रश्मोरसंग भगिनी सम्बन्ध जोड्न लण्डन पुगे गोरखाका मेयर
गोरखा । रश्मोर बरो काउन्सिलसंग भगिनी सम्बन्ध जोड्न गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त सहितको टोली बेलायत पुगेको छ ।
भगिनी सम्बन्ध स्थापनाका लागि बिहिबार एक औपचारिक कार्यक्रमका बिच बेलायतको रश्मोर काउन्सिल र गोरखा नगरपालिकाबिच हस्ताक्षर हुने कार्यक्रम छ ।
सोही कार्यक्रममा सहभागी हुन नगरप्रमुख पन्त सहित प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष बुधबार बिहान बेलायत पुगेका हुन् ।
उनिहरुलाई लण्डन स्थित विमानस्थलमा बेलायतका लागि नेपाली दुतावासका कर्मचारी तेजेन्द्र रेग्मी, रश्मोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासे, रश्मोर काउन्सिलका डेमोक्रेशी स्ट्राटेजी मेनेजमेन्ट विभागका प्रमुख एन्ड्रयु कोल्भर लगायतले स्वागत गरेका थिए ।
रश्मोरसंगको भगिनी सम्बन्ध स्थापना कार्यक्रममा भ्रमण बर्ष २०२० तथा गोरखा जाऔं अभियानको जानकारी दिने साथै भ्रमण...
