Thursday, October 22

प्रशासन

सेवाग्राहीको  थेगिनसक्नु भीड, कोरोना जोखिम बढ्यो
प्रशासन, समाचार, हाइलाइट-समाचार

सेवाग्राहीको थेगिनसक्नु भीड, कोरोना जोखिम बढ्यो

नेपाल अखबार,डाेटी । जिल्ला प्रशासन कार्यालय डोटीमा हिजोआज सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ । प्रशासन कार्यालयमा यहाँका ग्रामीण क्षेत्रबाट दैनिक २०० जनासम्म सेवाग्राही आउने गरेका छन् । सेवाग्राहीको भीड बढेपछि कोरोना जोखिम बढ्नसक्ने भन्दै कार्यालयका कर्मचारीमा चिन्ता थपिन थालेको छ । पछिल्ले समय कार्यालयमा मास्क नलगाएर आउने सेवाग्राहीलाई सुरक्षाकर्मीले कार्यालय प्रवेश नै नदिएर फिर्ता पठाउने र मास्क लगाएर आउन आग्रह गरिन थालिएको छ । बाढीपहिरोपीडित भएकाका नागरिकका लागि राहत, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका सेवा लिन आउने नागरिकका कारण प्रशासन कार्यालयमा निकै भीड बढ्न थालेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए । प्रशासनमा दैनिक २०० हाराहारीमा सेवाग्राही आउने गरेका छन् । सेवा लिन आउने सेवाग्राहीमा सबैभन्दा बढी नागरिकता बनाउन आउनेको भीड लाग्ने गरेको कार्यालयले जनाएको...
८३ वर्षीय फरार प्रतिवादी पक्राउ
प्रशासन, समाचार

८३ वर्षीय फरार प्रतिवादी पक्राउ

नेपाल अखबार,बागलुङ । प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दाका फरार प्रतिवादी बागलुङ नगरपालिका–७ का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको छ । उनीलाई विसं २०६४ पुस १३ गते अदालतले ११ महिना २० दिन कैद र रु ५० जरिवानाको फैसला गरेको थियो । उनी अदालतको फरार सूचीमा रहेका थिए । उनीसहित विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका आठ फरार प्रतिवादीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा कुटपिट मुद्दाका फरार जैमिनी नगरपालिका–१० का ५३ वर्षीय मनबहादुर श्रीस, सार्वजनिक अपराधमा सोही वडाका ३२ वर्षीय जनक श्रीस र २८ वर्षीय समिर श्रीस छन् । बागलुङ –९ का २६ वर्षीया किरण विक, वडा नं १० का विनोद शर्मा र बरेङ गाउँपालिका– १ का यमबहादुर थापा पनि सार्वजनिक मुद्दामै पक्राउ परेका हुन् । यस्तै गाली बेइज्जती मुद्दामा बरेङ–३ का ४० वर्षीया हीरा श्रीसलाई पक्राउ...
आवतजावत नगर्न र बसोबास रहेकै स्थानमा दशैँ मनाउन आग्रह
प्रशासन, समाचार, समाज

आवतजावत नगर्न र बसोबास रहेकै स्थानमा दशैँ मनाउन आग्रह

नेपालअखबार, काठमाडाैं। काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ । मन्त्रालयले ‘दशैंँमा आवतजावत गर्दा कोरोनाको सङ्क्रमण थप फैलन सक्ने भन्दै सर्वसाधारणलाई जुन ठाउँमा छौँ, त्यही ठाउँबाट दशँै मनाउन’ आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसपटक कोरोना महामारीबाट जोगिएमा दशँै अर्को वर्ष पनि मनाउन सकिने भन्दै आफू र परिवारका अन्य सदस्यलाई समेत खतरा हुने गरी एक ठाउँबाट अर्को ठाउँमा नजान आग्रह गरे । उनले महामारीका बेलामा गाउँ सहर आवतजावत गर्दा सङ्क्रमण फैलन सक्ने बताए । मन्त्रालयको ‘कोभिड इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले यस्तो आग्रह गरेको भन्दै उनले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिवाना शुल्क तोक्ने मापदण्ड बनाई स्वीकृतिका लागि पठा...
सर्वोच्चका न्यायाधीशसहित केही कर्मचारीमा कोरोना पुष्टि
प्रशासन, समाचार

सर्वोच्चका न्यायाधीशसहित केही कर्मचारीमा कोरोना पुष्टि

नेपाल अखबार, काठमाडौं । सर्वोच्चका केही न्यायाधीशहरु होम क्वारेन्टिन÷सेल्फ आइसोलेसनमा बसेका छन् । सर्वोच्चका एक न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि न्यायाधीशहरु होम आइसोलेशनमा बसेका हुन् । सर्वोच्चले आइतबार एक सूचना जारी गर्दै एक न्यायधीशलगायत केही अधिकृत र कर्मचारी कोरोना संक्रमित भएको र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु होम आइसोलेशनमा बसेको जनाएको छ । न्यायाधीशहरु होम आइसोलेशनमा भएपछि आज न्यायाधीश मनोज शर्माको इजलासमा मात्र पेसी तोकिएको छ । हाल सर्वोच्चमा ३ दर्जनको हाराहारीका कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ।...
मन्त्री अर्यालद्वारा स्याङ्जाका पहिरो पीडितलाई राहत हस्तान्तरण
प्रशासन, समाचार

मन्त्री अर्यालद्वारा स्याङ्जाका पहिरो पीडितलाई राहत हस्तान्तरण

नेपाल अखबार, स्याङ्जा । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमार अर्यालले केही दिन अघी आएको अबिरल वर्षाका कारण आएको पहिरोमा परि मृत्यु भएका मृतक तथा घाइतेको परिवारलाई राहत बितरण गरेकी छन् । मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परि वालिङ नगरपालिका, १४ मा मृत्यु भएका परिवारलाई शुक्रबार राहत प्रदान गरेकी हुन् । राहत हस्तान्तरण गर्दै मन्त्री अर्यालले स्वर्गीय माया नेपालीका छोरा भोजराज र छोरी मनिषाले आफ्ना अभिभावक गुमाउनुपरेको पिडा आफूले महशुस गरेको बताइन । मृतकका छोरा र छोरीको अभिभावक सरकार रहेको बताउदै मन्त्री अर्यालले मनिषाको शिक्षाका लागी आफुले व्यवस्था गर्ने र अभिभावक समेत आफु रहेको बताइन । पहिरो पिडित भोजराजको बस्ने घर नै पहिरोले पुरेपछि अहिले नजिकैको विद्यालयमा काजक्रियामा रहेका छन् । पिडितको घर सरकारले बनाइँदिने भन्दै मन्त्री अर्यालले पहिरो पिडित र विस्थापित परिवारक...
कक्षा १२ का विद्यार्थीलाई शिक्षा मन्त्री पोखरेलको सन्देश
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ का विद्यार्थीलाई शिक्षा मन्त्री पोखरेलको सन्देश

नेपाल अखबार, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) ले गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) हुन नसकेपछि कतिपयले कक्षा १२ को परीक्षा नहुने अनुमान गरेका छन् । कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डको सट्टा विद्यालयले नै लिने भएपछि त्यस्तो तर्क गर्नेहरूलाई थप बल मिलेको छ । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भने ढिलो चाँडो कक्षा १२ को परीक्षा हुने बताउँछन् । उनी भन्छन्, ‘यो विद्यालय शिक्षाको अन्तिम परीक्षा हो, त्यसैले पनि अहिलेसम्म परीक्षा नगर्ने कोणबाट सोचिएको छैन ।’राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्नुपर्ने, यसैको आधारमा विश्वविद्यालयमा भर्ना हुनुपर्ने, समकक्षता निर्धारण जस्ता कारणले गर्दा कक्षा १२ को परीक्षा रद्द गर्न नमिल्ने मन्त्री पोखरेलको भनाइ छ । ‘संक्रमण बढेको कारणले निर्धारित समयमा हुन नसकेको मात्रै हो’ मन्त्री पोखरेल भन्छन्, ‘जनस्वास्थ्यका सम्पूर्...
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा देवकोटा, लिए सपथ
प्रशासन, समाचार

गण्डकी विश्वविद्यालयको उपकुलपतिमा देवकोटा, लिए सपथ

नेपाल अखबार, पाेखरा। गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राडा नवराज देवकोट नियुक्त हुनुभएको छ । उपकुलपति नियुक्त भएका देवकोटालाई शुक्रबार बिहान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सपथ ग्रहण गराएका हुन्। उपकुलपति नियुक्त गर्न गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको नेतृत्वमा रहेको सर्च कमिटीले दुई जनाको नाम सिफारिस गरेकोमा देवकोटाले उपकुलपति नियुक्ति पाएका थिए। यसअघि देवकोटा चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयमा कार्यरत थिए। देवकोटालाई पाँच वर्षे कार्यकालका लागि गण्डकी विश्वविद्यालयको उपकुलपति बनाइएको हो।...
प्रदेश–५ मा ९ हजार प्रहरीलाई आचारसंहिताबारे प्रशिक्षण
प्रदेश ५, प्रशासन

प्रदेश–५ मा ९ हजार प्रहरीलाई आचारसंहिताबारे प्रशिक्षण

नेपाल अखबार, काठमाडौं । प्रदेश–५ प्रहरी कार्यालय मातहतका ८ हजार ९ सय २४ जना प्रहरी कर्मचारीलाई आचारसंहिताबारे प्रशिक्षण दिइएको छ । प्रहरी प्रधान कार्यालयले लागू गरेको नयाँ आचारसंहिता बारे मातहतका १२ वटा जिल्ला, तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र चौकीसम्म प्रशिक्षण दिइएको हो । प्रदेश–५ प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजकुमार बैदवारले सेवाग्राहिलाई गर्नुपर्ने ब्यवहार, नैतिकता र अनुशासन बारे प्रशिक्षण दिइएको बताए । रातोपाटीसँग कुरा गर्दै बैदवारले भने–‘सो प्रशिक्षणपछि प्रहरी कर्मचारीको ब्यवहारमा थप परिपक्वता आउने विश्वास लिएका छौं ।’ प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले आचारसंहिता सम्बन्धी कार्यादेश–०७७ जारी गरेका थिए । आचारसंहितामा सरुवा, बढुवामा शक्तिकेन्द्रबाट दवान दिन नपाउने कुरा उल्लेख छ । त्यस्तै, नेता र मन्त्रि भेट्न पनि प्रहरी महानिरिक्षकको सचिवालयबाट अनुमती लिनुप...
ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
प्रशासन, समाचार

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

नेपाल अखबार, झापा। दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल–१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल–१ स्थित बगानमा जाँच गर्ने क्रममा आलमको साथबाट ११.।६५ ग्राम ब्राउनसुगर बरामद गरेको उनले बताए । पक्राउ परेका आलमलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र आज म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइने भएको छ । रासस...
भारत लैजाँदै गरेको आधा केजी सुनसहित दुईजना पक्राउ
प्रशासन, समाचार

भारत लैजाँदै गरेको आधा केजी सुनसहित दुईजना पक्राउ

नेपाल अखबार, बुटवल । भारततर्फ लैजाँदै गरेको आधा केजी सुनसहित प्रहरीले कपिलवस्तुमा दुई जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–५ बनकछियाबाट भारततर्फ जाँदै गरेको अवस्थामा पाँच सय ग्राम सुनसहित ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता पक्राउ परेका हुन् ।लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ सुन लैजाँदै गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । बरामद सुन र पक्राउ परेका दाजु–बहिनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याइएको उनले बताए ।...