नेपाल रेडक्रसमा आर्थिक अनियमितता : पूर्वपदाधिकारीलाई रकम फिर्ता गर्न ताकेता
नेपाल अखबार, काठमाडाैं । भूकम्प प्रतिकार्य कार्यक्रम सञ्चालक समितिका नाममा दाताहरुले दिएको ठूलो आर्थिक सहायता ‘आकस्मिक लाभ’ का नाममा आफ्नो गोजीमा हाल्ने पूर्वपदाधिकारीहरुलाई नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्य समितिले रकम फिर्ता गर्न पत्रचार गरेको छ । भदौ १७ गतेको मितिमा रेडक्रस केन्द्रीय कार्य समितिले पुर्व पदाधिकारीहरु तथा ७७ वटै जिल्लाका अध्यक्षहरुलाई पत्रचार गरेको बुझिएको छ ।
रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष संजीव थापालाई लेखेको पत्रमा भनिएको छ, ‘..यहाँले कार्य समितिको अध्यक्ष भई भूकम्प प्रतिकार्य सञ्चालन समितिको पनि अध्यक्ष पदमा रहेर स्वयम्सेवा प्रदान गर्ने सिलसिलामा केन्द्रीय कार्य समितिको मिति २०७२।०४।१८ र १९ गतेको बैठक सङ्ख्या २५२ को निर्णय संख्या ३ बमोजिम मासिक रुपमा प्राप्त गर्नु भएको आर्थिक सुविधा (बैठक भत्ता बाहेक) २०७७।०५।२६ गतेभित्र नेपाल रेडक्रसको केन्द्रीय कार्यालयको स्ट्या...
