सुन गाल्ने मेसिन सरकारसँग एउटा, तस्करसँग ४ वटा
नेपालअखबार, काठमाडौं । राजस्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको तस्करीको १०० किलो बढी सुन गाल्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बुझाएको छ । उक्त सुन अबको केही दिनमा गाल्न सुरु हुनेछ ।
केन्द्रीय बैंकको विभागमा सुन गाल्नका लागि एउटा मात्रै मेसिन छ । विभागका अधिकारीहरुका अनुसार सो मेसिनले एक पटकमा १० किलो मात्रै सुन गाल्न सक्छ । झण्डै १० वर्षअघि टक्सार विभागले किनेको सो मेसिनले १० किलो सुनसहितको वस्तु गालेर सुन छुट्ट्याउन मात्रै २० देखि ३० मिनेट लाग्छ । तर, त्यसमा सुनको गुणस्तर छुट्ट्याउन भने अझै धेरै समय लाग्छ ।
विभागका प्रमुख थानेश्वर आचार्यकाअनुसार टक्सारमा बुझाएको सुन गाल्न करिब १६ पटक २० देखि ३० मिनेटका दरले मात्रै समय लाग्छ । ‘धेरै समयअघि किनेको एउटा मात्रै मेसिन छ,’ आचार्यले भने, ‘थप किन्ने खोजेको हो, तर किन्न सकिएको थिएन । अहिले आएको सुन एक दिनमा गाल्न चाहिं सकिन...










