Saturday, August 8

प्रशासन

हुलाकी सडकः पाँच पटक म्याद थप्दा पनि अधुरै
प्रशासन, समाचार, समाज

हुलाकी सडकः पाँच पटक म्याद थप्दा पनि अधुरै

नेपालअखबार,कञ्चनपुर । तीस महिनामा सक्नुपर्ने हुलाकी सडक निर्माण छ वर्ष वितिसक्दा पनि सम्पन्न हुनसकेको छैन। कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो। तर अझै २६ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ। हुलाकी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर दीपक सुनारले निर्माणमा ढिलासुस्ती भएको बताए। ‘कोरोना महामारी, निकुञ्ज क्षेत्रमा स्वीकृति लिनुपर्नेलगायत कारणले काममा ढिलाइ भयो,’ उनले भने– ‘पाँच  पटक काम गर्न म्याद थप गर्दा पनि पूरा भएको छैन।’ हुलाकी सडकको ६२ किलोमिटर सडक तीन प्याकेजमा ठेक्का दिएर काम थालिएको थियो। डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० किलोमिटरमा ९० प्रतिशत काम सम्पन्न भए पनि अन्य दुई प्याकेजमा काम अधुरै छ। पहिलो प्याकेज ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले निर्माणको जिम्मा पाएको थियो। ‘पहिलो ...
न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी
प्रशासन, समाचार

न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी

नेपालअखबार, बुटवल । श्रीमतीले जबरजस्ती करणीको उजुरी दिएपछि न्यायाधीश भुवन गिरीमाथि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । न्यायाधीश गिरीकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा वैवाहिक जबरजस्ती करणीको उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी जारी गर्न माग गरेपछि पक्राउ पुर्जी जारी भएको अदालतका श्रेस्तेदार सुमन पाण्डेले जानकारी दिए । गिरीको हालै कपिलवस्तु जिल्ला अदालतबाट न्याय परिषदमा सरुवा भएको छ । गिरीकी श्रीमतीविरुद्ध पनि सरकारी कागजात किर्तेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।...
सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन सुनसरीको हरिनगरबाट दुई जना पक्राउ
प्रशासन, समाचार

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन सुनसरीको हरिनगरबाट दुई जना पक्राउ

नेपालअखबार, इनरुवा। सामाजिक सञ्जालमार्फत पेस्तोलसहित देखिएका दुई जनालाई सुनसरी प्रहरीले हरिनगर गाउँपालिकाबाट बुधबार अबेर पक्राउ गरेको छ । केही दिनअघि सुनसरी हरिनगर–१ का अमरकुमार गुप्ताले इटालियन पेस्तोलजस्तो देखिने हतियारसहितको आफ्नो फोटो सामाजिक सञ्जालमा प्रकाशन गरेपछि सुनसरीमा सुरक्षा थ्रेट बढेको चर्चा हुन थालेपछि सुनसरी प्रशासनले बुधबार अबेर गुप्तालाई पक्राउ गरेको हो । गुप्तासँगै अन्य एक जना सहयोगी समेतलाई प्रहरीले पक्राउ गरेको छ सुनसरीको सोही गाउँपालिका वडा नम्बर २ का रोशन साहसमेत अहिले प्रहरीको हिरासतमा छन् । पक्राउ परेका गुप्ताले केही दिनअघि एक समुदायलाई लक्षित गर्दै त्रास फैलाउन हतियारसहितको आफनो तस्बिर सञ्जालमा हालेपछि सुनसरी प्रशासनले गुप्तामाथि निगरानी बढाएको थियो । उनी एक अन्तर्राष्ट्रिय जातीय संगठनसँग आबद्ध भई हरिनगरबाट नेपालमा आफ्नो काम गर्दै आएको आरोपसमेत उनीमाथि विगतदे...
आज उपनिर्वाचनका उम्मेदवारमाथि उजुरी दिन सकिने
प्रशासन, समाचार

आज उपनिर्वाचनका उम्मेदवारमाथि उजुरी दिन सकिने

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको हो । चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारप्रति चित्त नबुझेमा उजुरी दिन सकिने र  उजुरीउपर चैत २२ गते छानबिन गरी सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ । उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । आगामी बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान गराउने निर्वाचन आयोगको तयारी छ ।...
रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन
प्रशासन, समाचार

रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन

नेपालअखार, रसुवा ।  आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो। नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्। नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए। आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ। केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ। रासस...
त्रिभुवन विमानस्थलले कर्मचारीको दैनिक कामबारे अभिलेख राख्ने
प्रशासन, समाचार

त्रिभुवन विमानस्थलले कर्मचारीको दैनिक कामबारे अभिलेख राख्ने

नेपालअखबार, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी तुल्याउँदै विमानस्थलको छविलाई सकारात्मक राख्न कार्यरत कर्मचारीको कामबारे दैनिक अभिलेख राखिने भएको छ। विमानस्थलबाट प्रवाह हुने सेवा, यात्रुको सुविधा सन्तुष्टि सुनिश्चित गर्न कार्ययोजना बनाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए। उनका अनुसार अब वायुयान तथा विमानस्थल सुरक्षा, यात्रुको सेवा सुविधा सन्तुष्टि सुनिश्चित गर्न आवश्यकको कामका योजना बनाइने छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थल प्रशासनलाई एक दर्जन प्रश्न सोध्दै त्यसको जवाफ माग गरेका थिए। देशको ऐनाका रूपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ र प्रभावकारी तुल्याउन उनले पटकपटक छड्के निरीक्षण र विमानस्थलका उच्च अधिकारीसँग चरणबद्ध छलफल गर्दै आएका छन्। बिहीबार पनि मन्त्री कि...
नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा सिफारिस
प्रशासन, समाचार

नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा सिफारिस

नेपालअखबार, काठमाडाैं । नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस भएको छ। बढुवा समिति सचिवालयले आइतबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। बढुवा समितिका सदस्य सचिवसमेत रहेका आइजिपी बसन्त कुँवरले सन्दीप भण्डारी, दोस्रोमा सुदीप गिरी, तेस्रोमा मिरा चौधरी र चौथोमा टेकबहादुर तामाङलाई बढुवा गर्न सिफारिस गरेका हुन्। आइजिपी धिरजप्रताप सिंहसँगै एआइजी सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनीले पनि अवकाश पाएसँगै रिक्त रहेका एआइजीका पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको हो। नवनियुक्त आइजिपी कुँवरले आइतबार मात्रै दर्ज्यानी चिन्ह पाएका हुन्।...
गृह मन्त्रालयका २५ अधिकारीको सरूवा
प्रशासन, समाचार

गृह मन्त्रालयका २५ अधिकारीको सरूवा

नेपालअखबार, काठमाडाैं । गृह मन्त्रालयले २५ जना अधिकारीको सरूवा गरेको छ। अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो। सरुवा हुनेमा १४ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) सहित छन्। गृहसचिव विनोदप्रकाश सिंहका अनुसार मन्त्रालयले अतिरिक्तमा रहेका ११ सहसचिवको पदस्थापन र तीनजनाको सरूवा गरेको छ भने ११ जना सहसचिवको विभिन्न निकायमा सरूवा गरेको छ। जसअनुसार सहसचिव रामबन्धु सुवेदीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंको प्रमुख अध्यागमन अधिकृतमा पठाएको छ भने त्यहाँका वासुदेव घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सारिएको छ। सहसचिव रुद्रसिंह तामाङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महादेव पन्तको आन्तरिक व्यवस्थापन महाशाखा, गृहमा पदस्थापन गरिएको छ। ...
बसन्त कुँवरलाई आइजिपी बनाउने मन्त्रिपरिषदको निर्णय
प्रशासन, समाचार

बसन्त कुँवरलाई आइजिपी बनाउने मन्त्रिपरिषदको निर्णय

नेपालअखबार, काठमाडाैं । नेपाल प्रहरीको ३० औं महानिरीक्षकमा बसन्तबहादुर कुँवर नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले केही दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक बनेका कुँवरलाई वरीयता र कार्यक्षमताका आधारमा महानिरीक्षक बनाउने निर्णय गरेको एक मन्त्रीले  जानकारी दिए। पाँच जना एआइजीमध्येबाट सरकारले पहिलो वरीयतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो। आइजिपी धिरजप्रताप सिंह उमेर हदका कारण आजदेखि नियमित अवकाशमा जाँदैछन्। कुँवर २०८१ चैतसम्म प्रहरीको नेतृत्वमा रहने छन्। उनी अर्घाखाँचीका हुन्। उनी २०५१ सालदेखि प्रहरी सेवामा प्रवेश गरेका थिए।...
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
प्रशासन, समाचार

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

नेपालअखबार, काठमाडौँ । नेपालको जनसंख्या  २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय जनगणना २०७८–७९ को नतिजा सार्वजनिक गर्दै  २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको जानकारी दिएको हो । तथ्यांकअनुसार महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ र पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ पुगेको छ । महिलाको भन्दा पुरुषको संख्या करिब ७ लाख कम रहेको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ ।...