Sunday, September 21

धर्म/संस्कृति

दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
धर्म/संस्कृति, समाचार, समाज

दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

नेपालअखबार, काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ । २०८२ सालको दशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । बिहान ९ बजेर १३  मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ । असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ ।...
आज न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय
धर्म/संस्कृति, समाचार, समाज

आज न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय

नेपालअखबार,चितवन । चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदैछन् । सो समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा न्वांगी पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् । न्वांगी पर्व भदौ महिनाभरि नै मनाउने भए पनि २२ गते भने सामूहिक रूपमा भेला भएर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउँदै आएका छन् । यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा देशभरका चेपाङ एकै ठाउँमा भेला भएर न्वांगी मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए। उनका अनुसार चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वांगीलाई उत्सवका रूपमा मनाउने गरिएको छ । उक्त उत्सवमा सहभागी हुन नपाउनेले आआफ्नो घर र टोलटोलमा मनाउने गर्छन् । भदौ २२ गते सामूहिक रूपमा न्वांगी मनाउँदै आए पनि आफ्नो कूलअनुसार चेपाङ समुदा...
सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुने सङ्घारमा
धर्म/संस्कृति, समाचार, समाज

सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुने सङ्घारमा

नेपालअखबार,कञ्चनपुर । सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ । वीरविरङ्गनाहरूको गीति कथामा गरिने नृत्य पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर निवासी ५० वर्षीय गङ्गाराम दमाई हुडकेली नृत्यमा निपूण भए पनि यस नृत्यको माग कतैबाट नआउँदा निकै चिन्तित छन् । उनले बाजेबाट हुडके (ठूलो डमरुजस्तै बाजा) बजाउने र हुडकेलीमा गीतिकथा गाउने कला सिकेका हुन् । “धार्मिक कार्य, विवाह, व्रतबन्ध, न्वारन, छैटी, अन्नप्राशनलगायत शुभ अवसरमा हुडकेली नृत्यको निकै माग हुन्थ्यो”, उनले भने, “बाजेबाटै १७ वर्षकै उमेरमा हुडकेली लगाउने कला सिकेको हुँ, मौखिक रूपमा इतिहासका पात्रहरू (वीरविरङ्गनाहरू)को कथा गीतमा ढालेर रोचक तरिकाले प्रस्तुत गरिन्थ्यो, निकै सुन्ने गर्दथे, अहिले यो नृत्य ओझेलमा परेको छ ।” “पहिले वर्षमा धेरै ठाउँमा बोलाइन्थ्...
इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु
धर्म/संस्कृति, समाचार, समाज

इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु

नेपालअखबार,भक्तपुर । परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात खोज्ने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गरे । जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच भएको युद्धमा देवताको जित भएको खुशियालीमा इन्द्रजात्रा मनाउन थालिएको आएको किवंन्दती  छ । पूजाआजासहित आज भक्तपुरको इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, इताछेँलगायत टोलमा ‘यम्वो द्यो’ ठड्याइएको छ । यो जात्रा भक्तपुरमा आठ दिनसम्म मनाइन्छ ।...
भाद्र शुक्ल अष्टमीः उज्याली गौरा एवं दुर्वाष्टमी पर्व
धर्म/संस्कृति, समाचार, समाज

भाद्र शुक्ल अष्टमीः उज्याली गौरा एवं दुर्वाष्टमी पर्व

नेपालअखबार,काठमाडौँ । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइन्छ। चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ। पहिलोपटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ। जसअनुसार यस वर्ष नयाँ बर्तालुले व्रत गर्न सक्छन्। कन्या राशिमा सूर्य गएपछि अर्थात असोज लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौमा गौ...
विकास र प्रविधिको युगमा मानवलाई अनुशासनमा राख्नका लागि नैतिक शिक्षा आवश्यक: अध्यक्ष अली
धर्म/संस्कृति, समाचार, समाज

विकास र प्रविधिको युगमा मानवलाई अनुशासनमा राख्नका लागि नैतिक शिक्षा आवश्यक: अध्यक्ष अली

नेपालअखबार,काठमाडौं ।  नेपाल कुरान कण्ठ प्रतियोगिताले समाजमा सद्भाव र शान्ति स्थापना गर्ने मुस्लिम आयोगका अध्यक्ष महमदिन अलीले बताउनु भयो । तेस्रो वर्ष पनि हामीले यो प्रतियोगितालाई निरंतरता दिएका छौ । यस्ता प्रतियोगिताले नेपाली मुस्लिम समुदायका बौद्धिक व्यत्तिहरुलाई प्रोत्सहन गर्नुका साथै धार्मिक शिक्षाले मानवमा नैतिक शिक्षा प्रदान गर्ने छ । वर्तमान समाजमा पनि नैतिक शिक्षाको आवश्यक रहेको छ । विकास र प्रविधिको युगमा मानवलाई अनुशासनमा राख्नका लागि नैतिकको शिक्षा आवश्यक रहेकाले  नेपाल कुरान प्रतियोगिता आयोजना गरिएको मुस्लिम आयोगका अध्यक्ष अलीले बताउनु भयो । मुस्लिम आयोग र साउदी राजदूतावासको सहयोग र समन्वयमा संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गरिने छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन प्रत्येक सहभागिले उमेरसमुह अनुशारको शाखामा योग्यता पुगेका ईच्छुक नेपाली मुस्लिम नागरिकहरुले पाउने गरि दर...
आज तीज पर्व मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज तीज पर्व मनाइँदै

नेपालअखबार,काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा घुइँचो लागेको छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । व्रत निराहार, जलाहार र फलाहार गरी तीन किसिम छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने धर्मशास्त्रका जानकार डा. रामचन्द्र उपाध्याय बताउँछन् । स्वास्थ्य ठीक नहुनेले ...
पशुपति क्षेत्र विकास कोष आग्रह तिजको दिन बहुमूल्य गहना र बालबालिका लिएर नजान
धर्म/संस्कृति, समाचार, समाज

पशुपति क्षेत्र विकास कोष आग्रह तिजको दिन बहुमूल्य गहना र बालबालिका लिएर नजान

नेपालअखबार,काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तिजका दिन बहुमूल्य गहना र बालबालिकालाई लिएर पशुपतिनाथको दर्शन गर्न नजान आग्रह गरेको छ । आइतबार तिजको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा कोषले यस्तो आग्रह गरेको हो । यस्तै उक्त दिन मन्दिर दर्शनका लागि कुनै पनि पासको व्यवस्था नगरिने समेत कोषले स्पष्ट पारेको छ । यस्तै पर्यटन प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।...
बेलुका ७ बजेपछि भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक
धर्म/संस्कृति, समाचार, समाज

बेलुका ७ बजेपछि भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक

नेपालअखबार,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बेलुका ७ बजेपछि धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक लगाएको छ । सौन्दर्यकरण गर्नेक्रममा झिलीमिली बत्तीसहित विभिन्न संरचना तयार गरिएसँगै राति अबेरसम्म मानिसहरुको भीडभाड तथा होहल्ला हुन थालेपछि नगरपालिकाले भदौ १ गतेबाट लागू हुने गरी बेलुका ७ बजेपछि भगवती मन्दिर तथा मझुवागढी प्रवेशमा रोक लगाएको हो । कालिका भगवती मन्दिर तथा मझुवागढीमा राति अबेरसम्म मानिसको भीडभाड तथा होहल्ला भएको गुनासो आएपछि शान्ति सुरक्षाको दृष्टिकोणले बेलुका ७ बजेपछि आवतजावतमा रोग लगाइएको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । ‘धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा मझुवागढी प्रवेशका लागि निश्चित समय निर्धारण गर्नुपर्ने सुझाव आएको छ, जिल्ला सुरक्षा समिति तथा स्थानीयको सुभावको आधारमा हाटडाँड...
श्रीकृष्ण प्रणामीमा श्रीकृष्ण प्रकाट्य महा महोत्सव सम्पन्न
धर्म/संस्कृति, समाचार, समाज

श्रीकृष्ण प्रणामीमा श्रीकृष्ण प्रकाट्य महा महोत्सव सम्पन्न

नेपालअखबार,पोखरा । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्रकाट्य महा महोत्सव सम्पन्न भएको छ । हरेक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुँदै आएको महोत्सव यस वर्षपनि निरन्तरता दिएको हो । महोत्सवमा पुगेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरमा कृष्ण मन्दिरको रुपमा परिचित गराउनका लागि पोखरा महानगरले साथ र सहयोग गर्ने बताए । पोखरा महानगरभित्र तीन वटा श्रीकृष्ण मन्दिर रहेको र पोखरामा श्रीकृष्ण मन्दिर कहाँ छ भनेर एकिन गर्ने अवस्था नरहेको अवस्थामा पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण मन्दिरलाईनै कृष्ण मन्दिर हो भनी चिनाउनका लागि महानगरको तर्फबाट पहलकदमी गर्ने बताए । बिगत ३४ वर्षदेखि सञ्चालन र ब्यवस्थापन गर्दै आइरहेको श्रीकृष्ण प्रणामी मन्दिरले पोखरामा धार्मिक पर्यटक भित्रयाउनका लागि आयोजना गर्न लागेको १०८ तारतम सागर पाठ प...