मन्त्री अर्यालद्वारा स्याङ्जाका पहिरो पीडितलाई राहत हस्तान्तरण
नेपाल अखबार, स्याङ्जा । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमार अर्यालले केही दिन अघी आएको अबिरल वर्षाका कारण आएको पहिरोमा परि मृत्यु भएका मृतक तथा घाइतेको परिवारलाई राहत बितरण गरेकी छन् ।
मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परि वालिङ नगरपालिका, १४ मा मृत्यु भएका परिवारलाई शुक्रबार राहत प्रदान गरेकी हुन् । राहत हस्तान्तरण गर्दै मन्त्री अर्यालले स्वर्गीय माया नेपालीका छोरा भोजराज र छोरी मनिषाले आफ्ना अभिभावक गुमाउनुपरेको पिडा आफूले महशुस गरेको बताइन ।
मृतकका छोरा र छोरीको अभिभावक सरकार रहेको बताउदै मन्त्री अर्यालले मनिषाको शिक्षाका लागी आफुले व्यवस्था गर्ने र अभिभावक समेत आफु रहेको बताइन । पहिरो पिडित भोजराजको बस्ने घर नै पहिरोले पुरेपछि अहिले नजिकैको विद्यालयमा काजक्रियामा रहेका छन् । पिडितको घर सरकारले बनाइँदिने भन्दै मन्त्री अर्यालले पहिरो पिडित र विस्थापित परिवारक...
