Thursday, August 20

कृषि

विदेशबाट फर्केर गाइपालन
अर्थ, कृषि, समाचार, समाज

विदेशबाट फर्केर गाइपालन

नेपालअखबार, तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएकी छन् । विगत १२ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएकी उनले अहिले आफ्नो परिवारका तीनसदस्यसहित अन्य दुई जनालाई रोजगारी पनि दिएकी छन् । यो पेसाबाट सन्तुष्ट भएकी बुढाथोकीले भनिन्, “वार्षिक करिब रु दस लाखदेखि रु १२ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।” बिहानको मिमिरे उज्यालोदेखि साँझसम्म प्राय गाईका बाच्छाबाच्छीको स्याहार सुसारमा  व्यस्त रहने उनी धन कमाउनकै लागि १२ वर्ष पहिले साउदी अरब गएकी थिइन् । त्यहाँ गएका नेपालीले पाएको दुःख देखेपछि अप्ठेरो पर्दा सहयोग गर्न नेपालीहरुसँग आर्थिक सहयोग सङ्कलन गरिएकामा गैरकानूनी भएको भन्दै साउदीका एक व्यापारीले प्रहरीलाई खबर गरेकाले आफू साउदी जेलमा परेको बुढाथोकीले बताइन् । पछि नेपाली दूतावासको सयोगमा २०५६ स...
अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित
कृषि, समाचार, समाज

अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित

नेपालअखबार, पर्वत। पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन् । तर अलैँची लगाएको क्षेत्रमा पुग्दा उहाँ सुस्केरा हाल्नुहुन्छ । कारण हो, दिनहुँ सुक्दै गएका अलैँचीका बिरुवा । मजुवापाखा कबुलियती वन तथा कृषक समूहमा आबद्ध रहेका कृषकले २०७४ सालदेखि अलैँची खेती गर्न सुरु गरेका हुन् । उनीहरूले हालसम्म झन्डै ३० हजार बिरुवा रोपेका छन् । यस वर्ष अलैँचीले उत्पादन दिने कुरामा उनीहरू ढुक्क थिए तर विगत दुई वर्षदेखि अलैँचीको बोटका पात सुक्दै जाने र बोट नै मर्ने समस्याले उनीहरू निराश छन् । उनीहरूले नयाँ बिरुवा रोप्दै गरेको भए पनि हुर्किएर फल लाग्नुपर्ने बोट रोगको सिकार हुँदै गएपछि उनीहरूको पाँच वर्षदेखिको मेहनत र लगानी खेर जाने अवस्थामा पुगेको छ । “लगभ...
मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने
अर्थ, कृषि, समाचार

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

नेपालअखबार, रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका छन् । बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी छन् । किवी फले पनि जिल्लामै थोरै मात्रामा बिक्री भएकाले ठूलो मात्रामा फलेको किवी बजारसम्म पुर्‍याउन उनलाई निकै गाह्रो भयो । घरबाट डोकोमा बोकेर करिब दुई किलोमिटर हिँडेपछि मात्र सडक भेटिन्थ्यो । सडकमा किवी पुर्‍याए पनि गाडीले किवी बोक्न नमान्दा शाहीलाई किवी बिक्री गर्न निकै समस्या भयो । उनी मात्रै होइन, उक्त नगरपालिकामा किवी खेती गरेका किसानलाई बिक्री गर्न धेरै समस्या भयो । किवीले बजार पाउन छाडे पनि नगरपालिकामा रहेको एउटा वाइन उद्योगले खरिद गर्ने भएको छ । नगरपालिकाका किसानले उत्पादन गरेको किवी...
किसानले अझै पाएनन् मल
कृषि, समाचार, समाज

किसानले अझै पाएनन् मल

नेपालअखबार, कैलाली। कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बसेका थिए । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उनी मलका लागि लाइनमा बसेका हुन् । किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो । “खेती लगाउने समयमा सबैभन्दा बढी पीडा मलको हुन्छ । सहजरूपमा मल नपाउँदा समयमा खेती गर्न सकिएको  छैन”, उनले भने, “बजारमा मल पाइँदैन । सहकारीहरूले पनि आफ्ना सेयर सदस्यलाई मात्रै मल उपलब्ध गराउँछन् । मल नहालेर उब्जनी हुँदैन ।” सोही ठाउँका लक्ष्मण चौधरीले खेत जोतेर छाडेका छन् । उनी मल नपाएपछि गहुँ छर्ने काम हुन नसकेको बताउँछन् । “खेत जोतेको हप्ता दिनभन्दा बढी भइसक्यो । मल नपाएर गहुँ छर्न पाएको छैन”, उनले भने, “बर्सेनिको समस्या मल अभावको कहिल्यै समाधान हुन सकेन । यस्तो भए खेती गर्ने जाँगर पनि लाग्दैन ।” भजन...
मुस्ताङबाट यो वर्ष ५० करोडको स्याउ निकासी
अर्थ, कृषि, समाचार

मुस्ताङबाट यो वर्ष ५० करोडको स्याउ निकासी

नेपालअखबार, म्याग्दी । मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो साता आइपुग्दा प्रतिकिलो १२० देखि १३० भएको छ । सरदर प्रतिकिलो ११० का दरले स्याउ बिक्री भएको कृषकले बताएका छन् । जसअनुसार निकासी भएको स्याउको मूल्य ५० करोड ८२ लाख हुन आउँछ । कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षको तुलनामा यसपालि १८.५६ प्रतिशतले स्याउ उत्पादन बढेको बताए । ‘बगैँचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो’, उनले भने, ‘अनुकूल मौसमले उत्पादकत्व, क्षेत्रफल र नयाँ बिरुवा थपिएकाले उत्पादन बढेको हो ।’ कुल पाँच सय ८० हेक्टर ज...
रोल्पाको सुन्तलाले बजार पाएन
अर्थ, कृषि, समाचार

रोल्पाको सुन्तलाले बजार पाएन

नेपालअखबार, रोल्पा । रोल्पा नगरपालिका १० धवाङकी शर्मिला महरा हरेक दिन डोकोमा सुन्तला बोकेर बिक्री गर्न सदरमुकाम आउँछिन । घरबाट सदरमुकाम आउन उनलाई करिब तीन घण्टा लाग्छ । दिनभरी सुन्तला बेचेर बेलुका घर फर्कंदा २ घण्टा पैदल हिँड्नु पर्छ । दैनिक आवतजावतमा ५ घण्टा खर्चेर सुन्तला बिक्री गर्ने उनको सुन्तलाले उचित बजार पाउँदैन । शर्मिला जस्तै अचेल रोल्पा सदरमुकाम लिवाङमा डोकामा सुन्तला राखेर बिक्री गर्ने कृषकको संख्या उल्लेख रहने गर्छ । ९ वर्षका बालबालिकादेखि ७० वर्षका ज्येष्ठ नागरिक घण्टौं पैदल यात्रा गरि सुन्तला बिक्री गर्न जिल्ला सदरमुकाम आउने गर्छन् । कात्तिकदेखि पुस महिनासम्म यसैगरि सुन्तला बिक्री गर्छन् । यो उनीहरुको पुस्तैनी पेसा हो । रोल्पा नगरपालिका वडा नंं १० भुम, भनभने, साउने पानीलगायतका क्षेत्रका किसानहरुको जीविकोपार्जनको मुख्य आधार नै सुन्तला भए पनि यसले उचित बजार नपाउँदा कृष...
जीवन धान्न नौ महिना चौंरी खर्कको बास
अर्थ, कृषि, समाचार

जीवन धान्न नौ महिना चौंरी खर्कको बास

नेपालअखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ। घर खर्च चलाउनका लागि चौंरी स्याहार्दै जंगली जनावरको समेत सामना गर्दै उनी बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्छन्। हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौंरी खर्कमा बिताउने गर्छन्। यो समयमा उनको संगत आफ्नै परिवारका सदस्यका अलावा चौंरी र आसपासका चौंरीपालक किसानसँग मात्र हुन्छ। पुस्तौंदेखि चौंरीपालन व्यवसाय गर्दै आएका शेर्पा मात्रै होइन, सिन्धुपाल्चोककै पारिगाउँको नामले चिनिने जुगल गाउँपालिका–३ गुम्बाका दर्जन बढी चौंरीपालक किसानको दैनिकी हो यो। चौंरीबाट हुने आम्दानीका लागि शेर्पाले नौ महिनासम्म दुःख गरेर आफ्नो जीविकोपार्जन धान्ने गरेका छन्। आफ्नो परिवारसमेत सँगै लैजाने गरेको उनले सुनाए। 'पढेको छैन, अरू सीप पनि छैन...
शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी
अर्थ, कृषि, समाचार, समाज

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

नेपालअखबार, भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने, ‘गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्‍याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो ।’ कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको उनले बताए । तिहारको अवधिभर १२ हजार फूलको माला बिक्री हुने पाख्रिनको विश्वास छ । जसबाट रु छ लाखभन्दा माथि आम्दानी हुने उहाँले बताउनुभयो । पाख्रिनले १८ वर्षदेखि व्यवसायीकरुपमा सय...
खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो
कृषि, समाचार, समाज

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

नेपालअखबार । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिन्छन् – ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले सजिनुभएका उहाँ हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहेका छन् । उनीसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्राहकसँग मोलमोलाइ गरिरहेका छन् । विसं २०५४ देखि खसी बोका बिक्री गर्दै घरखर्च चलाउँदै आएका डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानीका मानसिंह खसी बोका बिक्री नहुँदा चिन्तित छन् । “केही वर्षयता खसीबोकाको व्यापार हुन सकेको छैन, विगतका दसैँमा सजिलै खसीबोका बिक्री गरेर घरखर्च चलाउथ्यौँ”, उनी भन्छन्, “हाम्रो आम्दानीको स्रोत नै खसीबोकाको व्यापार हो तर खसीबोकका बिक्री नहुँदा यस वर्ष घरखर्च चलाउनै मुस्किल होला जस्तो छ ।” बाख्रा पालनमा लाग्ने किसान खसीबो...
बहुमूल्य वनस्पति : रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती
अर्थ, कृषि, समाचार

बहुमूल्य वनस्पति : रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

नेपालअखबार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का विजयराज पन्त गैरसहकारी संस्थाको जागिर छाडेर व्यावसायिकरुपमा रक्तचन्दन र श्रीखण्डको खेतीमा लागेका छन् । लामो समय विभिन्न गैरसहकारी संस्थामा काम गरेका उनले छ वर्षअघि जागिर छाडेर वन विभाग र वनस्पति विभागबाट अनुमति लिएर रक्तचन्दन र श्रीखण्डको खेती सुरु गरेका हुन् । जीवनभरि काम मात्रै कति गर्ने भनेर उनले न्यून लगानीमा बढी प्रतिफल आउने कृषि क्षेत्रको खोजी गरेको जानकारी दिए । “करिब छ महिना जति मैले अध्ययन गरे कुन खेती गर्दा राम्रो फाइदा होला भनेर”, उनले भने, “सबैभन्दा बढी फाइदा रक्तचन्दन, श्रीखण्ड र अगरउडमा देखे त्यसपछि यसको अध्ययनमा लागे ।” उनले छ महिना रक्तचन्दन, श्रीखण्ड र अगरउड फाइदा देखेपछि उहाँ भारतको बेङ्गोलर गएर तालिमसँगै यस खेतीको अवलोकन गरे । “भारतको बेङ्गलोरमा दुई हप्ताको तालिम लिए त्यहाँ यसबारेमा धेरै कुरा सिके”, उनले भने, “त...