निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्यो : प्रमुख आयुक्त थपलिया
नेपालअखबार, काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन्।
निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा निकायमा जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षा पूरा भएको बताएका हुन्।
‘हामीले नेपालमा २०४८ सालदेखिको निर्वाचन देख्दै आएका छौं। पछिल्लो पटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो,’ उनले भने, ‘यसकारण हामीले निर्वाचनमा यसपटक कुनै पनि पद पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित गर्यौं।’
उनले विभिन्न कारणले निर्वाचनलाई दूषित...









