गण्डकी प्रदेशकाे तयारी : किसानलाइ ब्याजमा ५० प्रतिशत अनुदान
गोरखा । किसानले वित्तिय क्षेत्रबाट लिने ऋणको ब्याजमा अनुदान दिने तयारी सरकारले गरेको गण्डकी प्रदेशका कृषि सहकारी तथा भुमि ब्यवस्था मन्त्रि लेखबहादुर थापा मगरले बताएका छन् ।
कृषि ज्ञान केन्द्र गोरखाको भवन उद्घाटन गर्दै मन्त्रि थापाले कृषि क्षेत्रमा लगानी बढाउन र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेशले ऋणको ब्याजमामा ५० प्रतिशत अनुदान दिने तयारी गरेको बताएका हुन् ।
‘कृषि क्षेत्रमा लगानी बढाउनुस, ब्यवसायिक रुपले उत्पादन थाल्नुस, अब सरकारले ब्याजमा अनुदान दिन्छ’ उनले भने ‘यसले नितान्त किसानलाई राहत पु¥याउछ भन्ने हाम्रो विश्वास हो ।’
अनुदान लिनका लागि सरकारले गत शुक्रबार सूचना आह्वान गरेको र १ महिनाभित्र कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पतालमा निवेदन दिइसक्नुपर्ने समेत उनले जानकारी दिए । कृषि क्षेत्रमा कृयाशिल फर्म, कम्पनी, समुह, सहकारीले निवेदन दिन सक्ने समेत उनले बताए ।
यो बर्ष प्रदे...
