Monday, August 3

कृषि

म्याग्दी अकबरे खुर्सानीको व्यावसायिक खेती
कृषि, समाचार, समाज

म्याग्दी अकबरे खुर्सानीको व्यावसायिक खेती

नेपालअखबार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलो पटक अकबरे (डल्ले) जातको खुर्सानीको व्यावसायिकखेती थालेका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रुपमा व्यावसायिक अकबरेखेती गर्न थालेका जानकारी दिए । ‘भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीको व्यावसायिक अकबरे खुर्सानीखेती सफल देखिएको छ’, उनले भने, ‘बेनी, दरवाङ, तातोपानी, गलेश्वरलगायत बजार क्षेत्रमा आवश्यक पर्ने अकबरे खुर्सानी तराई र पूर्वी पहाडी जिल्लाबाट ल्याउने क्रम घटेको छ।’ भकिम्लीको गङ्गा पशुपक्षी तथा फलफूल कृषि फार्मका सञ्चालक खिमबहादुर आले मगरले कोदो, मकैलगायत परम्परागत खाद्यबालीको विकल्पमा सात रोपनी जमिनमा हालसम्म उत्पादन भएको सात सय किलोग्राम अकबरे खुर्सानी बेचेर रु एक लाख ७५ हजार आम्दानी गरेको बताए । ‘बेनीका तरकारी पसलमा होलसेल...
सुनसरीमा किसान भन्छन्– यस पटकको दसैँ दशा भएर आयो
कृषि, समाचार, समाज

सुनसरीमा किसान भन्छन्– यस पटकको दसैँ दशा भएर आयो

नेपालअखबार, सुनसरी । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले ती मध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए । उनी भन्छन्, “दसैँ अगाडि नै धान भित्र्याउने सोच बनाएको थिए ।  आफूलाई खान पुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए ।  यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो । ” यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्‍याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन ।  उनले भने, “बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ । ” यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा रु ४० हजार खर्च गरेका थिए । उनले भने, “बाढीले  भित्र्याउने बेलमा भएको धानबालीमा धेरै न...
च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवा तालसम्म
कृषि, समाचार, समाज

च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवा तालसम्म

नेपालअखबार ,ढोरपाटन (बागलुङ) । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए । मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुगेका उनका साथमा दुई साथी पनि थिए । लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दशैंको मुखमा च्याङ्ग्रा बेच्न लुम्ले आइपुगेका छन् । च्याङ्ग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ । लामाले दशैंमा च्याङ्ग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलो पटक भने होइन । विगत एक दशकदेखि नियमित जसो च्याङ्ग्राको व्यापार गर्न उनी मुगुबाट यहाँ आउँछन् । ‘यसपालि दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ’, उनले भने । लामो समयदेखि यह...
सुनसरीमा बाढीले धान बालीमा बढी क्षति
कृषि, समाचार, समाज

सुनसरीमा बाढीले धान बालीमा बढी क्षति

नेपालअखबार,इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब रु ४० हजार खर्च गरेको थियो। केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उनीसँगै जिल्लाका अधिकांश किसानका धान खेतीमा क्षति पुर्‍याएको समाजसेवी राजकिशोर मेहताले बताए । प्रतिबिघा रु ४० हजार लगानी गरेर खेती गर्नु आमकिसानका लागि समान्य कुरा नभएको उनको भनाइ छ । देवनारायणले खेतीमा लगानी गर्दा चिन्ता लिएका थिए। थिएन् तर अहिले बाढीबाट क्षति भएपछि वर्षभरि के खाने भन्ने चिन्तामा उनी हुन्छ। उनले करिब दुई बिघामा धानखेती गर्नुभएको थियो । देवनारायणले खेतीको बिमा नगरेकाले पनि थप चिन्ता थपेको समाजसेवी मेहताले बताए । देवनारायणले घुटराज जातको धान लगाउनुभएको थियो । पाकेर भित्र्याउने बेला आएको पानीले खेतीसँगै किसानको लाखौँको लगा...
किसानलाई बजारसँग जोड्ने ‘पैंचो पसल’
कृषि, समाचार, समाज

किसानलाई बजारसँग जोड्ने ‘पैंचो पसल’

नेपालअखबार,गुल्मी । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्छन्। केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन्। पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति  परिमाणमा ल्याए? त्यसको मूल्य कति हो? निर्धारण गरेर पठाउँदैमा बित्छ। किसानलाई आफूले ल्याएको तरकारीबाट कति कमाइ भयो भन्ने जानकारी घर नपुग्दै मोबाइलमा आइपुग्छ। कति तरकारी बिक्री गरेछु भन्ने हिसाब राख्नै पर्दैन। पाण्डेका अनुसार केन्द्रमा दैनिक औसतमा पाँच क्विन्टल तरकारी आउँछ। संकलन भएका तरकारी लिन केन्द्रमा सवारीसाधन आइपुग्छ। स्थानीय किसानका लागि दैनिक उपभोग्य सामान पनि संकलन केन्द्रमै उपलब्ध हुन्छ। किसानले कति मूल्यको तरकारी बिक्री गरे र त्यहाँबाट कति मूल्यको सामान लिएर गए भन्ने जानकारी पनि मोबाइलमै आउँछ। किसानलाई सामान उपलब्ध गराउँदै उनीहरूको तरकारी खरिदलगायतसम्मको कामको व्यवस्थापन ‘पैं...
बुकीमा चरेका च्याङग्राको माग उच्च
कृषि, समाचार, समाज

बुकीमा चरेका च्याङग्राको माग उच्च

नेपालअखबार,म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उहाँले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आएका छन् । ‘वर्षमा ४० जति च्याङग्रा बिक्री हुन्छ,’ उनले भने, ‘घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङग्रा पालनबाटै जुटाउने गरेको छु।’ ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङग्रापालनलाई निरन्तरता दिएका हुन् । याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङग्रा पालेका छन् । दशै तिहारमा पोखरा, काठमाडौ लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङग्राको उच्च माग हुन्छ । सडक यातायात र बजारको सुविधासँगै च्याङग्रा पाल्ने पेशा व्यवसायिक बन्न थालेको लोघेकर दामोदरकुण्...
मनाङमा फस्टाउँदैछ बेमौसमीखेती
कृषि, समाचार, समाज

मनाङमा फस्टाउँदैछ बेमौसमीखेती

नेपालअखबार,मनाङ । खेतीपाती तथा कृषिका लागि दुर्गम मानिने हिमाली जिल्ला मनाङ फेरिँदै गएको छ । कृषि पकेट क्षेत्र तोकिएका अन्य स्थानमा जस्तै व्यावसायिक रूपमा विभिन्न प्रजातिका अन्न र कृषिउपज उत्पादन हुन थालेका छन् । यहाँ विभिन्न प्रजातिको तरकारी उत्पादन हुन थालेपछि लमजुङ हुँदै अन्यत्र निकासी गर्न थालिएको छ । समुन्द्री सतहदेखि दुई हजार सात सय मिटर उचाइमा अवस्थित सदरमुकाम चामेमामात्र नभई तीन हजार पाँच सय ४० मिटर उचाइमा पर्ने ङिस्याङ गाउँपालिकामा बन्दाकोपी, गाँजर, मूला, गोलभेँडा, रायोलगायत बेमौसमी तरकारी उत्पादन हुन थालेको छ । तरकारी उत्पादन हुन थालेपछि आन्तरिक खपतसँगै निकासी गर्न थालिएको र आयात प्रतिस्थापन सम्भव हुन थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । मनाङका चारवटै पालिकामा एक दशकयता टनेलखेतीको अभ्यास हुँदै आएको छ । यसले किसान र स्थानीय बासिन्दालाई उत्साहित बनाएको छ । अर्कोतर्फ चिन्ता ...
खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक
कृषि, समाचार, समाज

खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक

नेपालअखबार, मुगु । मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन् । स्याउ उत्पादनको लागी निकै सुहाउँदो हावापानी भएको जिल्ला हुँदा पछिल्लो समयमा गाउँ गाउँमा सडक सञ्जाल  जोडिएपछि  मुगुका कृषकहरू खेर गएको स्याउबाट विभिन्न परिकार बनाउन थालेका हुन् । उत्पादन गरेका ठुला राम्रा स्याउ खेर जान थालेपछि कृषकहरू मारमा परेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईबाट पोस्ट हार्भेष्ट तथा फलफूल प्रशोधन तालिम पाएपछि  खेर जाने स्याउबाट विभिन्न प्रकारका बस्तुहरू बनाउन थालेका हुन् । लामो समयदेखि स्याउ खेती गरी राम्रो ठुला दाना भएको स्याउ बगैँचाबाट बिक्री हुने गरेको थियो । साना दाना लागेका स्याउहरू केही बगैँचाबाटै खेर जाने र केही घरमा ल्याएर गाई,भैँसीलाई खुवाएर खेर जाने गरेको स्थानीय जस बहादुर बुढाले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खेर...
अध्ययनस्थल बन्दै बन्दिपुरको बाख्रा अनुसन्धान केन्द्र
कृषि, समाचार, समाज

अध्ययनस्थल बन्दै बन्दिपुरको बाख्रा अनुसन्धान केन्द्र

नेपालअखबार, तनहुँ । तनहुँको बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित हुँदै गएको छ । केन्द्रबारे जानकारी लिन धेरै जिज्ञासु दैनिक यहाँ आउने गरेका छन् । एक वर्षमा आठ हजार अवलोकनकर्ताले केन्द्रका बारेमा जानकारी लिएका गरेका छन् । गत वर्ष सात हजार नौ सय ६४ जनाले अनुसन्धान केन्द्रको भ्रमण गरेका थिए । केन्द्रप्रमुख डा राजु कँडेलका अनुसार कृषि, पशुपालन, वनविज्ञानका विद्यार्थी अध्ययनमा आउने गरेकामा सङ्घ र प्रदेश सरकारका मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेताको भ्रमणको गन्तव्य केन्द्र बनेको छ । केन्द्रले प्रविधि विकास तथा उन्नत र स्थानीय जातका प्रजननयोग्य बोका, पाठी तथा घाँस बेर्ना वितरणका साथै स्थानीय जातको संरक्षण गर्दै आएको छ । कार्यालयले सोही आर्थिक वर्षमा दुई सय ८६ बाख्रामा शुद्ध बोर बोकाबाट प्रजनन सेवा प्रदान गरेको जना...
चितवनमा मह नबिक्दा किसानको मनै ‘अमिलो’ !
अर्थ, कृषि, समाचार, समाज

चितवनमा मह नबिक्दा किसानको मनै ‘अमिलो’ !

नेपालअखबार, चितवन । चितवनमा मह बिक्री नहुँदा मौरी पालक किसान चिन्तित बनेका छन् । नयाँ मह निकाल्ने समय भइसक्दा पनि पुरानै मह बिक्री नहुँदा उनीहरु चिन्तित बनेका हुन् । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेका कालिका नगरपालिकाका शिवप्रसाद शर्मा चितवनमा मात्रै करिब ५ सय मेट्रिक टन मह बिक्री हुन नसकेको बताउँछन् । उनी भन्छन्,  ‘फेरि मह निकाल्ने समय भयो । पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन् ।’ पौडेलका अनुसार चितवनमा हाल ३० हजार बढी मौरीका घार छन् । यसबाट वार्षिक ८ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । गत वैशाखदेखि राज्यले मह आयात रोक्दा केही सहज भएको भए पनि पुनः आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने उनको भनाइ छ । यहाँ हाल सेरेना र मेरिफेरा नामक मौरी पालिँदै आएको छ । यसबाट वार्षिक चार हजार नौ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको निवर्तमान अध्यक्ष पौडेलले जानक...