काठमाडौंका १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम
नेपालअखबार,काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरूलाई ट्राफिक व्यवस्थापन सम्बन्धी तालिम दिएको छ ।
नगर प्रहरी बलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा १८० जना नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन सम्बन्धी सैद्धान्तिक र व्यवहारिक तालिम दिएको हो ।
१८ फागुन २०८१ देखि सुरु भएको तालिममा ३ समूहमा सञ्चालन भएको थियो । ५३ जना नगर प्रहरी हवल्दार र १२७ जना नगर प्रहरी जवान तालिममा सहभागी थिए ।
महानगरका अनुसार प्रत्येक समूहलाई १५ कार्य दिनको तालिम दिइएको थियो । हरेक समूहमा ६० जनालाई सहभागी गराइएको थियो । तालिम समापन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सवारी आवागमनमा थप सहजता आउने अपेक्षा गरे । ‘हातको संकेतका भरमा थोरै जनशक्तिबाट काम गर्न कठिन भइरहेको थियो । नगर प्रहरी बलमा ट्राफिक व्यवस्थापनको तालिम प्राप्त जनशक्ति थपिएपछ...










