Thursday, October 22

प्रशासन

पाल्पाकी ६१ वर्षीया टिकासरीले पहिलो पटक पाइन् नागरिकता
प्रशासन, समाचार

पाल्पाकी ६१ वर्षीया टिकासरीले पहिलो पटक पाइन् नागरिकता

नेपाल अखबार, पाल्पा ।  माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीका ६१ वर्षकी टिकीसरा कामीले शुक्रबार पहिलो पटक नागरिकता प्राप्त गरेकी छन्। तानसेन नगरपालिका वडा नम्बर ११ जुकीया जन्म घर भर्इ २०३५ साल मंसिर १ गते माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी छोडिघाट बस्ने ओमबहादुर कामीसंग बिवाह गरेर आएकी उनी २०१६ साल असार २२ गते जन्मेकी थिइन् । टिकीसराको न त जन्मदर्ता नै थियो न त विवाह दर्ता नै । आफ्नो घरमा दाउरा पात खोजेर  बजारमा बेच्न ल्याउने र त्यसको  पैसाले घर गुजारा गर्दै आएकी उनलार्इ सामाजिक सुरक्षा भत्ता पाइने कुरा कसैले सुनाइ दिए पछि बल्ल नागरिकताको आवश्यकता बुझिन् उनले । उनका श्रीमानले पाएको अपाङ्ग भत्ताले चामल किनेर गुजारा गर्दै आएकी उनले जनप्रतिनिधिको सहायताले नागरिकता पाएकी छन् ।...
जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
प्रदेश ७, प्रशासन, समाचार

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

नेपाल अखबार, बैतडी । बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको र वासुदेवले त्यसमा अर्जुनलाई सहयोग गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए । शुक्रबार इलाका प्रहरी कार्यालय पाटन पुगेर किशोरीकी आमासहित आफन्तले जबरजस्ती करणीको जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ । जाहेरीपछि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। घटनामा सङ्लग्न दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट शुक्रबार नै पाँच दिन म्याद थप ...
परीक्षा सञ्चालनमा सहजीकरण, अत्यावश्यक काममा जान पास
प्रशासन, समाचार

परीक्षा सञ्चालनमा सहजीकरण, अत्यावश्यक काममा जान पास

नेपाल अखबार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको काठमाडौँ प्रशासनले आज एक विज्ञप्ति जारी गरी अति आवश्यक परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ । व्यावसायिक अंग्रेजी परीक्षा, टोफेल÷आइइएलटिएस, जिआरइ, जिएलएफडब्लु, जिम्याट, भाषा परीक्षालगायतका परीक्षा सञ्चालन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । उक्त परीक्षा भदौ ३ गतेदेखि बन्द भएको थियो  । भदौ २४ गते आदेशमा केही हेरफेर गरी खुकुलो बनाउँदै व्यापार, व्यवसाय तथा अन्य सेवा क्षेत्र चलायमान गरिएको थियो तर परीक्षाको विषयमा उल्लेख नभएपछि आज प्रशासनले विज्ञप्तिमार्फत परीक्षा सञ्चालनमा सहजीकरण गरेको जनाएको हो । तोकिएका र सोही प्रकृतिका परीक्षा सञ्चालन गर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको परीक्षा सञ्चलन कार्यविधि...
केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि
प्रशासन, समाचार, स्वास्थ्य

केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएका छन् । भदौ १६ गते मृत्यु भएका ३ जना र भदौ १९ गते मृत्यु भएका १ जनाको कोरोना संक्रमण पुष्टि भएको जेलर लक्ष्मी बास्कोटाले जानकारी दिए । केन्द्रीय कारागारमा रहेका कैदीबन्दीमध्ये ४ जनाको भदौ १६ गते मृत्यु भएको थियो । तीमध्ये एक जनाको मृत्युअघि नै कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएका ४ जनामध्ये २ जना जबर्जस्ती करणी र २ जना कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका थिए । उनीहरु सबै केन्द्रीय कारागारकै अस्पतालमा उपचाररत थिए ।...
नेपाल रेडक्रसमा आर्थिक अनियमितता : पूर्वपदाधिकारीलाई रकम फिर्ता गर्न ताकेता
प्रशासन, समाचार

नेपाल रेडक्रसमा आर्थिक अनियमितता : पूर्वपदाधिकारीलाई रकम फिर्ता गर्न ताकेता

नेपाल अखबार, काठमाडाैं । भूकम्प प्रतिकार्य कार्यक्रम सञ्चालक समितिका नाममा दाताहरुले दिएको ठूलो आर्थिक सहायता ‘आकस्मिक लाभ’ का नाममा आफ्नो गोजीमा हाल्ने पूर्वपदाधिकारीहरुलाई नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्य समितिले रकम फिर्ता गर्न पत्रचार गरेको छ । भदौ १७ गतेको मितिमा रेडक्रस केन्द्रीय कार्य समितिले पुर्व पदाधिकारीहरु तथा ७७ वटै जिल्लाका अध्यक्षहरुलाई पत्रचार गरेको बुझिएको छ । रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष संजीव थापालाई लेखेको पत्रमा भनिएको छ, ‘..यहाँले कार्य समितिको अध्यक्ष भई भूकम्प प्रतिकार्य सञ्चालन समितिको पनि अध्यक्ष पदमा रहेर स्वयम्सेवा प्रदान गर्ने सिलसिलामा केन्द्रीय कार्य समितिको मिति २०७२।०४।१८ र १९ गतेको बैठक सङ्ख्या २५२ को निर्णय संख्या ३ बमोजिम मासिक रुपमा प्राप्त गर्नु भएको आर्थिक सुविधा (बैठक भत्ता बाहेक) २०७७।०५।२६ गतेभित्र नेपाल रेडक्रसको केन्द्रीय कार्यालयको स्ट्या...
काठमाडौं बाहिर जान सम्बन्धित गन्तव्य स्थानको सिफारिस अनिवार्य
प्रशासन, समाचार

काठमाडौं बाहिर जान सम्बन्धित गन्तव्य स्थानको सिफारिस अनिवार्य

नेपाल अखबार, काठमाडौं । बिहीबारदेखि निषेधाज्ञाका खुकुलो बनाएको जिल्ला प्रशासन कार्यालयकाठमाडौंले उपत्यका आवतजावतको प्रावधानमा भने थप कडाई गरेको छ । काठमाडौंबाट बाहिर जान सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस पत्र, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, अत्यावश्यक काम खुल्ने कागजात, तोकिएको निवेदन आवश्यक पर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ । सवारी सहजीकरण पत्र लिन सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुनुपर्नेछ । मृत्यु संस्कार, कर्मचारीको सरुवा, विदेश जाने व्यक्तिहरू लगायत अत्यावश्यकीय कामका लागि मात्रै आवतजावतमा सहजीकरण गरिने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए ।...
सुर्खेतमा दुई लेखापढी व्यवसायी पक्राउ
प्रशासन, समाचार

सुर्खेतमा दुई लेखापढी व्यवसायी पक्राउ

नेपाल अखबार , सुर्खेत । सुर्खेतको मालपोत कार्यालय परिसरमा भीड गराउने दुई लेखापढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक भीड हुने कार्यालयमा जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली लागू गरेर सेवा दिन निर्देशन दिए पनि सेवाग्राहीलाई भीड गराउने लेखापढी व्यवसायीलाई आज पक्राउ गरिएको हो । कोरोना भाइरसबाट बच्न आवश्यक स्वास्थ्य तथा सुरक्षाका मापदण्ड नअपनाएर कार्यालय परिसरमा बसेर सेवाग्राहीको भीड गरेकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । पक्राउ परेका लेखापढी व्यवसायीको नाम भने प्रहरीले खुलाएको छैन । मालपोत कार्यालय परिसरमा बसेका लेखापढी व्यवसायीहरूलाई मालपोत कार्यालयको पश्चिमतर्फको क्षेत्रमा व्यवस्थापन गरिएको थियो तर त्यहाँ बस्न अटेरी गरेर मालपोत कार्यालय परिसरमा आएर सेवाग्राहीलाई भीड गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरी उप...
आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो
प्रशासन, समाचार, समाज

आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो

नेपाल अखबार, काठमाडौँ ।  आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाइएको छ । स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरिएको हो । बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेको हो ।  निषेधाज्ञा थप खुकुलो भएपछि आज मध्यरातदेखि भदौ ३१ गते मध्यरातसम्मका लागि लागू हुने गरी विभिन्न निर्णय भएका छन् । जसअनुसार खुल्ला स्थानमा भिडभाड हुन, भेला हुन तथा जुलुस गर्न रोक लगाइएको छ भने नित्य पूजापाठबाहेक धार्मिकस्थलमा अन्य गतिविधि सञ्चालनमा रोक लगाइएको छ । यस्तै, भिडभाड हुने उद्योग कलकारखाना, व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्डविपरित हुने क्रियाकलाप गर्न पनि निषेध गरिएको छ । यसैगरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सुरक्षा मापदण्डविपरित श्रमिकको ओसारपसार गर्न, सभा, गोष्ठी, तालिम, सेमिनार...
सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ
प्रशासन, समाचार

सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ

नेपाल अखबार, काठमाडाैं। प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौँका ४४ वर्षीय रामकाजी खड्गीलाई मंलबार ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो। उक्त सहकारीको सात वर्षसम्म प्रबन्धक पदमा कार्यरत रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालनसमेतको सम्पूर्ण जिम्मा लिई हिसाब विवरण नदेखाइ पक्राउ परेका खड्गी ठगी गरेर फरार रहेका थिए। पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ।...
६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन
प्रशासन, समाचार, स्वास्थ्य

६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन

नेपाल अखबार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । कोभिड–१९ सङ्क्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो । पाँच श्ययाका दरले ती स्थानीय तहमा तीन हजार २४५ श्ययाका अस्पताल बन्नेछन् । अहिले नेपालमा ४८ हजार १३८ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यस्तै ३२ हजार ९६४ निको र ३०६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । यही भदौ १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा पाँच...