Thursday, April 23

प्रशासन

सिलगढीको नाचन्थली क्षेत्र सिल
प्रशासन, समाचार, स्वास्थ्य

सिलगढीको नाचन्थली क्षेत्र सिल

नेपालअखबार, डाेटी। डोटी जिल्ला सदरमुकाम सिलगढीस्थित वडा नं ६ नाचन्थली क्षेत्र सिल गरिएको छ । उक्त वडाका समुदायमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको हो । दिपायल सिलगढी नगरपालिकामा आज बसेको आकस्मिक बैठकले थप कोरोना जोखिम हुन नदिन नाचन्थली क्षेत्र सिल गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले तत्काल नाचन्थली मोडबाट कालिका मन्दिरसम्मको क्षेत्र सिल गरिएको हो । त्यसैगरी सङ्क्रमित भएका व्यक्तिसँगको सम्पर्कमा आएका अन्य व्यक्तिको तथ्याङ्क सङ्कलन गर्न कर्मचारी खटाइएकोे नगरपालिकाले जनाएको छ । उक्त वडामा रहेको कृषि विकास बैंकमा कार्यरत एक व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । सङ्क्रमित व्यक्तिलाई घरमा आइसोलेट गरिएको बैंकका प्रमुख दीर्घबहादुर शाहले जानकारी दिए । पछिल्लो समय यहाँका समुदायमा समेत कोरोना देखिन थालेपछि सबै नागरिकलाई सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ । ...

वालिङमा १७ करोड सामाजिक सुरक्षा भत्ता वितरण
प्रशासन, समाचार, हाइलाइट-समाचार

वालिङमा १७ करोड सामाजिक सुरक्षा भत्ता वितरण

नेपाल अखबार, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकामा गत आर्थिक वर्ष २०७६/०७७ मा रु १७ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, अशक्त र असहाय अवस्थाका व्यक्ति, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि नगरपालिकाले बैंकमार्फत सत्र करोड २१ लाख ४४ हजार ४०० रुपैयाँ वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । नगरपालिकाले वडागतरुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको सूची तयार गरेर नगरस्थित विभिन्न बैंकसँग सम्झौता गरी भत्ता वितरण गर्दै आएको ज्ञवालीले बताउनुभयो । “नगरपालिकाले प्रथम, दोस्रो र तेस्रो चौमासिकमा भत्ता वितरण गर्दै आएको छ”, ज्ञवालीले भन्नुभयो, “गत आवको पहिलो चौमासिकमा पाँच करोड ७१ लाख ८३ हजार रुपैयाँ दोस्रोमा पाँच करोड ७२ लाख २ हजार रुपैयाँ र तेस्रो तथा अन्तिम चौमासिकमा पाँच करोड ७७ लाख ५८ ह...
कर्मचारीलाई कोरोना देखिएपछि सुर्खेतमा धमाधम कार्यालय सिल
प्रदेश ६, प्रशासन, समाचार

कर्मचारीलाई कोरोना देखिएपछि सुर्खेतमा धमाधम कार्यालय सिल

नेपाल अखबार, सुर्खेत। सुर्खेतमा कोरोना भाइरसको सङ्क्रमणदर उच्च रहेपछि यहाँका सरकारी कार्यालय धमाधम सिल गरिएको छ । कर्मचारीमा कोरोना देखिएपछि पछिल्लोपटक यहाँका तीन कार्यालय सिल गरिएको हो । वीरेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंक, कर्णाली प्रदेशसभा सचिवालय र जिल्ला मालपोत कार्यालय सिल गरिएको छ । सेवाग्राहीको अत्यधिक भीड हुने बैंक तथा मालपोत कार्यालयले आफ्ना कर्मचारीमा कोरोना पुष्टि भएपछि सङ्क्रमण अन्य व्यक्तिमा फैलिन नदिन कार्यालय सिल गरिएको जनाएका छन् । प्रदेशसभा सचिवालय र मालपोत कार्यालय एक साताका लागि सिल गरिएको छ भने वाणिज्य बैंकले अर्को व्यवस्था नभएसम्मका लागि कार्यालय बन्द रहने सूचना जारी गरेको छ । कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य बैंक यसअघि पनि एक साताका लागि सिल गरिएको थियो । बैंकका निमित्त शाखा प्रबन्धक ठोक्रे विष्टले एटिएम सेवा भने सञ्चालन रहने बताए । रासस...
म्याग्दीमा रहस्यमय मृत्युका विषयमा अनुसन्धान शुरु
प्रशासन, समाचार

म्याग्दीमा रहस्यमय मृत्युका विषयमा अनुसन्धान शुरु

नेपाल अखबार, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । यही असोज ६ गते साथीसँग भगवतीको पर्यटकीयस्थल रुइसे घुम्न जाँदा घाइते र बेहोस भएका सिंजालीको १६ गते राति पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनास्थलको निरीक्षण, उनीसँगै गएका र घटनास्थलमा भएकासँग सोधपुछ, चिकित्सकको रिपोर्टलाई आधार बनाएर अनुसन्धान शुरु गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताउनुभयो । “अस्पतालको रिपोर्टका आधार शरीरमा कसरी चोट लाग्यो भने अनुसन्धान अघि बढाउन भिसेरा परीक्षण गर्न पठाएका छौँ”, उहाँले भन्नुभयो, “दुर्घटना भएर लडेर अथवा कुटपिट के कारणले शरीरमा चोट लाग्यो भन्ने विषयमा घटनास्थलमा भएकाहरुसँग सोधपुछ गरिएको छ ।” बिहीबारसहित तेस्रोपटक प्रहरी टोली घटनास्थल रुप्से पुगेको छ । प्रहरी नायब ...
सार्वजनिक सवारीका यात्रुलाई कोरोना सचेतना
प्रदेश ४, प्रशासन, समाचार

सार्वजनिक सवारीका यात्रुलाई कोरोना सचेतना

नेपाल अखबार,पाेखरा । सवारीचालकलाई ट्राफिक सचेतना र कोरोनाको महामारी रोकथाम गर्ने उद्देश्यले प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सचेतना अभियान सञ्चालन गरेको छ । दुवै प्रहरी ईकाइले कास्कीका विभिन्न राजमार्गहरुमा पुगी सार्वजनिक सवारीका चालक र सवारीमा सवार यात्रुहरुलाई कोरोनाको रोकथाम र यसबाट बच्ने उपायहरु अवलम्बन गर्न समेत सचेत गराइएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । सार्वजनिक सवारी सञ्चालन भएसंगै कोरोनाको महामारी समेत फैलन सक्ने भएकाले यात्रुहरुले पूर्ण रुपमा सुरक्षित तवरले यात्रा गर्नुपर्नेमा अझैपनि यात्रुहरु त्यसबारेमा सचेत नभएको र सवारी चालकहरुले समेत सुरक्षाको उपायहरु नअपनाएको पाइएकाले केही सार्वजनिक सवारीहरुलाई चेक जांच गरि उनीहरुलाई कोरोनाको रोकथामको उपायको बारेमा सचेत गराइ...
प्रहरीको पोसाक लगाएर टिकटक भिडियो बनाउन नपाइने
प्रशासन, समाचार

प्रहरीको पोसाक लगाएर टिकटक भिडियो बनाउन नपाइने

नेपाल अखबार, काठमाडाैं। सामाजिक सञ्जाल टिकटकसहित विभिन्न चलचित्र, टेलिचलचित्र, सर्टमूभि, सांगितिक भिडियो, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भएको पाइएको भन्दै प्रहरी प्रधान कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रवक्ता कुवेर कडायतले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी पोसाक दुरुपयोग भएको पाइए कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेका छन् । कसैलाई पोसाकको प्रयोग गर्नैपर्ने भएमा प्रहरी प्रधान कार्यालयबाट स्वीकृति लिनुपर्ने कडायतले जानकारी दिए । कार्यालयको स्वीकृति नलिइ कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न नगराउन पनि प्रधान कार्यालयले सचेत गराएको छ।...

सबै नेपालीको दृष्टि सुरक्षा गर्न सरकार क्रियाशील
प्रशासन, समाचार, स्वास्थ्य

सबै नेपालीको दृष्टि सुरक्षा गर्न सरकार क्रियाशील

नेपाल अखबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गरेका छन् । उनले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको पनि बताएका छन् । विश्व दृष्टि दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सो कुरा बताएका हुन् । ‘दृष्टिप्रतिको आश’ भन्ने मूल नाराका साथ आज विश्व दृष्टि दिवस मनाइँदै छ ।स्वास्थ्यमन्त्री ढकालको शुभकामना सन्देशमा लेखिएको छ, ‘नागरिकहरुको दृष्टिको सुरक्षाको लागि नेपाल सरकार सचेत र क्रियाशील रहेको विषय अनुरोध गर्दै आजको विश्व दृष्टि दिवसको सन्दर्भमा सम्पूर्णमा दृष्टिदोषरहित जीवनको कामना गर्दछु ।’ नेपालले अहिले कोभिड १९ को संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु¥याउन पनि उनले आह्वान गर...
कक्षा १२ को परीक्षा दसैंलगत्तै लिनेबारे मन्त्रालयमा छलफल
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ को परीक्षा दसैंलगत्तै लिनेबारे मन्त्रालयमा छलफल

नेपाल अखबार, काठमाडाैं। कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा छ। ‘दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको छ। तर अहिलेसम्म निर्णय भइसकेको छैन,’ नेविसंघले बुधबार गरेको भर्चुअल संवादमा प्रवक्ता शर्माले भने। विद्यार्थीले आफूले पढेकै विद्यालयबाट परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाउन खोजिएको उनले बताए। ‘विद्यार्थी डेरा खोजेर परीक्षा केन्द्रसम्म पुगेर परीक्षा दिने अवस्था छैन। जहाँ पढेको हो त्यही स्कुलबाट परीक्षा दिने व्यवस्थापन गर्न लागिएको हो,’ उनले भने, ‘आफू पढेको विद्यालयबाट परीक्षा दिन सक्ने अवस्था कुनै विद्यार्थीको भएन भने जहाँ छ त्यहाँको नजिकको विद्यालयबाट परीक्षा दिने व्यवस्था गर्न ला...