अनुदान पाएपछि व्यावसायिक स्याउखेतीमा जुटे भोजपुरका किसान
नेपालअखबार,भोजपुर । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका किसान स्याउको व्यावसायिक खेतीमा जुटेका छन् । वडाले स्याउखेतीका निम्ति अनुदान दिएपछि स्थानीय व्यावसायिक स्याउखेतीमा जुटेका हुन् । साम्के र तामालुङ गाउँका २६ जना किसानले करिब एक सय रोपनी क्षेत्रफलमा स्याउको खेती विस्तार गरेको स्थानीयवासी पाण्डव राईले बताए । वडाले स्याउखेती विस्तारको लागि अनुदान दिएपछि किसानहरु उत्साहित भएर खेती विस्तारमा लागेका हुन् । पचास प्रतिशत लागत साझेदारीमा व्यावसायिक खेती प्रवद्र्धन थालिएको उनले जानकारी दिए ।
स्याउखेतीका निम्ति भूबनोट र जलवायु उपयुक्त भएकाले साम्के र तामालुङ गाउँमा स्याउखेती कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष एकराज आचार्यले बताए । किसानलाई एक हजार ८०० बिरुवा वितरण गरिएको छ ।
“यो क्षेत्रलाई स्याउको नमूना क्षेत्र बनाउने हाम्रो लक्ष्य छ । अन्य ठाउँमा सुन्तला, कागतीलगायत फलफूलखेती प्रोत्साह...










