हरिहरिपुरगढीमा मकैको हाइब्रिड बीउ उत्पादन प्लट
नेपालअखबार,हेटौंडा । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका कार्यालय परिसरको जग्गामा मकैको हाइब्रिड बीउ उत्पादन लार्ज प्लट राखिएको छ ।
सिन्धुलीका कृषकलाई प्रत्यक्ष लाभ दिलाउने योजनाले बागमती प्रदेशको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौंडाले गाउँपालिका कार्यालयसँगको समन्वयमा मकैको बीउ उत्पादन प्लट राखेको हो । २२ कठ्ठा जग्गामा मकैको हाइब्रिड बीउ उत्पादन गरेर गाउँपालिकाले आफ्ना कृषकलाई उपलब्ध गराउने योजना छ ।
बीउ बिजन केन्द्रले हरिहरपुरगढीका कृषकलाई रामपुर हाइब्रिड-१० (आरएमएल १५०/आरएमएल १८) को बीउ उत्पादन प्लटको प्रदर्शनीसँगै हाइब्रिड मकैको बारेमा जानकारी गराएको छ । बीउ उत्पादन गर्न राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले प्राविधिक सहयोग गरेको छ । बीउ बिजन केन्द्रले बागमती प्रदेशको हरिहरपुरगढीमा मकै उत्पादन प्लट सुरु गरेको हो ।
अनुसन्धान कार्यक्रम रामपुरका बरिष्ठ वैज्ञानिक भिम...









