Thursday, September 17

कृषि

हरिहरिपुरगढीमा मकैको हाइब्रिड बीउ उत्पादन प्लट
कृषि, समाचार, समाज

हरिहरिपुरगढीमा मकैको हाइब्रिड बीउ उत्पादन प्लट

नेपालअखबार,हेटौंडा । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका कार्यालय परिसरको जग्गामा मकैको हाइब्रिड बीउ उत्पादन लार्ज प्लट राखिएको छ । सिन्धुलीका कृषकलाई प्रत्यक्ष लाभ दिलाउने योजनाले बागमती प्रदेशको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौंडाले गाउँपालिका कार्यालयसँगको समन्वयमा मकैको बीउ उत्पादन प्लट राखेको हो । २२ कठ्ठा जग्गामा मकैको हाइब्रिड बीउ उत्पादन गरेर गाउँपालिकाले आफ्ना कृषकलाई उपलब्ध गराउने योजना छ । बीउ बिजन केन्द्रले हरिहरपुरगढीका कृषकलाई रामपुर हाइब्रिड-१० (आरएमएल १५०/आरएमएल १८) को बीउ उत्पादन प्लटको प्रदर्शनीसँगै हाइब्रिड मकैको बारेमा जानकारी गराएको छ । बीउ उत्पादन गर्न राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले प्राविधिक सहयोग गरेको छ । बीउ बिजन केन्द्रले बागमती प्रदेशको हरिहरपुरगढीमा मकै उत्पादन प्लट सुरु गरेको हो । अनुसन्धान कार्यक्रम रामपुरका बरिष्ठ वैज्ञानिक भिम...
बगर छेउमा प्याज खेती गरेका किसान भन्छन्- मेहनत धेरै लाग्दैन, राम्रै उत्पादन हुन्छ
कृषि, समाचार, समाज

बगर छेउमा प्याज खेती गरेका किसान भन्छन्- मेहनत धेरै लाग्दैन, राम्रै उत्पादन हुन्छ

नेपालअखबार,कैलाली । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन्। यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन्। कर्णाली नदीको किनारामा विगत तीन वर्ष केही किसानले प्याजखेती गर्दै आएको भए पनि यसवर्ष धेरै किसानले प्याजखेती गरेको स्थानीयको भनाइ छ। माटोमा भन्दा बालुवामा प्याज उत्पादन राम्रो हुने भएपछि फाँटाका किसानले बगरमा प्याजखेती गर्न लागेको बताएका छन्। तीन वर्षदेखि बगरमा प्याजखेती गर्दै आएका स्थानीय सहिबहादुर चौधरीले यसवर्ष ८६ किलो प्याजको बीउ लगाएको बताए। ‘गतवर्ष २० किलो प्याजको बेर्ना लगाएर तीन क्विन्टल प्याज उत्पादन भयो,' चौधरीले भने, ‘गत वर्ष बेर्ना राम्रो भएन, पहिलो पटक १३ किलो बेर्ना लगाएर पाँच क्विन्टल उत्पादन भएको थियो।’ यसवर्ष अढाइ कठ्ठामा खेती गरेको उनको भनाइ छ। ‘सुरूमा हामी एक दुई जनाले खेती गर्थ्यौं। अहिले पूरै गाउँ...
किसानलाई अनुदानमा स्याउको बिरुवा वितरण
कृषि, समाचार, समाज

किसानलाई अनुदानमा स्याउको बिरुवा वितरण

नेपालअखबार,डोल्पा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यहाँ विभिन्न जातका स्याउका बिरुवा वितरण गरेको छ ।  स्याउ जोन प्रभाव क्षेत्रमा क्षेत्रफल विस्तार कार्यक्रमअन्तर्गत प्रस्ताव आह्वान भइ छनोट भएका कृषक समूह/सहकारी/फर्मलाई ५० प्रतिशत अनुदानमा १२ हजार छ सय बिरुवा वितरण गरिएको छ । डोल्पा स्याउ खेती र सिमी खेतीको लागि उपयुुक्त ठाउँ भएको हुँदा विशेष योजनाका साथ कार्यालयले काम गरिरहेको उनले बताए। मुड्केचुला र काइके गाउँपालिकामा भने सिमी जोन कार्यक्रम लागू भइरहेको छ ।...
५ सय रोपनी बाँझो जमिनमा व्यवसायिक ओखर खेती
कृषि, समाचार, समाज

५ सय रोपनी बाँझो जमिनमा व्यवसायिक ओखर खेती

नेपालअखबार,गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वर्षौदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखर खेती सुरुवात गरिएको छ । किसानको आर्थिक आयआर्जन वृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिए । ‘करिब २ हजार २ सयमिटरको उचाईमा रहेको ती दुई क्षेत्रमा जग्गा भएका किसानहरुलाई समेटेर कागतेखर्क बहुउद्देशीय कृषक समुह गठन गरिएको छ’, उनले भने, ‘सोही समुहमा आवद्ध किसानलाई प्राविधिकको सुझाव अनुसार जसको जमिनमा जति वटा बेर्ना लगाउन मिल्छ सोही अनुसार बेर्ना अनुदानमा उपलब्ध गराइएको हो।’ मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रम र गाउँपालिकाको लागत साझेदारीमा किसानलाई २ हजार २ सयवटा ओखरका बेर्ना वितरण गरिएको उनले बताए ।  गाउँपालिकाले नै जुम्लाबाट कलमी गरिएको ओखरका विरुवा खरिद गरेर ल्याई क...
तरकारी र फलफूलको आजको थोक मूल्य
कृषि, समाचार, समाज

तरकारी र फलफूलको आजको थोक मूल्य

नेपालअखबार,काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी  ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी  २०, आलु रातो प्रतिकेजी  ३६, आलु रातो (भारतीय) प्रतिकेजी  ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी  ६८, गाजर (लोकल) प्रतिकेजी  ४०, गाजर (तराई) प्रतिकेजी  ३०, बन्दा (लोकल) प्रतिकेजी  १५ रहेको छ । बन्दा (तराई) प्रतिकेजी  १२, बन्दा (नरिवल) प्रतिकेजी  १२, काउली स्थानीय प्रतिकेजी  १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी  २०, काउली (तराई) प्रतिकेजी  १२, मूला रातो प्रतिकेजी  ३०, मूला सेतो (लोकल) प्रतिकेजी  २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी  ३०, भन्टा लाम्चो प्रतिकेजी  ३०, भन्टा डल्लो प्रतिकेजी  ५० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी ...
पूर्वशिक्षक जगतको खेतमा लटरम्म सुन्तला
अर्थ, कृषि, समाचार, समाज

पूर्वशिक्षक जगतको खेतमा लटरम्म सुन्तला

नेपालअखबार,म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए । ‘सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर लाग्यो,’ खत्री भन्छन्, ‘यो वर्ष मात्रै  ४० लाख रुपैयाँको सुन्तला बेचिसके । सबै बगैंचाको बिक्री गर्दा ४५ लाख रुपैयाँ पुग्ने अनुमान छ ।’ खत्रीको ३६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार पाँच सय ९३ बोट सुन्तलाका बिरूवा छन् । यस वर्ष चार सय ८० बिरूवाले ३४ हजार किलोग्राम सुन्तला उत्पादन दिएका छन् । सबै बोटमा फल लाग्दा वार्षिक एक करोड रुपैयाँ बढीको सुन्तला बिक्री हुने उनी बताउँछन् । प्रतिकिलो एक सय २० रुपैयाँका दरले बगैचाबाटै काठमाडौँका व्यापारीले सुन्तला किनेर लगेका छन् । यतीबेला खत्रीलाई सुन्त...
झाडी फाँडेर सुन्तला बगान
कृषि, समाचार, समाज

झाडी फाँडेर सुन्तला बगान

नेपालअखबार म्याग्दी । कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउनका समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका व्‍यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो । बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङगलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ । ‘बुढेशकालमा शान्त वातावरणमा बस्नका लागि भनेर दोसल्लेमा जग्गा किनेको थिए,’ उनले भने, ‘काम गर्दा गर्दै सुन्तला बगैचा पो भयो।’ रोजगारीका लागि पोर्चुगलमा रहेका जग्गाधनीका परिवार र आफन्त पोखरामा बसाईसराई गरेपछि विकासले किनेको जग्गामा रहेको सुन्तला बगैचाले स्याहार पाउन छाडेको थियो । पाखोबारी झाडीमा परिणत भएको थियो । श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफुल, तरकारी तथा कृषि फार्ममा पुराना एक सय ५० बोट ...
जुनेलो, फापर, गहत फलाउने किसान भएनन्
कृषि, समाचार, समाज

जुनेलो, फापर, गहत फलाउने किसान भएनन्

नेपालअखबार,गाइघाट। जिल्लाको पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रूपमा उत्पादन हुँदै आएका फापर, जुनेलो, गहतलगायत अन्नबाली हिजोआज खेती हुन छाडेको छ। ताप्ली, उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा परम्परागत रूपमा खेती हुँदै आएको फापर, जुनेलो, गहत जस्ता अन्नबाली लगाउने किसानको कमी हुन थालेपछि लोप हुने अवस्थामा पुगेको हो। रौतामाई गाउँपाालिका–५ रामेटारका किसान पदमबहादुर मगरले २० वर्ष अगाडिसम्म गाउँमा गहत, जुनेलोको प्रशस्त उत्पादन हुने बताउँदै पछिल्लो समय खेती गर्नेको सङ्ख्यामा कमी आएपछि उत्पादन पनि नभएको उल्लेख गरे। पछिल्लो समय बजारसमेत पाउन टाडेको उनको भनाइ छ । रौतामाई–४ का किसान नेत्रप्रसाद खत्रीले भने, 'करिब १५–२० वर्ष अघिसम्म गाउँघरमा जुनेलो प्रशस्त उत्पादन गरेर बिक्री गर्दथ्यौँ । हिजोआज यसको खेती हुन छाडेपछि खान मन लागेमा अन्यत्र गएर किनेर ल्याउन बाध्य भएका छौं,' उनले भ...
‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग
अर्थ, कृषि, समाचार

‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग

नेपालअखबार,चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ आज बिहान पनि दूध बोकेका ट्याङ्करको लामो लाइन लागेको थियो । सहकारी र निजी डेरी फार्महरूले सङ्कलन गरेको दूध बजारमा खपत हुन नसकेपछि ती ट्याङ्करहरू उद्योगमा दूध बोकेर आएका थिए । बजारमा दूध खपत नभएपछि प्रशोधन गरेर धुलो बनाउन ती ट्याङ्कर यहाँ आएका हुन् ।नेपाल डेरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार दाहाल यसरी आएको दूध उक्त उद्योगले प्रशोधन नगरेको भए दूध फाल्नुको विकल्प नहुने बताउँछन् । उनले भने, “चितवन मिल्क नभएको भए तपाईंले आज बिहान देखेको ट्याङ्करको दूध खोलामा फाल्नुको विकल्प थिएन ।” केही वर्षअघिसम्म दूध धेरै उत्पादन हुने समयमा मिल्क होलिडे गर्ने गरिएको थियो । अध्यक्ष दाहालका अनुसार पछिल्लो आँकडाअनुसार नेपालमा दैनिक ७५ लाख लिटर दूध उत्पादन हुने गर्दछ । त्यसमध्ये आधा दूध घर र बाँकी व्यावसायिक प्रयोजनमा प्रगो...
अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार
अर्थ, कृषि, समाचार

अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार

नेपालअखबार ,बागलुङ । बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु छ करोड भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताए। उनका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएका छन् । यहाँ प्रतिकेजी रु एक हजार २५० का दरले अलैँची बिक्री भएको छ । उत्पादनबाट राम्रो आम्दानी हुने भएकाले यहाँ हरेक वर्ष किसानको आकर्षण बढिरहेको छ । अलैँचीखेतीको विस्तारले यसलाई पुष्टि गरेको छ । यहाँ आर्थिक वर्ष ०७८/७९ मा एक सय २८ हेक्टर जमिनमा अलैँचीखेती गरिन्थ्यो । जसमा ४२ मेट्रिक टन उत्पादन भएको थियो । प्रतिकेजी रु नौ...