Saturday, October 10

प्रविधि

म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडामा ड्रोनबाट सामान ढुवानी
प्रविधि, समाचार, समाज

म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडामा ड्रोनबाट सामान ढुवानी

नेपालअखबार,म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ । ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका-८ नागीबाट सोही वडाको पर्यटकीयस्थल मोहरेडाँडामा सामान ढुवानी गरिएको सो गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ड्रोन प्रयोग गरिएको हो । ‘केन्द्रका प्राविधिक टोलीले शुक्रबार र शनिबार नागीबाट मोहरेडाँडामा ड्रोनमा झुण्ड्याएर सामान पठाएर परीक्षण गर्नुभएको थियो’, उनले भने, ‘पहाडी र विपद् प्रभावित क्षेत्रमा औषधि र उपभोग्य अत्यावश्यक सामान ढुवानी गर्न ड्रोन उपयोगी देखिए ।’ मोहरेडाँडालगायत पर्यटकीयस्थलमा सामान ढुवानीका लागि ड्रोनको प्रयोगलाई निरन्तरता दिन आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनसँग समन्वय भएको अध्यक्ष पुनले बताए ।...
चीनले बनायो एआई अस्पताल, रोबोटले गर्छन् विरामीको उपचार
प्रविधि, विदेश, समाचार, समाज, स्वास्थ्य

चीनले बनायो एआई अस्पताल, रोबोटले गर्छन् विरामीको उपचार

नेपालअखबार,काठमाडौं।आर्टिफिसियल इन्टेलिजेन्सले अर्थतन्त्र तथा जनजीवनका धेरै क्षेत्रहरुमा तरंग उत्पन्न गरिरहेको छ र त्यसमा स्वास्थ्यसेवाको क्षेत्र पनि अछुतो छैन । गतवर्ष स्टानफोर्डको एआई सहर भाइरल बन्यो, जहाँ २५ जना इन्टेलिजेन्स एजेन्टहरु बसोबास तथा सामाजिकीकरण गर्छन्। त्यसभन्दा एक कदम अघि बढ्दै चिनियाँ वैज्ञानिकहरुले एआई अस्पताल शहरको विकास गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । उक्त एआई अस्पताल सहरमा भर्चुअल विरामीहरुलाई एआई डाक्टरले उपचार गर्दछन् । यो चिकित्सा क्षेत्रका पेशाकर्मी तथा आम सर्वसाधारणका लागि निकै महत्वपूर्ण रहेको बताइएको छ । यो एआई अस्पतालले ठ्याक्कै उस्तै वातावरण (सिमुलेसन)मा डाक्टरहरुलाई तालिम दिँदै रोगको उपचारमा आफ्नो क्षमतालाई स्वचालित रुपमा निरन्तर विकास तथा सुधार गर्ने लक्ष्य राखेको छ । सिंघुवा विश्वविद्यालयका शोधकर्ताहरुले विकास गरेको उक्त आर्टिफिसियल इन्...
मौसमका कारणले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित
प्रविधि, प्रशासन, समाचार

मौसमका कारणले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित

नेपालअखबार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ । प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान  शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।‘प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ ।...
उपलब्धि शून्यजस्तै भएपछि १० कक्षासम्मका प्राविधिक शिक्षा बन्द गर्न सुझाव
प्रविधि, शिक्षा, समाचार, समाज

उपलब्धि शून्यजस्तै भएपछि १० कक्षासम्मका प्राविधिक शिक्षा बन्द गर्न सुझाव

नेपालअखबार, काठमाडौं । प्राविधिक शिक्षातर्फ आकर्षित गर्न भन्दै अहिले देशका विभिन्न विद्यालयले ९/१० कक्षादेखि कक्षा चलाइरहेका छन् । त्यसमा सबैभन्दा बढी ‘सिभिल इञ्जिनियरिङतर्फ आकर्षण छ । प्रि डिप्लोमाअन्तर्गत १० कक्षासम्म १८ महिना विद्यार्थीले प्राविधिक शिक्षा पढ्छन् । तर, कक्षा १० अर्थात् एसईई पास भइसकेका विद्यार्थीले माथिल्लो कक्षामा प्राविधिक शिक्षातर्फ नै डिप्लोमा गर्न चाहेमा फेरि पुरानै पाठ्यक्रम दोहोर्‍याउनुपर्ने अवस्था छ । १० कक्षा पास गरेर आएका नयाँ विद्यार्थीसँग उनीहरुले फेरि पाठ्यक्रम दोहोर्‍याउनुपर्दा यसले प्रतिफलभन्दा बढी विद्यार्थीको समय खेर गइरहेको सरोकारवालाले आवाज उठाउँदै आएका छन् । अहिले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको स्वीकृतिमा ९ देखि १२ कक्षासम्म प्राविधिक शिक्षा सञ्चालन भइरहेका छन् । त्यसबाहेक मूलधारको शिक्षाको विकल्पमा ल्याइएको प्राविधिक शिक्षाले बजार मागअनु...
नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर
कर्पोरेट, प्रविधि, समाचार

नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर

नेपालअखबार, काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न अफर ल्याएको छ । टेलिकमले यो योजना आजबाट असोज ४ गतेसम्म लागू हुने जनाएको छ । टेलिकमले ४९ रुपैयाँमा एक दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा र एक सय मिनेट कल अफर ल्याएको छ । त्यस्तै, १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा अफर ल्याएको छ । साथै, २९९ रुपैयाँमा मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज पनि उपलब्ध गराएको जानकारी दिएको छ । यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल न...
बढ्दैछ अन्तरिक्ष सयरको ट्रेण्ड, यस्तो छ खर्च र तयारीको हिसाबकिताब
प्रविधि, समाचार, समाज

बढ्दैछ अन्तरिक्ष सयरको ट्रेण्ड, यस्तो छ खर्च र तयारीको हिसाबकिताब

नेपालअखबार, काठमाडौँ । दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना हो । र, त्यसरी कीर्तिमान कायम गर्ने व्यक्तिहरु हुन्, जारेड आइसाकम्यान र सारा गिलिस । जारेड आइसाकम्यान इलेक्ट्रोनिक पेमेन्ट कम्पनी ‘फोर डट इन’ का संस्थापक हुन् । सारा चाहिं स्पेसएक्स कम्पनीमा इन्जिनियरको रुपमा कार्यरत छिन् । अर्बपति आइज्याकम्यानले नै उक्त मिशनको सम्पूर्ण खर्च व्यहोरेका थिए । यात्राको सफल समापन भयो । उनीहरूले अन्तरिक्षमा सफलतापूर्वक स्पेसवाक गरे । स्पेसवाक गर्दै गर्दा जारेडल...
पर्वतमा दुई दशकदेखि वायु ऊर्जा अलपत्र
प्रविधि, समाचार, समाज

पर्वतमा दुई दशकदेखि वायु ऊर्जा अलपत्र

नेपालअखबार, पर्वत । झन्डै दुई दशकदेखि अलपत्र बनेको पर्वतको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । महाशिला गाउँपालिका–६ फलामखानीमा करोडौं रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समयसमयमा मर्मतसम्भारको अभावमा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन भएको छैन । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन् । लथालिंग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । विसं २०६० मा स्थापना भएको केन्द्र २०६३ सालमा तीन वर्षपछि नै बन्द भएको थियो । टिटिबिजी नामक संस्थाले एक करोड रुपैयाँभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजना निर्माण गरेको थियो । संरक्षण र मर्...
कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द
प्रविधि, प्रशासन, समाचार

कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द

नेपालअखबार,काठमाडौं। कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ । अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालत दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर सेवा बन्द गरिएको हो । कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रिया लैजाने गरी नयाँ सफ्टवेयर कार्यान्यनमा ल्याउन लागेको थियो । तर, यसकाविरुद्ध अदालतमा मुद्दा परेको थियो । अब यो सेवा फेरि कहिले खुल्छ भन्ने स्पष्ट छैन । अदालतले सोमबार १९ असार, १७ साउन, ९ भदौ र १६ भदौमा कार्यालयले गरेका निर्णयअनुसारका सबै काम कारबाहीमाथि रोक लगाएको थियो । अदालतले ती निर्णय र सूचनाहरू कार्यान्वयन नगर्न/नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अनलाइन सेवाका सबै काम ठप्प भएको हो । हेर्नुहोस् सूचना :...
गुगल र एप्पलले हारे इयुसँगको अर्बौं डलरको मुद्दा
प्रविधि, विश्व, समाचार

गुगल र एप्पलले हारे इयुसँगको अर्बौं डलरको मुद्दा

नेपालअखबार, काठमाडौं । युरोपियन युनियन (इयु) ले प्रविधि उद्योगसँगको लडाइँमा मंगलबार ठूलो सफलता हासिल गरेको छ। इयुको सर्वोच्च अदालत (कोर्ट अफ जस्टिस अफ द युरोपियन युनियन) ले एप्पल र गुगलसँगको पुरानो मुद्दामा आदेश दिएसँगै इयुले ठूलो सफलता हात पारेको हो। प्रतिस्पर्धालाई खुम्च्याएको भन्दै इयुको नियामक निकायले लामो समयदेखि एप्पल र गुगलमाथि कारबाही गर्दै आएको थियो। मंगलबार कोर्ट अफ जस्टिसले गरेको एप्पल सम्बन्धी आदेश इयुले सन् २०१६ मा सो कम्पनीलाई आयरल्याण्ड सरकारलाई १३ अर्ब युरो (आजको मूल्यमा करिब १४.४ अर्ब डलर) कर तिर्न दिएको आदेशसँग सम्बन्धित छ। एप्पल र आयरल्याण्ड सरकारबीचको गैरकानुनी सहमतिले करमा भारी छुट दिएर युरोपमा व्यवसाय गर्न दिएको आरोप थियो। यसरी गैरकानुनी काम गरेको भन्दै इयुले आयरल्याण्ड सरकारलाई सो रकम तिर्न एप्पललाई आदेश दिएको थियो। प्रति १० लाख युरोको नाफामा एप्पलले ५० य...
टिकटक चल्न थाल्यो
प्रविधि, समाचार, समाज

टिकटक चल्न थाल्यो

नेपालअखबार, काठमाडौं । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र दिएपछि मन्त्रालयले प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब सा...