, तलबलगायत कुराहरुले व्यवसायी मानसिक तनावमा परेका छन्, व्यापार व्यवसायको वातावरण मिलाउन आग्रह गर्दछौँ”, उहाँले भन्नुभयो । सङ्घले वि...
कोरोना कहर : चिया बुझ्न आएनन् विदेशी
अर्थ, कृषि, समाचार

कोरोना कहर : चिया बुझ्न आएनन् विदेशी

नेपाल अखबार, इलाम। विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग/कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे । कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे । प्रायः चैतदेखि दसैँअघिको समयसम्म चियाका लागि बढी विदेशी आउने सिजन हो तर यसपटक कोरोना महामारीले चियाका लागि आउने विदेशी (खरिदकर्ता)को सङ्ख्या शून्य छ । यसले चिया उद्योग र बगानमा चिया खरिदकर्ताको चाप कम भएको भने चिया बिक्री पनि अत्यन्तै कम भइरहेको छ । कोरोनाकै कारण यसपटक विदेशी खरीदकर्ता चाहेर पनि नेपाल आउन नसकेको इलाम नगरपालिकास्थित ग्रीन हिल अर्थोडक्स चिया उद्योग साँखेजुङका सञ्चालक टङ्क दाहाल बताउँछन् । दाहालका अनुसार गएको पाँच वर्षदेखि लगातार उद्योगमा विदेशी ग्राहक आउने गरेका थिए तर यसपटक भने एकजना पनि आउन सकेका छैनन्  । “धेरैले फोनमार्फत आउन सकिन है ...
विश्व बैंकले दियो नेपाललाई १ अर्ब २७ करोड अनुदान
अर्थ, प्रशासन, समाचार

विश्व बैंकले दियो नेपाललाई १ अर्ब २७ करोड अनुदान

नेपाल अखबार, काठमाडौं । विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाा (१ करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंकबाट यो सहायता उपलब्ध भएको हो । कोरोना महामारीको संकटकाबीच आधारभूत शिक्षामा पहुाच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन यो सहायताले मद्दत गर्ने विश्व बैंकले जनाएको छ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)बाट यो सहायता उपलब्ध हुन लागेको हो । विद्यालय क्षेत्र विकास कार्यक्रम विश्व बैंकसहित एसियाली विकास बैंक, यूरोपियन यूनियन, फिनल्याण्ड, ग्लोबल पार्टनरसिप फर एजुकेशन, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, यूएसआइडी, यूनिसेफलगायत निकायको सहयोगमा सञ्चालनमा रहेको छ । जीपीई कोभिड १९ द्रुत कोषबाट प्राप्त भएको यो...
अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर
अर्थ, विश्व, समाचार

अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर

नेपाल अखबार, एजेन्सि । कोरोनाभाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ ।  अमेरिकी बजेट तयार पार्ने कङ्ग्रेस बजेट कार्यालयका अनुसार अर्थतन्त्रलाई जीवन्त राख्न सरकारले गरेका खर्चका कारण संघीय बजेटमा २० खर्ब डलरभन्दा बढी भार थप भएको छ । बजेट घाटाको अंक बढ्नुको अर्थ हो, अर्को वर्ष संघीय ऋण वार्षिक कूल गार्हस्थ्य उत्पादनभन्दा बढी हुनेछ । यो स्थितिमा अमेरिका यसअघि दोस्रो विश्वयुद्धपछि मात्र पुगेको थियो । त्यसबखत कूल राष्ट्र ऋण समग्र अमेरिकी अर्थतन्त्रको आकारभन्दा बढी थियो । बुधबार सार्वजनिक गरिएको ३३ खर्ब डलरको अंक सन् २०१९ को कूल घाटाभन्दा तीन गुणा बढी हो । कोरोनाभाइरस महामारीबाट सिर्जित समस्यापछि घोषणा गरिएका चार पटकका राहत प्याकेजका कारण सरकारको कूल खर्च ६६ खर्ब डलर पुगेको छ, र यो रकम सन् २०१९ ...
सुनको मूल्य घट्यो
अर्थ, समाचार

सुनको मूल्य घट्यो

नेपाल अखबार, पाेखरा। बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । बुधबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ७०० ले घटेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ९६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३ सय ६३ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
हुम्लामा आगलागीबाट ६ घर नष्ट
अर्थ, समाचार, समाज

हुम्लामा आगलागीबाट ६ घर नष्ट

नेपाल अखबार, सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटको ठूलो गाउँमा आगलागीबाट ६ घर नष्ट भएका छन् । स्थानीय जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका ६ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआइजी) बसन्तकुमार पन्तले जानकारी दिए । बुधबार साँझ ६ बजे जोखे जैसीको घरबाट सल्किएको आगोले छिमेकी हरीभक्त जैसी, मथान जैसी, अनिलाल जैसी, देवीसिङ जैसी र रुपकला जैसीको घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगो आज बिहान २ बजे नियन्त्रणमा आएको छ । अगलागीबाट भएको क्षतिको विवरण एकिन नभएको प्रहरीले जनाएको छ । तीन महिना पुग्ने खाद्यान्न दिन्छौं ः मन्त्री भण्डारी यसैबीच कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले हुम्लाका अग्नि पीडितलाई प्रदेश सरकारले तीन महिना पुग्ने खाद्यान्न उपलब्ध गराउने बताएका छन् । ‘अग्नि पीडितहरुलाई तत्काल राहत र उद्धारको खाँ...
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विषालु सर्प पाल्न ७२ करोड अनुदान
अर्थ, समाचार

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विषालु सर्प पाल्न ७२ करोड अनुदान

नेपाल अखबार, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले रु ७२ करोड अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि प्रतिष्ठानले तीन वटै तहको सरकारसँग सम्झौता गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताए । सर्पको विष उत्पादन गरेर शुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा वर्षेनी धेरै मानिसको ज्यान जाने गरेको छ । सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ । अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग...
पेट्रोलको मूल्य वृद्धि
अर्थ, समाचार

पेट्रोलको मूल्य वृद्धि

नेपाल अखबार, पाेखरा। नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य दुई रुपैयाँ बढेको आयल निगमले जनाएको छ । पेट्रोलको मुल्य अब १०७ रुपैँया पुगेको छ । अन्य पेट्रोलियम पदार्थको मुल्य भने वृद्धि भएको छैन ।