नेपालअखबार ,रौतहट । फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले एकैदिनमा १८ जना प्रतिवादी लाई पक्राउ गरेको छ। प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको प्रहरी टोलीले मंगलवार जिल्लाको छुट्टाछुट्टै स्थानबाट एकैदिनमा १८ फरार प्रतिवादी लाई पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा जालसाजी मुद्दाका शेख वहिद, नेक महमद, मिर अली हुसैन, शेख तैयब, शेख जमिर, शेख अख्तर, शेख दमी अख्तर, शेख साहिद, शेख मेराज, ईस्लाम अन्सारी, र जुमन देवान रहेका छन्।
त्यस्तै हातहतियार खरखजाना मुद्दाका नवलाकिशोर मुखिया, कुटपिट तथा गाली बेइज्जती मुद्दाका शेख जाकिर, चोरी मुद्दाका रामबालक मुखिया, कुटपिट मुद्दाका वीर बहादुर राय, बिगो मुद्दाका सिकिन्दर यादव, र किर्ते जालसाजी मुद्दामा जगरनाथ राय यादव पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन...