Friday, May 22

प्रदेश

पर्सामा नेपाली सेना र नेपाल प्रहरीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ३, समाचार, स्वास्थ्य

पर्सामा नेपाली सेना र नेपाल प्रहरीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,नेपाल प्रहरी सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएअनुसार संक्रमित हुनेहरुमा २ वर्षकी बालिका देखि ६५ वर्षका पुरुष रहेका छन् । यसमध्ये ५ जना बालबालिका र २४ जना पुरुषहरु छन् । कोरोना संक्रमण पुष्टि हुनेमा डाक्टर, नेपाली सेना, नेपाल प्रहरी, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका पनि रहेका छन् । कोरोना संक्रमित पुष्टि हुनेमा ३३ वर्षका १ जना नेपाली सेना, २७ वर्षका १ जना र ३६ वर्षका २ जना नेपाल प्रहरी, २२ र ४२ वर्षका २ जना वीरगन्ज कारागरका कर्मचारी, २५ वर्ष देखि ६५ वर्षसम्मका ६ जना वीरगन्ज कारागरमा रहेका कैदीबन्दी रहेको डा. उदय नारायण सिंहले बताए । त्यसैगरी १ जना नारायणी अस्पतालका डाक्टर रहेका छन् भने वीरगन्ज महानगरप...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ६२ प्रतिशत सकियो
Uncategorized, प्रदेश, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ६२ प्रतिशत सकियो

कास्की। तोकिएको मिति भन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएको छ । बन्दाबन्दीमा विमानस्थलको काम नरोकिए पनि पूर्ण जनशक्ति र क्षमताका साथ काम नहुँदा छ महिनाअगावै काम सक्ने लक्ष्य हासिल हुन नसक्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । विगतमा ५०० हाराहारीमा नेपाली तथा चिनियाँ कामदार विमानस्थल निर्माणमा खटिने गरेकामा हाल चिनियाँ २४४ तथा नेपाली १०० मजदुरले मात्र काम गरिरहेका छन् । आयोजनामा आउनुपर्ने २०० चिनियाँ कामदार हवाई उडान बन्द हुँदा आउन नसकेको र लामो समय निर्माण सामग्री सीमानाकामा रोकिएका कारणल...
गण्डकी प्रदेशसभाको बैठक  स्थगित
प्रदेश ४, राजनीति, समाचार

गण्डकी प्रदेशसभाको बैठक स्थगित

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक स्थगित भएको छ । संसदमा दर्ता गराएको संकल्प प्रस्तावलाई बेवास्ता गरेको भन्दै काँग्रेसले सोमबार पनि बैठक बहिस्कार गरेको थियो । मंगलबार सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु भएको घोषणा गरे लगत्तै काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । काँग्रेसले बैठक बहिस्कार गरेपछि सभामुख अधिकारीले पटक–पटक बस्न आग्रह गरेका थिए । सहमति जुटाउनको लागि कार्यदल गठन गरिए पनि सहमति जुट्न नसकेको भन्दै उनले संकल्प प्रस्तावलाई साझा प्रस्ताव बनाउन खोजी रहेको बताए । सभामुख अधिकारीले सहमतिमा ल्याउने कोसिस गरे पनि विपक्षी दलका नेताहरुले नमानेपछि उनले बैठक स्थगित भएको घोषणा गरेका थिए । सभाको अर्को बैठक साउन १६ गते दिनको  १ बजे बस्ने छ ।...
धुषामा युवती बलात्कृत
प्रदेश २, समाचार

धुषामा युवती बलात्कृत

नेपाल अखबार, जनकपुरधाम । धुषाको क्षिरेश्वनाथ नगरपालिकामा १८ बर्षीया युवती बलात्कृत भएकी छन् । नगरपालिकाको वडा नम्बर ३ कि दलित समुदायकी युवतीलाई स्थानीय कलाम राइनले घरबाटै लगी बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । सोमबार राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्केकी युवतीलाई ३० बर्षीय राइनले जबर्जस्ती लगी बलात्कार गरेको पीडित परिवारको भनाइ छ । पिसाब फेर्न निस्केकी युवती घर नफर्केपछि उनको खोजतलास भएको थियो । तर राइनले ती युवतीलाई बिहान ३ बजेतिर घर छोड्न आएपछि घटना बाहिरिएको हो । युवतीले आफूलाई लगेर बलात्कार गरेको बताएपछि बालिकाका आफन्त र गाउँलेले तत्कालै युवकलाई नियन्त्रणमा लिई कुटपिट गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन् । कुटपिटबाट युवक घाइते भएका छन् । स्थानीयले जिम्मा लगाएपछि युवती र युवक दुबैको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहर...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ६२ प्रतिशत काम सम्पन्न,  ‘डेडलाइन मिट’ गर्न मुश्किल
अर्थ, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ६२ प्रतिशत काम सम्पन्न, ‘डेडलाइन मिट’ गर्न मुश्किल

नेपाल अखबार, पाेखरा। तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएको छ । बन्दाबन्दीमा विमानस्थलको काम नरोकिए पनि पूर्ण जनशक्ति र क्षमताका साथ काम नहुँदा छ महिनाअगावै काम सक्ने लक्ष्य हासिल हुन नसक्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । विगतमा ५०० हाराहारीमा नेपाली तथा चिनियाँ कामदार विमानस्थल निर्माणमा खटिने गरेकामा हाल चिनियाँ २४४ तथा नेपाली १०० मजदुरले मात्र काम गरिरहेका छन् । आयोजनामा आउनुपर्ने २०० चिनियाँ कामदार हवाई उडान बन्द हुँदा आउन नसकेको र लामो समय निर्माण सामग्री सीमानाकामा र...
स्याङ्जा प्रहरी प्रमुखलाई कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

स्याङ्जा प्रहरी प्रमुखलाई कोरोना संक्रमण

नेपाल अखबार, स्याङजा । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रमुखलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी प्रमुखसहित सोमबार १८ जना प्रहरी कर्मचारीलाई कोरोना पुष्टि भएको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले एकैपटक उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । गत शुक्रबार जिल्ला प्रहरी कार्यालयका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण पुष्टि भएसँगै ९८ जना प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । सोही क्रममा १८ जनामा संक्रमण पुष्टि भएको हो । बाँकीको रिपोर्ट आएको छैन । संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको छ । स्याङजा प्रहरी कार्यालय सिल गरेर प्रहरीलाई क्वारेन्टनमा राखिएको छ ।  योसँगै जिल्ला प्रहरी कार्यालयका कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ । यसअघि आइतबार मात्रै प्रदेश १ मा १९ जना प्रहरीमा को...
कोरोना सङ्क्रमणबाट एक युवकको मृत्यु
प्रदेश २, समाचार

कोरोना सङ्क्रमणबाट एक युवकको मृत्यु

नेपाल अखबार, धनुषा। धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा ंसिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले ती युवकको आइतबार बिहान स्वाबको नमूना सङ्कलन गरिएको र साँझ रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । शवलाई जनकपुरमै व्यवस्थापन गरिने बताइएको छ । धनुषामा कोरोना सङ्क्रमणबाट मृत्युको यो पहिलो घटना हो । यस प्रदेशमा अहिलेसम्म कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको छ । रासस...
गण्डकी प्रदेशमा थप २२ मा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप २२ मा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । स्याङ्जाका १८ सहित गण्डकी प्रदेशमा थप २२ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार स्याङ्जाका १८, कास्कीका २ र लमजुङका २ गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । निर्देशनालयका अनुसार कोरोना पुष्टि हुनेमा कास्कीको ४२ र ३० वर्षका २ पुरुष, लमजुङका ३१ र २३ वर्षका २ पुरुष तथा स्याङ्जाका २७ देखि ४६ वर्ष समुहका १७ पुरुष र एक २६ वर्षीया महिला रहेका छन् । स्याङ्जाका सबै संक्रमित पुतलीबजारका रहेको जनाइएको छ । संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ९९ पुगेको छ । निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोभिड-१९ संक्रमण निको हुनेको संख्या १२ सय १ रहेको छ ।...
मणिपाल शिक्षण अस्पतालका डाक्टरमा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

मणिपाल शिक्षण अस्पतालका डाक्टरमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका डा अर्जुन आचार्यले जानकारी दिए । ती डाक्टरलाई अहिले प्रतिष्ठानकै आइसोलेसनमा राख्न लागिएको आचार्यको भनाइ छ । यसैबीच ती डाक्टरमा संक्रमण पुष्टि भएपछि अस्पतालमा पछिल्लो १० दिनयता भर्ना भएका र उपचाररत बिरामीसहित अन्य स्वास्थ्यकर्मीलाई समेत ट्रेसिङ गरी स्वाव संकलनको तयारी थालिएको छ । अस्पताल स्रोतका अनुसार मेडिकल वार्डमा कार्यरत ती डाक्टर आइतबारसम्म बिरामीको जाँचमा खटिएका थिए ।...
आजदेखि विराटनगरमा अत्यावश्यक बाहेक सबै सेवा बन्द
प्रदेश १, प्रशासन

आजदेखि विराटनगरमा अत्यावश्यक बाहेक सबै सेवा बन्द

नेपाल अखबार, विराटनगर। मोरङको विराटनगर महानगरपालिकाले आज (सोमबार) देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। कोरोना संक्रमण समुदायमा फैलिन सक्ने सम्भावना बढेपछि यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। मेयर भीम पराजुलीको अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय कोभिड-१९ संकट व्यवस्थापन समिति (सिसिएमसी) बैठकले यस्तो निर्णय गरेको हो। नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिशबाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय महानगरपालिकाले गरेको छ। बैठकले उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग आवश्यक छलफल गरी थप नगरभित्र थप कडाइ गर्ने निर्णयसमेत गरेको छ। प्रदेश १ मा आइतबार थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २२ र इलाममा नौ जनामा संक्रमण देखिएको हो।...