मौरी चराउन चितवनका चिउरी पाखामा किसान
नेपालअखबार,चितवन । चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन्।
यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन्।
चिउरीको बोटमा फूल खेल्न सुरु भएको छ।
रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुगेका छन्।
‘तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ,’ उनले भने, ‘फागुन अन्तिमसम्म मौरी यही राखिन्छ।’
उनले मौसमले साथ दियो भने दुई पटकसम्म मह काढ्ने बताए।
चिउरीको मह नजम्ने भएका कारण उपभोक्तले धेरै खोज्ने गरेको किसान थापाले बताए।
‘विसं २०५६ देखि मौरी पाल्दै आएको हुँ,’ उनले भने, ‘प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ।’
उनले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताए।
चरन क्षेत्रमा पनि जंगली जनावरले दुःख दिने उनक...










