Thursday, October 22

प्रशासन

सरकारले दियो शिक्षा क्षेत्रका सबै तहका परीक्षा सञ्चालन गर्न अनुमति
प्रशासन, शिक्षा, समाचार, हाइलाइट-समाचार

सरकारले दियो शिक्षा क्षेत्रका सबै तहका परीक्षा सञ्चालन गर्न अनुमति

नेपाल अखबार, काठमाडाैं। सरकारले विद्यालय तहदेखि विश्वविद्यालयसम्मका सबै तहको परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी सबै मापदण्ड पूर्णरुपमा पालना गरी सबै तह र विषयका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासम्बन्धी आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा विश्वविद्यालय तथा शिक्षण संस्थानहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो । यस्तै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएका जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्डहरुलाई पालना गरी व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको व्यावसायिक तालिम सञ्चालनको पनि अनुमति दिने निर्णय गरेको छ ।...
तीन वर्षअघि नाबालकलाई विष खुवाएर फरार महिला पक्राउ
प्रशासन, समाचार

तीन वर्षअघि नाबालकलाई विष खुवाएर फरार महिला पक्राउ

नेपाल अखबार, कञ्चनपुर। विष खुवाएर ज्यान मार्ने उद्योग कसुर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका–१ की २६ वर्षीया समिरा चन्दलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । तीन वर्षअघि नाबालकलाई विष खुवाई ज्यान मार्ने उद्योग गरी फरार रहेकी चन्दलाई घरमै लुकीछिपि बसेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। ज्यान मार्ने उद्योग कसुरमा चन्दलाई उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले विसं २०७४ भदौ २० गतेको फैसलाअनुसार पाँच वर्ष कैद सजाय तोेकेको थियो । अदालतले कैद तोकेपछि चन्द फरार रहेकी थिइन् । पक्राउ परेकी चन्दलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । रासस...
नाका बन्द हुँदा नेपाली व्यापारी भारतमै रोकिए
प्रशासन, समाचार, हाइलाइट-समाचार

नाका बन्द हुँदा नेपाली व्यापारी भारतमै रोकिए

नेपाल अखबार, बैतडी। नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन् । नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने भएकाले नाका बन्द हुँदा उनीहरु पारि नै अड्किएका छन् । लकडाउन खुले पनि नाका नखुल्दा आफूहरु पारि रहँदा व्यापार र व्यवसाय सञ्चालन गर्न नपाएको उनीहरुको गुनासो छ । नाका नखुल्दा व्यापारी वारि आउन नपाएको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशीले बताए । “नाका बन्द भएपछि वारिका २५ व्यापारी पारि अड्किएका छन्”, उनले भने, “लामो समयदेखिको लकडाउनले बिक्रीका लागि राखिएको सामान बिग्रिसकेको छ, एक दुई दिनका लागि भए पनि सीमापारि अड्किएका व्यापारीलाई वारि आउने वातावारण मिलाइदिन आग्रह छ ।” आफ्ना समस्याप्रति सरकार गम्भीर नभए आफूहरु अनसन बस्नेसमेत उनीहरुले चेतावनी दिएका छन् । यता बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नाका खुलाउनका लागि स...

लागूऔषध तस्करी : इन्सपेक्टर शाही र पाइलट शेरचन पुर्पक्षका लागि थुनामा
प्रशासन, समाचार

लागूऔषध तस्करी : इन्सपेक्टर शाही र पाइलट शेरचन पुर्पक्षका लागि थुनामा

नेपाल अखबार, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले लागूऔषध तस्करीको कारोबारमा संलग्न नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) र नेपाल एयरलाइन्सका पूर्वपाइलटलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । अपराधमा संलग्न भएको पुष्टि गर्दै अदालतले इन्स्पेक्टर रुद्र बहादुर शाही र पाइलट भुपेन शेरचनलाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको हो । इन्सपेक्टर शाही महानगरीय प्रहरी परिसर ललितपुरको अपरेशन शाखामा कार्यरत थिए । बन्दाबन्दीको समयमा इन्सपेक्टर शाहीले आफ्नै गाडीमा लागूऔषध तस्करीको आरोपमा उनी गत ११ असारमा पक्राउ परेका थिए । इन्सपेक्टर शाही आफैं तराई गएर सो लागूऔषध ओसारेको अनुसन्धानमा खुलेको थियो । लागूऔषध ओसारपोसार तस्करीको आरोपमा शाही र शेरचनसँगै पक्राउ परेका सन्तोष कुमार शाह, एलिसन बस्नेत र अभिनास थपलियालाई पनि अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । राजधानीको नक्सालमा बस्दै आएका ४८...
तनहुँ भीमाद नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द
प्रशासन, समाचार

तनहुँ भीमाद नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द

नेपाल अखबार, दमौली । तनहुँको भीमाद नगरपालिकाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । समुदायस्तरमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले नगरपालिकाले आजदेखि अर्को सूचना नभएसम्मका लागि स्वास्थ्य र सुरक्षासम्बन्धीबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । नगरकार्यपालिकाको कार्यालयबाट कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य तथा सुरक्षासम्बन्धी कार्यबाहेक सम्पूर्ण कार्य र सबै वडा बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य, सुरक्षाबाहेक कुनै पनि किसिमका सवारी साधन आवतजावत नगर्न, सम्पूर्ण सङ्घसंस्था, कार्यालय बन्द गर्न, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । भीमाद नगरपालिका–६ मा मङ्गलबार ३८, २०, १८ र ३७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको थियो । यसअगाडि सोही वडाकै एक व्यक्तिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले समुदायस्तरक...
काठमाडौंमा महिलालाई बन्धक बनाएर हत्या गर्ने युवक पक्राउ
प्रशासन, समाचार

काठमाडौंमा महिलालाई बन्धक बनाएर हत्या गर्ने युवक पक्राउ

नेपाल अखबार, काठमाडौं । महिलालाई बन्धक बनाएर हत्या गरी फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका हुन् । माझीलाई महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीबाट सोमबार नियन्त्रणमा लिएको हो ।माझीले ०७६ साल जेठ ५ गते काठमाडैं कागेश्वरी मनहरा नगरपालिका-९ गोठाटारस्थित एक टहरोमा सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने ३६ वर्षीय पम्फा श्रेष्ठको हत्या गरेर फरार भएको महाशाखाका प्रमुख, एसएसपी दीपक थापाले बताए । त्यसयता उनी फरार थिए । अनुसन्धानको क्रममा विनयले मृतक पम्फालाई आफ्नै कोठामा लिएर वैशाख ३० गतेदेखि बन्धक बनाएका थिए । पछि स्थानीयले खबर गरेपछि जेठ ५ गते सोही कोठाको खाटमा महिलाको शव भेटिएको थियो । कोठाको बाहिरबाट ताला लगाइएको थियो ।...
चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो
प्रशासन, समाचार, हाइलाइट-समाचार

चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

नेपाल अखबार, काठमाडाैं। चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको जानकारी दिए । उनका अनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ । यस्तै चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मातहतका कार्यालय प्रमुखलाई अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको जानकारी दिए। प्रहरीले चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू गरेर...

पाेखरामा हाडनाता करणीको अभियोगमा युवक पक्राउ
प्रशासन, समाचार

पाेखरामा हाडनाता करणीको अभियोगमा युवक पक्राउ

नेपाल अखबार, पाेखरा। कास्की प्रहरीले हाडनाता करणी गरेको अभियोगमा सर्लाही घर भएका २१ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । विसं २०७६ पुस २ गते राति पोखरामा आफ्नै भतिजी नाता पर्ने १४ वर्षीया बालिकालाई घरमा कोही नभएको अवस्थामा डर धम्की दिई करणी गरेको र बालिकाले गत भदौ २९ गते छोरा जन्म दिएपछि परिवारले दिएको जाहेरीका आधारमा पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । कास्की प्रहरीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा युवकलाई आइतबार पक्राउ गरी पोखरा ल्याएर उनी विरुद्ध हाडनाता करणी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । “प्रहरीलाई बच्चा जन्मेपछि मात्र जाहेरी आयो, त्यसपछि पीडक सर्लाहीमा छन् भन्ने भएपछि त्यहाँको प्रहरीसँगको समन्वयमा पक्राउ गरी ल्याएका हौँ, थप अनुसन्धान भइरहेको छ ।...