Wednesday, August 5

प्रशासन

स्थानीय तह उपनिर्वाचनमा २ मंसिरमा उम्मेदवारी दर्ता
प्रशासन, राजनीति, समाचार

स्थानीय तह उपनिर्वाचनमा २ मंसिरमा उम्मेदवारी दर्ता

नेपालअखबार,काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार २ मंसिरको बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ । १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।...
पूर्वसांसद ढाकाकुमार ७५ हजार धरौटीमा छुटे
प्रशासन, समाचार

पूर्वसांसद ढाकाकुमार ७५ हजार धरौटीमा छुटे

नेपालअखबार,पोखरा।  पूर्वसांसद ढाकाकुमार श्रेष्ठ ७५ हजार रुपैयाँ धरौटीमा छुटेका छन्। लागुऔषध बेचबिखन आरोपमा भदौ २७ गते पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो। उक्त आदेश दिएसँगै ७५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त शर्माले जानकारी दिए। लागुऔषध ट्याबलेटसहित पक्राउ परेका पोखरा महानगरपालिका-४ का ४२ वर्षीय प्रकाश थापाको बयानका आधारमा प्रहरीले पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरेको थियो। ९७ चक्की लागुऔषध ट्याबलेटसहित पक्राउ परेका थापासँग प्रहरीले सोधपुछ गर्दा उक्त ट्याबलेट पोखरा महानगरपालिका –९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट खरिद गरिएको बताएका थिए। लागुऔषध बेचबिखनमा पक्राउ परेका श्रेष्ठलाई यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले अनैतिक गतिविधि गरेको भन्दै सांसद र पार्टी सदस्यबाट निष्कासन गरेको थियो। आफू मन्त्र...
उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि रात्रीकालीन बस नचलाउनआग्रह
प्रशासन, समाचार

उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि रात्रीकालीन बस नचलाउनआग्रह

नेपालअखबार,काठमाडौं । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ । साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ । हेर्नुहोस् सूचना...
यातायात कार्यालयबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ
प्रशासन, समाचार

यातायात कार्यालयबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ

नेपालअखबार,विराटनगर । यातायात व्यवस्था कार्यालय इटहरीबाट प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ । बुधबार दिउँसो कार्यालय परिसरबाट बिचौलियालाई पक्राउ गरेको हो । कार्यालयहरुको स्थलगत अनुगमन गर्दा नक्कली डाक्टर (आफूलाई डाक्टर भनि चिनाउने) व्यक्तिसहित १७ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलका अनुसार पक्राउ परेकाहरुमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।...
२४ प्रहरी कर्मचारी सम्पर्कविहीन
प्रशासन, समाचार

२४ प्रहरी कर्मचारी सम्पर्कविहीन

नेपालअखबार,काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले विभिन्न क्षेत्रमा कार्यरत २४ प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको भन्दै तत्काल सम्पर्कमा आउन सूचना जारी गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालय, अन्तर्गतको कानुन शाखाले आज सूचना जारी गर्दै आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको जनाएको छ । सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन नआए कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।...
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
प्रशासन, समाचार

दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। बुधबार म्याद थपका लागि उनलाई काठमाडौं जिल्ला अदालत पेस गरिएकोमा न्यायाधीश श्यामविहारी मौर्यले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी मेलिश बास्कोटाले जानकारी दिए। आइतबार उनलाई साइबर ब्युरोले उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। आइतबार नै उनलाई अदालत पेस गरिएको थियो। त्यतिबेला उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको थियो। मंगलबार बयान लिन प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरिएको थियो। सरकारी वकिल कार्यालयमा उनीसँग दुई घण्टा बयान लिइएको थियो। उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसारको कसुर गरेको भन्दै जाहेरी परेको थियो।  उनका छोरा निराजनले सोमबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। न्या...
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा दायर रिट फिर्ता
प्रशासन, समाचार

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा दायर रिट फिर्ता

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिट निवेदकहरुले फिर्ता लिएका छन् । रिट निवेदक मध्येका एक गोविन्द पन्थीले निवेदन फिर्ता लिन भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको बुधबारको इजलासले माग बमोजिम उक्त रिट निवेदन फिर्ता गरिदिएको छ । यसअघि ६ भदौमा न्यायाधीश हरि फुयालको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सरकारले अन्तरिम आदेश खारेजीको निवेदन लिएर सर्वोच्च पुगेको थियो । सर्वोच्चका न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले १४ भदौमा फुयालको अन्तरिम आदेश खारेज गरेको थियो । त्यससँगै १६ भदौमा नेपाल प्रहरीका ९० प्रहरी अधिकारीहरु एकसाथ ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए । १६ भदौ २०५१ मा प्रहरी सहा...
नेपाल प्रहरीका ४१ एसपी र १४३ जना डिएसपीको एकैपटक सरूवा
प्रशासन, समाचार

नेपाल प्रहरीका ४१ एसपी र १४३ जना डिएसपीको एकैपटक सरूवा

नेपालअखबार, काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) र १४३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ। प्रहरी महानिरीक्षक बसन्त पन्तको सोमबारको निर्णयानुसार एसपी र डिएसपीहरूको  सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरूवा भएकाहरूलाई असोजदेखिको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। को कहाँ पुगे?  ...
अन्नपूर्ण क्षेत्र सरसफाइ  अभियान : सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध
पर्यटन, प्रशासन, समाचार

अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान : सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध

नेपालअखबार, गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा  अभियान प्रारम्भ भएको हो । अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको छ । “मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र उत्पादित फोहर आफैँले लिएर आउन पर्यटकलाई आग्रह गरेका छौँ”, आयोजना प्रमुख डा रवीन कडरियाले भने, “पदमार्ग र बस्ती क्षेत्रमा भएको फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गरिएको छ ।” स्थानीय होटल व्यवस्थापन समिति, आमा समूहलगायत क्लब परिचालन गरेर फोहर व्यवस्थापन गरिएको हो । सङ्कलन भएको फोहरलाई पोखरामा ल्याई प्रशोधन गर्ने ‘एक्याप’को योजना छ । अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा ब...
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने
प्रशासन, समाचार

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने

नेपालअखबार,काठमाडौं । घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ । बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले १२ असोजदेखि अग्रिम बुकिङ खुलाउने निर्णय गर्दै घटस्थापनादेखि रुट परमिट खुला गर्ने निर्णय गरेको हो । विभागका अनुसार यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिने छ । तर, कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने भएको छ ।...