गण्डकीका ११ वटै जिल्लामा कृषि र पशुपन्क्षीका कार्यालय स्थापना गरिने
नेपालअखबार, पाेखरा । गण्डकी प्रदेश सरकारले जिल्लास्थित कृषि तथा पशुपन्क्षी कार्यालयको सेवा ११ वटै जिल्लामा पु¥याउने भएको छ ।
कृषि तथा पशुपन्क्षी सम्वन्धी सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने हालको बाध्यतालाई अन्त्य गरी जिल्लाभित्रै सेवा प्रवाहको व्यवस्था गर्न कार्यालय नभएका जिल्लामा कार्यालय स्थापना गर्र्न लागिएको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले बताए ।
पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखराको बुधबार आयोजना गरेको आर्थिक वर्ष २०७६÷०७७ को सेवा प्रवाहका लागि सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई तथा चालू आवको कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उहाँले कृृषि ज्ञान केन्द्र थप पाँच जिल्लामा तथा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चार जिल्लामा विस्तार गर्र्ने तयारी गरिएको जानकारी गराएका थिए ।
उनका अनुसार हाल प्रदेशका छ वटा जिल्लामा कृषि ...
