विदेशबाट फर्किएर तरकारी खेती, मनग्य कमाइ
नेपालअखबार, म्याग्दी । वैदेशिक रोजगारीका क्रममा कतारमा ७ वर्ष बिताएपछि गाउँ फर्किएका म्याग्दीको मालिका गाउँपालिका–६ का संकेत पुनलाई दोस्रो पटक विदेश जान मन लागेन । त्यसपछि उनले तरकारी खेती गर्ने सोच बनाए ।
५ वर्षअघि २०७४ सालमा कतारबाट दिच्याम फर्केपछि गाउँमा बाँझै रहेको ३ रोपनी जग्गालाई खनजोत गरेर पुनले तरकारी र सुन्तला खेती सुरु गरे । अहिले उनको बारीमा मौसमी र बेमौसमी तरकारी फलिरहेका छन् । गत वर्ष तरकारी बेचेर ४ लाख रुपैयाँ आम्दानी गरेका उनले यो वर्षदेखि सुन्तला र कागती खेतीसमेत विस्तार गरेका छन् ।
बेनी नगरपालिका–२ बञ्चरेढुंगाका ५३ वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । ३ दशकअघि २० वर्षे उमेरमा साहुसँग ऋण लिएर मुग्लानको बाटो समाएका घिमिरेले १० वर्ष साउदी अरब र ५ वर्ष भारतमा काम गर्दा पनि राम्रो कमाइ गर्न नसकेपछि घर फर्किए ।
घर फर्केर आफ्...










