प्रहरीका २६३ जना सहायक हवल्दारलाई हवल्दारमा बढुवा र पदस्थापन गर्ने निर्णय
नेपालअखबार ,काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूह तर्फ २६३ जना सहायक हवल्दारहरुलाई हवल्दार पदमा बढुवा गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागको निर्णय अनुसार उनीहरू हवल्दार पदमा बढुवा भएका हुन् ।
बढुवा हुनेहरूलाई पदस्थापन पनि गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्न मातहतका कार्यालयहरूलाई पत्राचार गरेको छ ।...








