Saturday, May 23

प्रदेश

गण्डकी प्रदेशमा थपिए  ३८ जनामा कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए ३८ जनामा कोरोना संक्रमण

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा आइतबार दिउसो ३८ जना कोरोना संक्रमित थपिएका छन् । नवलपुर जिल्लाको मध्यविन्दु अस्पतालका कार्यरत पाँच जना २६, २९, ३५, र ५८ वर्षीय पुरुष कर्मचारी र ३१ वर्षीया महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपुरको देवचुली नगरपालिका वडा नं १७ का ५६ वर्षीय पुरुष, नवलपुर विनय त्रिवेणी नगरपालिका वडा नं १ का ४३ वर्षीय पुरुष, वडा नं ४ का ३६ र ४४ वर्षीय पुरुष, वडा नं २ का ४३ वर्षीय पुरुष छन् । कावासोती नगरपालिका वडा नं ८ का ६२ वर्षीय पुरुष, वडा नं १६ का ४१ वर्षीय पुरुष, वडा नं १४ का ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । गैडाकोट नगरपालिका वडा नं २ का २०, २१ र ३० वर्षीया महिला, वडा नं ८ का ३४ वर्षीय पुरुष वडा न ५ का २५ र ३५ वर्षीय पुरुष, र ४३ वर्षीया महिला, वडा नं ७ का २२ वर्षीया महिला, वडा नं ४ का १८,२०, ४१ वर्षीया महिला, वडा नं ११ का २९ वर्षीय पुरुष ...
प्रदेश ५ : राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय
प्रदेश ५, राजनीति, समाचार, हाइलाइट-समाचार

प्रदेश ५ : राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय

नेपाल अखबार, रुपन्देही ।प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरिएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए। उनले कसैले पनि संसदीय दलको ह्वीपको उल्लङ्घन गरेमा पार्टी विधानबमोजिम कारवाही हुनेसमेत चेतावनी दिएका छन् । दलका सचेतक ढकालले पाल्पा, रुपन्देही र कपिलवस्तुका प्रदेशसभा सदस्यले कपिलवस्तुमा राजधानी हुनुपर्ने धारणासहित सरकारको तर्फबाट प्रस्ताव गरिएको विषयमा फरकमत राखेको समेत ब...
गण्डकी प्रदेशमा थपिए ४३ कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए ४३ कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा ४३ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको छ । निदैशनालयका अनुसार आइतबार विहान कोरोना संक्रमित हुनेमा तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिकाका २४, २६, ४७ वर्षीया महिला, २८ र ४७ वर्षीय पुरुष छन् । त्यस्तै लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका का ४२ वर्षीय पुरुष, २२ र ४५ वर्षीया महिला, लमजुङको राइनास नगरपालिका वडा नं ९ का ३३ वर्षीय पुरुष, दोर्दी वडा नं १ का ४२ वर्षीया महिला छन् । त्यस्तै नवलपुर जिल्ला देवचुली नगलपालिका वडा नं २ का ४८ वर्षीय पुरुष, वडा नं ९ का १९ वर्षीय पुरुष, वडा नं ११ का २७ वर्षीय पुरुष, वडा नं १३ का ४५ वर्षीय पुरुष, वडा नं १७ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरको गैडाक...
गण्डकी प्रदेशमा थपिए ४३ कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए ४३ कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा ४३ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको छ । निदैशनालयका अनुसार आइतबार विहान कोरोना संक्रमित हुनेमा तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिकाका २४, २६, ४७ वर्षीया महिला, २८ र ४७ वर्षीय पुरुष छन् । त्यस्तै लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका का ४२ वर्षीय पुरुष, २२ र ४५ वर्षीया महिला, लमजुङको राइनास नगरपालिका वडा नं ९ का ३३ वर्षीय पुरुष, दोर्दी वडा नं १ का ४२ वर्षीया महिला छन् । त्यस्तै नवलपुर जिल्ला देवचुली नगलपालिका वडा नं २ का ४८ वर्षीय पुरुष, वडा नं ९ का १९ वर्षीय पुरुष, वडा नं ११ का २७ वर्षीय पुरुष, वडा नं १३ का ४५ वर्षीय पुरुष, वडा नं १७ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरको गैडाक...
प्रलोभनमा पारी धर्म परिवर्तन गराउनु महापाप, बुद्धबिहारको भवन निर्माण सहयोग गर्छु : सांसद बराल
प्रदेश ४, समाचार

प्रलोभनमा पारी धर्म परिवर्तन गराउनु महापाप, बुद्धबिहारको भवन निर्माण सहयोग गर्छु : सांसद बराल

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशसभा सदस्य रामजी बराल (जीवन) ले पोखरा ३, नदीपुरमा हाल निर्माण हुदै गरेको धर्मशीला बुद्धबिहार भवनको निर्माण कार्यमा आवश्यक सहयोगको लागि पहल गर्ने बताएका छन्। निर्मार्णाधिन भवनको शनिबार निरीक्षण गर्दै सांसद बरालले उक्त भवन निर्माण अभियानमा आर्थिक सहयोग उपलब्ध गराउन सम्बन्धित ठाँउहरुमा आवश्यक पहल गर्ने बताएका हुन्। उनले भने “बुद्धबिहार परिसरमा आएपछि म धेरै प्रभावित भए, उक्त भवनको कानूनी कुनै प्रक्रिया पूरा गर्न बाँकी भए त्यसको पूरा गर्न तयार छु । सरकारको रकम विना जसरी तपाईहरुको प्रयासले यो अभियान सुरु भएको छ, अब यसमा सरकारको समेत सहयोग र साथ हुन्छ ।” निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रकम आगामी वर्ष पहिलो प्राथमिकतामा राखेर भवन निर्माणमा केही सहयोग गर्ने जनाएका सांसद बरालले उक्त कोष अन्र्तगतका योजना यस बर्ष लगभग छनौट भएको उल्लेख गरे । कुनै पनि वहानामा वा ...
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ र गोरखा गरि ३ जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्की जिल्लामा थप १० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै पोखरा महानगरपालिका रहेका छन् । महानगर वडा नम्बर १३ का ३ जना पुरुष , वडा नम्बर ८ का १ महिला र १ पुरुष , वडा नम्बर ६ का २ महिला , २४ का १ पुरुष , वडा नम्बर १४ का १ पुरुष र वडा नम्बर १३ का १ पुरुष गरि महानगरमा थप १० जनामा संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ का २४ र २३ वर्षिय २ जना पुरुष पोखरामा कार्यरत नेपाल प्रहरी हुन् । यता गोरखामा पनि ५ जनामा संक्रमण पुष्टि भएको छ । गोरखा वडा १२ का १ महिला र १ पुरुष त्यस्तै बारपाक सुलि वडा नम्बर ३ का १ पुरुष । वडा नम्बर ८ का १ महिला र आरुद्दाट वडा नम्बर ४ का १ पुरुषमा गरि थप ५ जनामा संक्र...
पोखराका ७ सहित गण्डकी प्रदेशमा  थप ११ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका ७ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पोखराका ७ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ३ जिल्लाका ९ पुरुष र २ महिला गरी ११ जनामा कोरोना देखिएको हो । संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिका ४ का ४८ वर्षीय पुरुष, पोखरा ५ का २९ वर्षीय पुरुष र २९ वर्षीया महिला, पोखरा ६ का ५९ वर्षीय पुरुष , पोखरा ७ का ४९ वर्षीय पुरुष, पोखरा १४ की २९ वर्षीया महिला, पोखरा ३२ का ४७ वर्षीय पुरुष रहेका छन । त्यसै गरी लमजुङ सुन्दरबजारका २५ र ४९ वर्षीय पुरुष तथा स्याङ्जा वालिङ ५ का ३० वर्षीय र १४ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ९ सय ८६ पुगेको छ ।...
प्रदेश–५ मा ९ हजार प्रहरीलाई आचारसंहिताबारे प्रशिक्षण
प्रदेश ५, प्रशासन

प्रदेश–५ मा ९ हजार प्रहरीलाई आचारसंहिताबारे प्रशिक्षण

नेपाल अखबार, काठमाडौं । प्रदेश–५ प्रहरी कार्यालय मातहतका ८ हजार ९ सय २४ जना प्रहरी कर्मचारीलाई आचारसंहिताबारे प्रशिक्षण दिइएको छ । प्रहरी प्रधान कार्यालयले लागू गरेको नयाँ आचारसंहिता बारे मातहतका १२ वटा जिल्ला, तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र चौकीसम्म प्रशिक्षण दिइएको हो । प्रदेश–५ प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजकुमार बैदवारले सेवाग्राहिलाई गर्नुपर्ने ब्यवहार, नैतिकता र अनुशासन बारे प्रशिक्षण दिइएको बताए । रातोपाटीसँग कुरा गर्दै बैदवारले भने–‘सो प्रशिक्षणपछि प्रहरी कर्मचारीको ब्यवहारमा थप परिपक्वता आउने विश्वास लिएका छौं ।’ प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले आचारसंहिता सम्बन्धी कार्यादेश–०७७ जारी गरेका थिए । आचारसंहितामा सरुवा, बढुवामा शक्तिकेन्द्रबाट दवान दिन नपाउने कुरा उल्लेख छ । त्यस्तै, नेता र मन्त्रि भेट्न पनि प्रहरी महानिरिक्षकको सचिवालयबाट अनुमती लिनुप...
गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना हुने
खेलकुद, प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना हुने

नेपाल अखबार, पाेखरा । गण्डकी प्रदेशसभाले प्रदेश खेलकूद विकास विधेयक–२०७७ पारित गरेपछि अब प्रदेश खेलकूद परिषद् स्थापनाको बाटो खुलेको छ । प्रदेशस्तरमा खेलकूदको संरक्षण, संवद्र्धन र विकास तथा खेलकूदको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि गण्डकी प्रदेश सरकारले खेलकूद विधेयक सदनमा दर्ता गराएकामा प्रदेशसभाले सोे विधेयक बुधबार पास गरेपछि प्रदेशमा परिषद् गठनको बाटो खुलेको हो । सभाले पारित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउने छ । प्रदेशमा खेलकूदको विकास, विस्तार, प्रवद्र्धन तथा अध्ययन, अनुसन्धान गरी खेलकूद गतिविधि सञ्चालनका लागि प्रदेश खेलकूद परिषद् स्थापना गरिने सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले बताउनुभयो । खेलकूदको माध्यमबाट मुलुकको राष्ट्रिय एकता प्रवद्र्धन गर्दै स्वस्थ, सक्षम र अनुशासित खेलाडी तथा सिर्जनशील नागरिक तयार गर्ने र खेलाडीको व्यावसायिक सुरक्षा गर्न...
पर्सामा नक्कली इन्सपेक्टरले लगाएको सक्कली बर्दी
प्रदेश २, समाचार, हाइलाइट-समाचार

पर्सामा नक्कली इन्सपेक्टरले लगाएको सक्कली बर्दी

नेपाल अखबार, पर्सा । बुधबार प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाकमा ठगी गर्दै आएका बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई पर्सा प्रहरीले पक्रेको छ । रायले लगाएको इन्सपेक्टरको बर्दी सक्कली रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तका अनुसार रायले लगाएको पोशाक नेपाल प्रहरीले लगाउने सक्कली बर्दी हो । बर्दीसहित पक्राउ परेका रायले प्रहरीको बर्दी कहाँबाट ल्याए ? प्रहरी संगठनमा चासोको विषय बनेको छ । रायले बर्दी कहाँबाट ल्याए अनुसन्धान भइरहेको एसपी पन्त बताउँछिन् । काठमाडौँबाट किनेर ल्याएको रायले प्रहरी समक्ष बयान दिएका छन् । यद्यपि कुन टेलरमा सिलाउन दिएको खुलाएका छैनन् । कामको सिलसिलामा पोशाक च्यातिएको खण्डमा प्रहरी कर्मचारीले जुनसुकै बेलामा पनि पोशाक सिलाउन सक्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर...