Wednesday, September 16

कृषि

किसानलाई बजारसँग जोड्ने ‘पैंचो पसल’
कृषि, समाचार, समाज

किसानलाई बजारसँग जोड्ने ‘पैंचो पसल’

नेपालअखबार,गुल्मी । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्छन्। केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन्। पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति  परिमाणमा ल्याए? त्यसको मूल्य कति हो? निर्धारण गरेर पठाउँदैमा बित्छ। किसानलाई आफूले ल्याएको तरकारीबाट कति कमाइ भयो भन्ने जानकारी घर नपुग्दै मोबाइलमा आइपुग्छ। कति तरकारी बिक्री गरेछु भन्ने हिसाब राख्नै पर्दैन। पाण्डेका अनुसार केन्द्रमा दैनिक औसतमा पाँच क्विन्टल तरकारी आउँछ। संकलन भएका तरकारी लिन केन्द्रमा सवारीसाधन आइपुग्छ। स्थानीय किसानका लागि दैनिक उपभोग्य सामान पनि संकलन केन्द्रमै उपलब्ध हुन्छ। किसानले कति मूल्यको तरकारी बिक्री गरे र त्यहाँबाट कति मूल्यको सामान लिएर गए भन्ने जानकारी पनि मोबाइलमै आउँछ। किसानलाई सामान उपलब्ध गराउँदै उनीहरूको तरकारी खरिदलगायतसम्मको कामको व्यवस्थापन ‘पैं...
बुकीमा चरेका च्याङग्राको माग उच्च
कृषि, समाचार, समाज

बुकीमा चरेका च्याङग्राको माग उच्च

नेपालअखबार,म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उहाँले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आएका छन् । ‘वर्षमा ४० जति च्याङग्रा बिक्री हुन्छ,’ उनले भने, ‘घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङग्रा पालनबाटै जुटाउने गरेको छु।’ ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङग्रापालनलाई निरन्तरता दिएका हुन् । याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङग्रा पालेका छन् । दशै तिहारमा पोखरा, काठमाडौ लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङग्राको उच्च माग हुन्छ । सडक यातायात र बजारको सुविधासँगै च्याङग्रा पाल्ने पेशा व्यवसायिक बन्न थालेको लोघेकर दामोदरकुण्...
मनाङमा फस्टाउँदैछ बेमौसमीखेती
कृषि, समाचार, समाज

मनाङमा फस्टाउँदैछ बेमौसमीखेती

नेपालअखबार,मनाङ । खेतीपाती तथा कृषिका लागि दुर्गम मानिने हिमाली जिल्ला मनाङ फेरिँदै गएको छ । कृषि पकेट क्षेत्र तोकिएका अन्य स्थानमा जस्तै व्यावसायिक रूपमा विभिन्न प्रजातिका अन्न र कृषिउपज उत्पादन हुन थालेका छन् । यहाँ विभिन्न प्रजातिको तरकारी उत्पादन हुन थालेपछि लमजुङ हुँदै अन्यत्र निकासी गर्न थालिएको छ । समुन्द्री सतहदेखि दुई हजार सात सय मिटर उचाइमा अवस्थित सदरमुकाम चामेमामात्र नभई तीन हजार पाँच सय ४० मिटर उचाइमा पर्ने ङिस्याङ गाउँपालिकामा बन्दाकोपी, गाँजर, मूला, गोलभेँडा, रायोलगायत बेमौसमी तरकारी उत्पादन हुन थालेको छ । तरकारी उत्पादन हुन थालेपछि आन्तरिक खपतसँगै निकासी गर्न थालिएको र आयात प्रतिस्थापन सम्भव हुन थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । मनाङका चारवटै पालिकामा एक दशकयता टनेलखेतीको अभ्यास हुँदै आएको छ । यसले किसान र स्थानीय बासिन्दालाई उत्साहित बनाएको छ । अर्कोतर्फ चिन्ता ...
खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक
कृषि, समाचार, समाज

खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक

नेपालअखबार, मुगु । मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन् । स्याउ उत्पादनको लागी निकै सुहाउँदो हावापानी भएको जिल्ला हुँदा पछिल्लो समयमा गाउँ गाउँमा सडक सञ्जाल  जोडिएपछि  मुगुका कृषकहरू खेर गएको स्याउबाट विभिन्न परिकार बनाउन थालेका हुन् । उत्पादन गरेका ठुला राम्रा स्याउ खेर जान थालेपछि कृषकहरू मारमा परेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईबाट पोस्ट हार्भेष्ट तथा फलफूल प्रशोधन तालिम पाएपछि  खेर जाने स्याउबाट विभिन्न प्रकारका बस्तुहरू बनाउन थालेका हुन् । लामो समयदेखि स्याउ खेती गरी राम्रो ठुला दाना भएको स्याउ बगैँचाबाट बिक्री हुने गरेको थियो । साना दाना लागेका स्याउहरू केही बगैँचाबाटै खेर जाने र केही घरमा ल्याएर गाई,भैँसीलाई खुवाएर खेर जाने गरेको स्थानीय जस बहादुर बुढाले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खेर...
अध्ययनस्थल बन्दै बन्दिपुरको बाख्रा अनुसन्धान केन्द्र
कृषि, समाचार, समाज

अध्ययनस्थल बन्दै बन्दिपुरको बाख्रा अनुसन्धान केन्द्र

नेपालअखबार, तनहुँ । तनहुँको बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित हुँदै गएको छ । केन्द्रबारे जानकारी लिन धेरै जिज्ञासु दैनिक यहाँ आउने गरेका छन् । एक वर्षमा आठ हजार अवलोकनकर्ताले केन्द्रका बारेमा जानकारी लिएका गरेका छन् । गत वर्ष सात हजार नौ सय ६४ जनाले अनुसन्धान केन्द्रको भ्रमण गरेका थिए । केन्द्रप्रमुख डा राजु कँडेलका अनुसार कृषि, पशुपालन, वनविज्ञानका विद्यार्थी अध्ययनमा आउने गरेकामा सङ्घ र प्रदेश सरकारका मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेताको भ्रमणको गन्तव्य केन्द्र बनेको छ । केन्द्रले प्रविधि विकास तथा उन्नत र स्थानीय जातका प्रजननयोग्य बोका, पाठी तथा घाँस बेर्ना वितरणका साथै स्थानीय जातको संरक्षण गर्दै आएको छ । कार्यालयले सोही आर्थिक वर्षमा दुई सय ८६ बाख्रामा शुद्ध बोर बोकाबाट प्रजनन सेवा प्रदान गरेको जना...
चितवनमा मह नबिक्दा किसानको मनै ‘अमिलो’ !
अर्थ, कृषि, समाचार, समाज

चितवनमा मह नबिक्दा किसानको मनै ‘अमिलो’ !

नेपालअखबार, चितवन । चितवनमा मह बिक्री नहुँदा मौरी पालक किसान चिन्तित बनेका छन् । नयाँ मह निकाल्ने समय भइसक्दा पनि पुरानै मह बिक्री नहुँदा उनीहरु चिन्तित बनेका हुन् । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेका कालिका नगरपालिकाका शिवप्रसाद शर्मा चितवनमा मात्रै करिब ५ सय मेट्रिक टन मह बिक्री हुन नसकेको बताउँछन् । उनी भन्छन्,  ‘फेरि मह निकाल्ने समय भयो । पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन् ।’ पौडेलका अनुसार चितवनमा हाल ३० हजार बढी मौरीका घार छन् । यसबाट वार्षिक ८ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । गत वैशाखदेखि राज्यले मह आयात रोक्दा केही सहज भएको भए पनि पुनः आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने उनको भनाइ छ । यहाँ हाल सेरेना र मेरिफेरा नामक मौरी पालिँदै आएको छ । यसबाट वार्षिक चार हजार नौ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको निवर्तमान अध्यक्ष पौडेलले जानक...
केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
अर्थ, कृषि, समाचार

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

नेपालअखबार, घोराही । दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आएका छन् । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेतीमा लाग्नुभएका उनले वार्षिक १३–१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउँछन् । केराखेतीबाट राम्रो आम्दानी लिँदै आएको किसान चौधरी बताउँछन् । ‘अन्य कृषि व्यवसायको तुलनामा केराखेतीले राम्रै आम्दानी दिने गरेको छ । खासै मेहनत पनि गर्न पर्दैन ।’ रोपेपछि समय–समयमा गोडमेलसँगै पानी र मलको व्यवस्था गर्नुपर्ने भए पनि अन्य बालीजस्तो मेहनत गर्न नपर्ने उनी सुनाउँछन् । अन्य कृषिबालीजस्तो जोखिम नहुने र...
स्याङ्जामा कृषिबाट  मासिक डेढ लाख आम्दानी
कृषि, समाचार, समाज

स्याङ्जामा कृषिबाट मासिक डेढ लाख आम्दानी

नेपालअखबार, स्याङ्जा । हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन्। विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका हुन् । परम्परागत रूपमा बाबुबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित क्षेत्रीले बाख्रा र खोरमा रु ८५ हजार लगानी गरेर व्यवसाय सुरु गरेको बताए । “घरमा भएका खरी जातका आठवटा पाठापाठी र खरिद गरेर ल्याएका बोयर जातका एक–एकवटा माउ र बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ”, उनले भने, “अहिले फार्ममा ७३ वटा बाख्रा छन् ।” किसान क्षेत्रीले बाख्रापालन व्यवसायबाट वार्षिक रूपमा रु तीन लाख ५० हजार आम्दानी गर्दै आएको बताए । उनले १६ रोपनी जग्गामा केराखेती पनि गरेका छन् । “केराखेतीबाट वार्षिक रु एक लाख ५० ह...
कोरियाको आम्दानी, ‘ड्रागन फ्रुट’मा लगानी
कृषि, समाचार, समाज

कोरियाको आम्दानी, ‘ड्रागन फ्रुट’मा लगानी

नेपालअखबार, बागलुङ । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाएका थापाले १५ महिनामा फल टिप्न थालेको बताए । कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उनी दङ्ग छन् । पन्ध्र रोपनी जग्गामा रु २० लाख लगानी गरेर थाल्नुभएको ड्रागन फ्रुटखेतीबाट हालसम्म एक हजार दुई सय केजी उत्पादन भइसकेको उनले बताए। उनले ड्रागन फ्रुटको व्यावसायिक खेती फलफूलमध्येकै सबैभन्दा सजिलो खेती रहेको अनुभव सुनाए । छोटो समयमै चार लाखभन्दा धेरै रकम ड्रागन फ्रुटबाट आम्दानी भइसकेको छ । “चितवनबाट एक हजार पाँच सय बिरुवा ल्याएर खेती सुरु गरेको थिएँ, अहिले ड्रागन फ्रुटलाई प्रतिकेजी रु चार सयमा बजार पठाइरहेको छु,...
मस गाउँमा एक वर्षमै फल्यो विदेशी स्याउ
कृषि, समाचार, समाज

मस गाउँमा एक वर्षमै फल्यो विदेशी स्याउ

नेपालअखबार,ढोरपाटन । ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो । सडकको बायाँपट्टी ठूलो क्षेत्रफलमा लटरम्म फलेका थरिथरी जातका स्याउले भरिएको बगान फलामे तारले घेरिएको छ । वर्षौँअघिदेखि मस गाउँमा रैथाने जातका स्याउखेती गरिँदै आए पनि अपेक्षित उत्पादन हुन नसकेपछि विदेशबाट बिरुवा ल्याएर लगाउन थालिएको हो । ढोरपाटन नगरपालिका–९ का होमलाल भुसालसहितको समूहले थालेको व्यावसायिक स्याउखेती अहिले यहाँका अन्य किसानको अध्ययन गर्ने थलोका रुपमा विकास हुँदै गएको छ । मस गाउँसहित ढोरपाटनको नवी, भूजी, स्यालपाखे, काङ, निसेलढोरको कुँडेलगायत ठाउँमा करिब डेढ दशकदेखि स्याउखेती थालिएकामा अहिले उत्पादनमा किसान केन्द्रित हुन दिन थालेका...