Monday, August 3

कृषि

मौरीपालनबाट आम्दानी बढाउँदै नवलपरासीका किसान
कृषि, समाचार, समाज

मौरीपालनबाट आम्दानी बढाउँदै नवलपरासीका किसान

नेपालअखबार, मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दिनचर्या मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ । विगत १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका गुरुङसँग एक सय २० मौरीका घार छन् । सुरुका वर्षमा थोरै सङ्ख्याबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले धेरै विस्तार भएको गुरुङले बताए । वर्षामा खाना तथा परजीवीको अभाव हुँदा केही समस्या हुने भए पनि अन्य समयमा मौरीपालन गर्न सहज हुने उनको भनाइ छ । ‘तालिम लिएपछि व्यावसायिक मौरीपालन गर्न सहज भएको छ’, गुरुङले भने, ‘हिजोआज उत्पादन भएको मह बिक्रीका लागि बजार पुग्नु पर्दैन, घरबाटै बिक्री हुने गरेको छ ।’ देवचुली नगरपालिका–९ का किसान विष्णुबहादुर खड्काले पाँच घारबाट सुरु गरेको मौरीपालन अहिले २१ घार भएका छन् । बाख्रापालनसँगै मौरीपालन गर्दै आएका खड्काले पहिलोपटक ८४ केजी मह उत्पादन भएको भन्द...
मोरङमा प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा
कृषि, समाचार, समाज

मोरङमा प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा

नेपालअखबार, विराटनगर । प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । गैर नाफा मुलक संस्था जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका ३ डकुवाडाँगामा दश बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । उद्योगको उद्घाटन समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य माननीय योगेन्द्र मण्डल र प्रदेशसभा सदस्य गयानन्द मण्डलले गरे । उद्योगको उद्घाटन गर्दै उनले रासायनिक मललाई प्रतिस्थापन गर्ने अभियान सुरु भएको बताए । स्वदेशमा नै उत्पादन हुने प्राङ्गारिक मलले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको हाहाकारलाई कम गर्ने उनको भनाई छ । ‘यो वर्ष आठ लाख मेट्रिक टक रासायनिक मल चाहिन्छ, चार लाख टन बाहिरबाट ल्याउँदा ३३ अर्ब खर्च भइसक्यो ,’उनले भने,‘ यसको दीर्घकालिक समाधान सोचिएन भने एक दिन कि...
बागलुङमा १५ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ सुविधा
कृषि, समाचार, समाज

बागलुङमा १५ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ सुविधा

नेपालअखबार, ढोरपाटन  । बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दूरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि किसानले सुविधा पाउन नसकेको गुनासो बढेको छ । यस वर्ष पनि बागलुङमा गण्डकी प्रदेश र सङ्घीय सरकारका रु २२ करोड २४ लाखको योजना परेका छन् । प्रदेशका १०४ र सङ्घीय सरकारका २० गरि एक २४ योजना चालु आर्थिक वर्षमा कार्यान्वयनका चरणमा छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा खेतीयोग्य जमिनको १५ दशमलव १५ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको सुविधा पुगेको छ । जिल्लामा एक लाख ७८ हजार चार सय हेक्टर जमिन रहे पनि हाल ४६ हजार एक सय ४८ हेक्टरमा खेती गरिँदै आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सुरेन्द्र पौडेलले ...
नार्क र एफएओका पदाधिकारीबीच उच्चस्तरीय छलफल
कृषि, समाचार

नार्क र एफएओका पदाधिकारीबीच उच्चस्तरीय छलफल

नेपालअखबार,  काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र संयुक्त राष्ट्र संघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) का पदाधिकारी बीच कृषि अनुसन्धानका विषयमा विस्तृत छलपल भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटार ललितपुरमा आज उक्त छलफल भएको हो । छलफलमा बोल्दै एफएओका महानिर्देशक क्यू डोंग्यूले नेपालमा खाद्यान्नको गुणस्तर, स्वच्छता, ठूला होलसेल बजारको स्थापना, नीजि क्षेत्रको सहभागितामा उत्पादन, आयात र निर्यातको व्यवस्थापन जस्ता विषयमा गहिरो अध्ययन र अनुसन्धान आवश्यक रहेको एफएओको बुझाइ रहेको बताए । उनले नार्कले हालसालै देखिएको केराको पनामा रोगको टिआर ४ प्रजातिविरुद्ध लडी त्यसको फैलावट रोक्न एफएओले साथ दिन पाउँदा खुशी लागेको बताए । त्यस्तै डिजिटल माटोको नक्सालाई विश्वको माटोको नक्सामा आवद्ध गर्न सके नेपालको माटो पनि विश्वभरि सूसुचित हुने विचार व्यक्त गरे । उनले नेपालको कृषि मन्त्रा...
खोटाङबाट रु ३६ करोड बढीको सुन्तला निर्यात
अर्थ, कृषि, समाचार, समाज

खोटाङबाट रु ३६ करोड बढीको सुन्तला निर्यात

नेपालअखबार, खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ  । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार  जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपालिकामा सुन्तला उत्पादन भएको उनले जानकारी दिए । “जिल्लामा अहिले सात सय ४२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको छ । गत वर्षको तुलनामा यस वर्ष दश मेट्रिक टन बढी उत्पादन भएको देखिन्छ”, उनले भने, “आगामी वर्ष थप वृद्धि हुँदै जाने अनुमान छ । किसानले उत्पादन गरेका सुन्तलाले राम्रो बजार पाएसँगै व्यावसायिकरूपमा खेती गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।” जन्तेढुङ्गा –६ दिप्ल...
म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री
कृषि, समाचार

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री

नेपालअखबार, गलेश्वर (म्याग्दी)  । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ । राखुगाउँका एउटै किसानले पाँच लाखदेखि नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन् । राखुकी मनकुमारी पुनले यस वर्ष नौ लाखको सुन्तला बिक्री भएको बताइन् । उनले विगत डेढ दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गर्दै आएकी छन् । अगुवा कृषक पुनले यस वर्ष अन्यत्र जिल्लाबाट आएका व्यापारीलाई बोटबाटै सुन्तला बिक्री गरेको बताइन् । सुन्तला उत्पादनका लागि जिल्लामै प्रख्यात मानिने तल्लो र माथिल्लो राखुमा रहेका ६५ घरधुरीले यस वर्ष करिब डेढ करोडको सुन्तला फलाएको अर्का अगुवा कृषक खिम पुनले जानकारी दिए । सो गाउँका कृषकले न्यूनतम ३० हजारदेखि नौ लाखसम्मको सुन्तला उत्प...
बँदेलले बालीनाली सखाप पारेपछि किसान हैरान
कृषि, समाचार, समाज

बँदेलले बालीनाली सखाप पारेपछि किसान हैरान

नेपालअखबार, महोत्तरी । बँदेलले बालीनाली सखाप पारेपछि महोत्तरीका किसान हैरान भएका छन् । बँदेलले बस्ती वरपर नै वासस्थान जमाउन थालेका छन् । वन जङ्गलमा आहाराको अभाव भएपछि बँदेलले बस्ती नजिक वासस्थान बनाउन थालेका हुन् । “बँदेल बस्ती नजिकै बस्न थालेका छन् । स–साना पाठापाठीको हुल बाँधेरै हिँडेका भेटिन्छन्”, भङ्गाहा–४ रामनगर बस्तीका ८० वर्षीय दीपबहादुर फुयाँलले भने । अग्ला काँसका झाडी, नदी किनार क्षेत्रका झाडी र उखुखेती लगाइएका ठाउँलाई बँदेलले वासस्थान बनाएका छन् । जिल्लाको भारतीय सीमाक्षेत्र नजिकका बस्तीमा पनि बँदेलले बालीनाली नष्ट गर्न थालेका छन् । “केही वर्षअघिसम्म वनबाट आएर बालीनाली खाए पनि बँदेल उतै फर्किने गरेका थिए, अहिले भने खेत नजिकै झाडीमा बस्ने गरेका छन्”, जलेश्वर–५ चौरीया बस्तीका ७८ वर्षीय  रहिमन मण्डलले भने । वनक्षेत्रसँग जोडिएका बस्तीमा दिउँसै बँदेलको हुल आएर बालीनाली खाने गरेक...
नेपालमा मासु तथा अन्डा खपत न्यून
कृषि, समाचार, समाज

नेपालमा मासु तथा अन्डा खपत न्यून

नेपालअखबार, काठमाडाैं। 'कुखुराको अन्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ मूल नाराका साथ मङ्गलबार ११ औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेका बेला किसान तथा उद्योगीले उत्पादन गरेका अन्डा र कुखुराको मासुको बिक्रि नभएको भन्दै चिन्ता जनाएका छन् । कृषि  तथा  पशुपन्छी  विकास  मन्त्रालयका  अनुसार नेपालमा वार्षिक एक अर्ब ६० करोड वटा अन्डा र दुई लाख ५० हजार मेट्रिक टन कुखुराको मासु उत्पादन हुँदै आएको छ तर त्यस अनुसार खपत नभएको गुनासो पोल्ट्री उद्योगीको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार विकसित देशको तुलनामा नेपालमा अन्डा र मासुको खपत निकै कम रहेको जनाएको छ । दक्षिण एसियाका केही देशले सरदर एक जनाले वार्षिक १८० वटा अन्डा उपभोग गर्छन् तर नेपालमा एक व्यक्ति वार्षिक ६१ वटामा मात्र सीमित रहेका छन् । बङ्गलादेशमा एक जनाले वार्षिक ८० वटा, भारतमा ७९ र पाकिस्तानमा ७२ वटा अन्डा खपत गर्ने गरेका छन् । ...
३ तोला सुन बेचेर थालेको सुन्तला खेतीबाट वर्षमा १० लाख आम्दानी
अर्थ, कृषि, समाचार, समाज

३ तोला सुन बेचेर थालेको सुन्तला खेतीबाट वर्षमा १० लाख आम्दानी

नेपालअखबार,  बेनी । बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना गरेका हुन् । घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत पनि नभएकाले हुमेनले गरगहना बेचेर दैनिक ज्यालादारीमा मजदुर परिचालन गरी खेतमा खाडल खन्ने र सुन्तला लगाएको बताइन् । सुन बचेर सुन्तलाखेती गरेकी ६८ वर्षीय हुमेनको परिवारको जीवनस्तर अहिले सुन्तला खेतीबाटै फेरिएको छ । ‘‘सुन बेचेर सुन्तला लगाएको थिएँ, सुन्तलाले सुनै फलाए जस्तो भयो मलाई, सुन्तलाकै आम्दानीले बेचेको सुन पनि फर्काएँ, यसैको आम्दानीबाट घरखर्च सहजै चलेको छ”, हुमेनले भनिन् । अहिले सबै परिवारको मुख्य आम्दानीको स्रोत सुन्तलाखेती रहेको उनको भनाइ छ । कान्छो छोरासँगै बसोबास गर्...
बेमौसमी मकै खेतीबाट आम्दानी
अर्थ, कृषि, समाचार, समाज

बेमौसमी मकै खेतीबाट आम्दानी

नेपालअखबार,  नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गरेका छन् । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आएका उनले हिउँदे मकैखेतीबाट रु पाँच लाख आम्दानी गर्ने गरेका छन् । रिजालले भने “हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले हामी मकै खेती गर्न थालेका छौँ ।” रिजाल पशु विकास कृषि फार्म दर्ता गरी व्यावसायिक रूपमा मकैखेती गर्दै आएका उनले हिउँदे मकै बिक्री गरी एउटा याममा  चार लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्न थालेका छन् । “बाह्रै महिना मकै उत्पादन हुने भएकाले यहाँका किसानले व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर बिक्री गर्दै आएका छौँ”, उनले भने, “हरियो मकैको प्रतिघोगा रु पाँचदेखि रु दशका दरले तथा सुक्खा प्रतिक्विन्टल रु तीन हजारका दरले बिक्री हुने गरेको छ ।” बर्खे धान रोप्न...