नबिकेपछि खेतमै कुहिन लाग्यो २५ क्विन्टल सयपत्री
नेपालअखबार, बिर्तामोड। मुनाफाको आशले सयपत्रीको खेतीमा ठूलो लगानी गरेका किसान फूल नबिकेपछि मारमा परेका छन्। तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था छ।
बिर्तामोड नगरपालिका- ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाएका थिए।
गत वर्ष १० कठ्ठामा मात्र फूलखेती गर्दा मनग्य आम्दानी भएपछि उत्साही बनेर यसपालि खेति विस्तार गर्दा लगानी नै बर्बाद भएको उनले गुनासो गरे।
तिहारको मुखैमा भारतबाट आयातित फूलको माला र थुँगाले बजार कब्जा गरेका कारण स्वदेशी सयपत्री फूलको उत्पादन बिक्री नभएको उनको भनाइ छ।
‘भारतबाट सयपत्री फूल र कागजको माला भित्र्याउन पाइँदैन भन्ने सुनिएको थियो,’ उनले भने, ‘जब तिहारमा फूल बिक्री हुने दिन सुरु भयो, भारतबाट ल्याइएका सयपत्री फूलको मालामात्र होइन थुँगा नै बजारभरि देखियो। हामीले कत्रो मेहनत गरेर फुलाएका फूल बिक्दै बिकेन...







