Saturday, October 10

प्रविधि

चार जिल्लाको विद्युत् सेवा अवरुद्ध
प्रविधि, समाचार, समाज

चार जिल्लाको विद्युत् सेवा अवरुद्ध

नेपाल अखबार, डोटी । बिहीबार दिउँसोदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण डोटीसहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत कार्यालय दिपायल पिपल्लाले जनाएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु पूर्णरुपमा बन्द भएको त्रिवेणी एफएम डोटीका स्टेसन म्यानेर कर्णबहादुर चन्दले बताए । उनले भने, ‘विद्युत् नहुँदा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन्, नागरिकलाई समेत सूचना प्रवाह गर्न सकेका छैनौँ ।’ उक्त प्रशासण केन्द्रका हा...
टिकटकविरुद्धको कार्यकारी आदेशमा ट्रम्पद्वारा हस्ताक्षर
प्रविधि, विश्व

टिकटकविरुद्धको कार्यकारी आदेशमा ट्रम्पद्वारा हस्ताक्षर

नेपाल अखबार, एजेन्सि। भारतपछि अमेरिकाले चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको माउ कम्पनी बाइटडान्ससँग कारोबारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेका हुन् । यो प्रतिबन्ध अबको ४५ दिनमा लागू हुनेछ । टिकटकसँगै वीच्याटमाथि पनि प्रतिबन्ध लगाइएको छ । यता, अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकीको अधिकार खरिद गर्न खोजिरहेको छ । अब डेढ महिनाभित्र माइक्रोसफ्टले यो डिल पूरा गर्नुपर्नेछ । ट्रम्पले चिनियाँ एप राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थतन्त्रको खतरा बनेको बताएका छन् । टिकटकले प्रयोगकर्ताको व्यक्तिगत जानकारी लिने गरेको र यसको मद्दतले चीनको कम्युनिस्ट पार्टीले अमेरिकाका कर्मचारीबारे जानकारी लिइरहेको उनको आरोप छ । यसबाट व्यवसायसम्बन्धी जासुसी गर्न सक्ने र व्यक्तिगत जानकारीको आधारमा ब्ल्याकमेलिङ पनि गर्न सक्ने उनले...
शनिको सौन्दर्य
प्रविधि, समाचार

शनिको सौन्दर्य

नेपाल अखबार, पाेखरा। हिन्दू धार्मिक आस्थामा शनि कोपको देउता हो । यो देउताको कोप परेपछि मानिसलाई दशा लाग्छ । रोमन मिथकमा चाहिँ शनि धनसम्पत्ति र कृषिको देउता मानिन्छ । विश्वास आस्थाहरुले शनिलाई देउता मानेपनि विज्ञानको आँखामा शनि हाम्रो सौर्यमण्डलको एउटा ग्रह मात्रै हो । सौर्यमण्डलका आठ ग्रहहरुमध्ये रिंगभएको एउटा अद्भूत र सुन्दर ग्रहको नाम हो  शनि । प्रस्तुत तस्विर हब्बल टेलिस्कोपले हालसालै खिचेको शनि ग्रहको तस्बिर हो । पृथ्वीको सतहबाट ५४७ किलोमटिर माथि घुमिरहेको हब्बल टेलिस्कोपले खिचेको यो तस्बिरमा शनिको अति सुन्दर र विस्तृत तस्विर देखिन्छ । शनि हाम्रो सौर्यमण्डलको छैठौं ग्रह हो भने यो बृहस्पतिपछिको सबैभन्दा ठूलो ग्रह हो । ग्याँसको विशाल गोलाको रुपमा रहेको यो ग्रह पृथ्वीबाट १ अरब तीस करोड किलोमिटर टाढा छ भने माउ ग्रह सूर्यबाट १ अरब ४९ करोड ४६ लाख किलोमिटर टाढा । शनि ग्रहको ८२ वटा उपग्रहहरु र...
फेसबुक ह्याक गरेर अर्काको आफन्तलाई ठग्ने गिरफ्तार
प्रविधि, समाचार

फेसबुक ह्याक गरेर अर्काको आफन्तलाई ठग्ने गिरफ्तार

नेपाल अखबार, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक आइडी ह्याक गरेर ठग्ने साविर आलमलाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा दुहवीबाट उनलाई पक्रेको हो । २३ वर्षीय साविरले फेसवुक ह्याक गरेर सो आइडी चलाउनेको आफन्तसँग ‘ठूलो समस्यामा छु, तुरुन्तै पैसा पठाइदिनुस्’ भनेर म्यासेज गर्थे । अनि, आइडीवालाको आफन्त पैसा पठाउन राजी भएपछि उनले आफ्नै खातामा डिपोजिट गर्न लगाउँथे । ‘फेसवुक प्रयोगकर्ताको एकजना आफन्तले पठाएको ५० हजार निकाल्न जाँदा साविरलाई पक्रेका हौं’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी दिपक थापाले भने–‘बैंक ट्रान्जेक्सन हेर्दा ठुलो परिमाणमा आर्थिक कारोबार गरेको देखिएको छ, थप अनुसन्धान गर्दैछौँ ।’ सुनसरीको दुहवी शाखाको एउटा बैंकमा पैसा निकाल्न जाँदा पक्राउ परेका साविरले ७५ हजार ठगेको उजुरी परेको छ । ठगेको आरोपमा जनकपुरमा कुरियर ...
पोल बगाउँदा म्याग्दीको पश्चिमी क्षेत्रमा दश दिनदेखि विद्युत् अवरुद्ध
प्रविधि, समाचार, समाज

पोल बगाउँदा म्याग्दीको पश्चिमी क्षेत्रमा दश दिनदेखि विद्युत् अवरुद्ध

नेपाल अखबार, म्याग्दी। बाढीपहिरोले ट्रान्सफर्मर, मुख्य र वितरण लाइनको पोल तथा तार बगाउँदा म्याग्दीको पश्चिमी क्षेत्रमा दश दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गला गाउँपालिकाको अर्मनसहित मालिका र धौलागिरि गाउँपालिकामा वितरीत केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सुविधाको अभावमा सर्वसाधारणको दैनिकीदेखि गाउँपालिका, वडालगायत सरकारी, बैंक, सहकारी संस्थाको सेवा प्रवाह प्रभावित भएको छ । राइसमिल, फर्निचर, नेपाली कागज, अल्लो, सिलाइकटाइलगायत विद्युत् आवश्यक पर्ने धेरै प्रकृतिका उद्योग व्यवसाय ठप्प भएको दरवाङका मोतिराज गौतमले बताए । विद्युत् अभावमा नेपाल टेलिकम र एनसेलको मोबाइल फोन सेवासमेत प्रभावित भएको छ । दिउँसो घाम लागेको समयमा मात्र मोबाइल फोन सेवा सञ्चालन हुँदा पहिरोबाट अति प्रभावित धौलागिरि र मालिका गाउँपालिकामा विपद् व्यवस्थापनमा कठिनाइ भएको छ । नेपाल विद्युत्...
पूर्वी पहाडका विद्युत् उत्पादनमा समस्या
प्रदेश १, प्रविधि, समाचार

पूर्वी पहाडका विद्युत् उत्पादनमा समस्या

आइतबारदेखि निरन्तर परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लामा सञ्चालित केही आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीका कारण इलामसहित पाँचथर र ताप्लेजुङबाट सञ्चालित अधिकांश जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन ठप्प भएको हो । जम्मा भएर आएको भेलका कारण कतै विद्युत् उत्पादनगृहभित्र नै पानी पसेर समस्या आएको छ भने कतै पहिरोका कारण पाइपमा समेत क्षति पुगेको काबेली करिडोर प्रसारण लाइन आयोजनाले जानकारी दिएको छ । कतिपय आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको र केही आयोजनाको कम मात्रै बिजुली उत्पादन हुन थालेको छ । इलामको पुवाखोला जलविद्युत् आयोजनामा सबै पानी पसेर समस्या भएको छ । त्यस्तै पाँचथरमा सञ्चालित विभिन्न आयोजनाबाट उत्पादन भएको बिजुली घटेको छ । पाँचथरमा ३७ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो तर हाल घटेर करिब आठ मेगावाट मात्रै उत्पादन भएको काबेली करिडोरले जानकारी दिए...
बाढीका कारण काबेली करिडोरको १३२ मेगावाट विद्युत् उत्पादन बन्द
अर्थ, प्रविधि, समाचार

बाढीका कारण काबेली करिडोरको १३२ मेगावाट विद्युत् उत्पादन बन्द

नेपाल अखबार, काठमाडौं । अविरल भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालनमा रहेका अधिकांश जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । काबेली करिडोर १३२ केभी प्रसारण लाइनमा तीन जिल्लामा सञ्चालनमा रहेका १७५ मेगावाट विद्युत् जोडिएको अहिले ४३ मेगावाट विद्युत् मात्रै प्रवाह भइरहेको छ । इलाममा रहेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट विद्युत् उत्पादन भइरहेकोमा सोमबार दिउँसो १ बजेबाट विद्युत् उत्पादन बन्द भएको काबेली करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख दीपेन्द्रराज दुवेदीले जानकारी दिए । त्यहाँ नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका जलविद्युत आयोजनाहरु सञ्चालित छन् । यसैगरी, पाँचथरमा सञ्चालित विभिन्न आयोजनाहरुबाट ३७ मेगावाट विद्युत् उत्पादन भइरहेकोमा वर्षाका कारण ८ मेगावाट मात्रै उत्पादन भइरहेको छ । यसैगरी, पाँचथर र ताप्लेजुङको सीमामा पर्ने काबेलीमा ...
कोरोनाविरुद्ध खोप बनाउने महत्वपूर्ण जानकारी चोर्दै रुसका ह्याकरः एनसीएससी
प्रविधि, विश्व

कोरोनाविरुद्ध खोप बनाउने महत्वपूर्ण जानकारी चोर्दै रुसका ह्याकरः एनसीएससी

नेपाल अखबार, एजेन्सि। रुसका ह्याकर्सले विश्वमा कोरोना भाइरसविरुद्ध खोप बनाइरहेका संस्थालाई निशाना बनाइरहेको बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी) ले बताएको छ। जसले रुसको गुप्तचरको एउटा हिस्सा बनेर काम गरिरहेको एनसीएससीको दाबी छ। केन्द्रका अनुसार ती ह्याकरले कोरोनाविरुद्ध खोप बनाउने महत्वपूर्ण जानकारी चोर्ने प्रयास गरिरहेका छन् । एनसीएससीका निर्देशक पाल चिचेस्टरले यसलाई घृणित कार्य भनेका छन्। बीबीसी...
वर्षाका कारण करिब ५ सय मेगावाट विद्युत उत्पादन बन्द
प्रविधि, समाचार

वर्षाका कारण करिब ५ सय मेगावाट विद्युत उत्पादन बन्द

नेपाल अखबार, काठमाडौं । भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत गृहहरुबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिए । बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङले बताए । ‘विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढ भएको छ, करिब ५ सय मेगावाट  उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं’, घिसिङले भने,  ‘आफ्नो उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर...
दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सबै वडामा इन्टरनेट
प्रविधि

दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सबै वडामा इन्टरनेट

नेपाल अखबार, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । कोषमार्फत विभिन्न परियोजनामा ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकता भए पनि फाइबर विस्तारको काममा सडक विभाग र विद्युत् प्राधिकरणसँग समन्वय हुन नसक्दा काममा ढिलाइ भएको र पछिल्लो समय कोरोना, लकडाउन र केही परियोजनामा अदालती प्रक्रियाजस्ता कारणले मध्यपहाडी लोकमार्ग र अन्य क्षेत्रमा केही ढिला हुन गएको उनको भनाइ छ । प्राधिकरणले कोषको रकम खर्चेर विभिन्न १८ वटा प्याकेजमा देशभर इन्टरनेट सेवा विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । सोअन्तर्गत ११ परियोजनाको काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । नेपाल टेलिकमका अध्यक्ष डिल्ली अधिकारीले पछिल्लो सम...