Saturday, October 10

प्रशासन

बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो
प्रशासन, समाचार

बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो

नेपालअखबार, काठमाडौँ । समयमा रकम उपलब्ध हुन नसक्दा नेपाल विद्याभूषण पदक यस पटकको राष्ट्रिय शिक्षा दिवसमा वितरण नहुने भएको छ। शिक्षा दिवसको नयाँ मिति छनोट गरेपछि मात्र विद्याभूषण वितरण गर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालबाट विद्याभूषण वितरण कार्य रोकेको थियो। समयमा र पर्याप्त बजेट उपलब्ध हुन नसक्दा वितरण सम्भव नभएको मन्त्रालयको भनाइ छ। शिक्षा सचिव सुरेश अधिकारीले बजेट घोषणा गत साउनमा भएको र बजेट उपलब्ध भदौमा भएको भन्दै थपे, “भर्खरै बजेट उपलब्ध भएको छ। तयार गर्ने संस्थासँग सम्पर्क गर्दा कम्तीमा तीन महिनामा विद्याभूषणका पदक तयार गर्न सकिने जानकारी दिए। विद्याभूषण तयार हुन नसक्दा वितरण सम्भव नभएको हो।” विगतदेखि नै ललितपुरको घरेलु तथा साना उद्योग कार्यालयले विद्याभूषण पदक तयार गर्ने गरेको थियो। यस पटक पदक वितरण गर्न आवेदन आह्वान गरिएको थियो। जम्मा एक हजा...
नेपाल विद्युत प्राधिकरणका १०४ कर्मचारीको सरुवा
प्रशासन, समाचार

नेपाल विद्युत प्राधिकरणका १०४ कर्मचारीको सरुवा

नेपालअखबार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०४ जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । प्राधिकरणले भदौ ३१ गतेको निर्णयबाट निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरुको सरुवा गरेको हो । सरुवा हुनेहरु अधिकांश कार्यालय प्रमुखहरु छन् । निर्देशक कमल आचार्यलाई कार्यकारी निर्देशकको सचिवालयबाट गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराको प्रमुखको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसैगरी प्रबन्धक दिपेन्द्रराज द्विवेदीलाई बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाबाट संस्थागत योजना तथा अनुगमन विभागमा सरुवा गरिएको छ । रत्नपार्क, कुलेश्वर, महाराजगञ्ज, जोरपाटी, बानेश्वर, लगनखेल, भक्तपुर, पुल्चोक वितरण केन्द्र प्रमुखहरु सरुवा भएका छन् । यसैगरी परासी, हेटौंडा, धनगढी, अत्तरिया, नेपालगञ्ज, कोहलपुर, घोराही, लमही, गौर, सिरहा, लालबन्दी, अनारमनी, धुलाबारी, उर्लाबारी, सिन्धुपाल्चोक, ...
पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध
प्रशासन, समाचार, समाज

पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध

नेपालअखबार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । असोज १ गते तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ । यो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न भदौ ३१ गतेदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।...
भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीबाट राष्ट्रिय भूमि आयोगले माग्यो आवेदन
प्रशासन, समाचार

भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीबाट राष्ट्रिय भूमि आयोगले माग्यो आवेदन

नेपालअखबार, काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तयारी गरेको छ । त्यसका लागि स्थानीय तहबाट वडाका तोकिएका स्थानहरुमा खटिएका लगत संकलकमार्फत् ३५ दिनभित्र निवेदन दिन आयोगले भनेको छ । आयोगले आज सूचना जारी गरी कोशी प्रदेशका इलाम, सुनसरी, सोलुखुम्बु, मोरङ, झापा, संखुवासभा र उदयपुरमा निवेदन माग गरिएको छ । यसैगरी मधेश प्रदेशका सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, रौतहट, पर्सा र बारामा, बागमती प्रदेशका दोलखा, नुवाकोट, रामेछाप, धादिङ, सिन्धुली, रसुवा, काभ्रे, काठमाडौं र भक्तपुरबाट आवेदन माग गरिएको छ । गण्डकी प्रदेशका बागलुङ, तनहुँ र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशका रुपन्देही, बाँके र बर्दिया, कर्णाली प्रदेशका दैलेख र डोल्पा तथा सुदूरपश्चिम प्रदेशका बझाङ, डोटी, कैलाली, अछाम, दार्चुला, डडेलधुरा र बैतडीमा पनि आवेदन संकलन हुने छ...
चितवन निकुञ्जमा बाघ राख्न ठाउँ अभाव, बर्दिया पठाइयो
प्रशासन, समाचार

चितवन निकुञ्जमा बाघ राख्न ठाउँ अभाव, बर्दिया पठाइयो

नेपालअखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ नभएपछि बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई वटा बाघमध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासीको अमलटारी क्षेत्रमा बस्तीमा बाघ आउन थालेपछि नियन्त्रणमा लिइएको हो । एउटा बच्चा बस्तीमा आएर बस्न थालेको थियो भने अर्को बाघले गाईभैँसी खान थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणमा लिइएको हो । मङ्गलबार नियन्त्रणमा लिएर कसरा ल्याइएको थियो । अन्दाजी १० वर्षको भाले बाघलाई बुधबार साँझ बर्दिया पठाइएको उनले जानकारी दिए । यो बाघ केही समय यता बस्ती छिरेर घरपालुवा जनावर खाँदै आएको थियो । राख्ने ठाउँ नभएकै कारण बर्दिया पठाइएको हो । अर्को अन्दाजी सात महिनाको पोथी बाघलाई कसरामा रहेको काठको खोरमा राखिएको छ । कच्ची खोर भएका...
काठमाडौं र ललितपुरका यी क्षेत्रमा भोलिदेखि तीन दिन विद्युत् अवरूद्ध हुने
प्रविधि, प्रशासन, समाचार

काठमाडौं र ललितपुरका यी क्षेत्रमा भोलिदेखि तीन दिन विद्युत् अवरूद्ध हुने

नेपालअखबार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन  तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म  सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ। त्यस्तै ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ। तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ। ६६ केभी  स्युचाटार-टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने भएको छ।...
भौतिक पूर्वाधारका ९ सहसचिवको सरुवा
प्रशासन, समाचार

भौतिक पूर्वाधारका ९ सहसचिवको सरुवा

नेपालअखबार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक सिभिल समूह र हाइ-वे उपसमूहका ९ जना सहसचिव (उपमहानिर्देशक–सुई)हरुको सरुवा गरेको छ । एक जनाको काज फिर्ता भएको हो भने ८ जनाको सरूवा भएको हो । यसैगरी मन्त्रालयले सडक विभागको पुल महाशखामा कार्यरत उपमहानिर्देशक नरेशमान शाक्यलाई सडक विभाग अन्तरगतकै गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा गरेको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक अजयकुमार मुललाई हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा पठाइएको छ । त्यसैगरी संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरीका प्रमुख प्रेमप्रकाश खत्रीलाई सडक विभाग अन्तरगतको उत्तर-दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको प्रमुख बनाएर पठाइएको छ । यस्तै संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराका प्रमुख ललिजन खनाललाई सडक विभागको पुल महाशाखामा उपमहानिर्देशकमा सरुवा गरिएको...
सरकारको प्राथमिकतामा ‘टोखा- छहरे सुरुङमार्ग’
प्रशासन, समाचार

सरकारको प्राथमिकतामा ‘टोखा- छहरे सुरुङमार्ग’

नेपालअखबार, काठमाडौं  । काठमाडौँको टोखाबाट नुवाकोटको शिवपुरी आवतजावत लागि निर्माण गर्न लागिएको ‘टोखा छहरे सुरुङ मार्ग’सरकारको राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनाका रूपमा अगाडि बढाइने भएको छ । उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सुरु गर्न सोमबार  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोलगायतले स्थलगत अवलोकन एवं निरीक्षण गर्नुभएको थियो । सुरुङमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा एक अर्ब २५ करोड विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक अध्ययन पूरा भइसकेकाले सम्भावित स्थानलाई केन्द्रित गरेर आयोजना निर्माणबाट लिनसक्ने लाभ र पुग्नसक्ने प्रभावको सम्बन्धमा इआइए गर्न लागिएको बताईएको छ  । चीन सरकारको सहयोगमा यसअघि गरिएको सुरुङमार्गको प्रारम्भि...
संविधान दिवसबाट सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालन हुने
प्रशासन, समाचार

संविधान दिवसबाट सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालन हुने

नेपालअखबार, काठमाडौं । सूर्यविनायक- रत्नपार्क ‘द्रुत बस सेवा’ ३ असोजदेखि सञ्चालन हुने भएको छ । संविधान दिवसका दिनदेखि ‘द्रुत बस सेवा’ सञ्चालन हुने भएको हो । सोमवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशक सहितको टोलीसँग ‘द्रुत बस सेवा’ का विषयमा छलफल गर्नुभएको थियो  ।  ‘छलफलपछि ३ असोजमा ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने निर्णय गरियो’ मन्त्री ज्वालाले बताउनु भयो  । ‘द्रुत बस सेवा’ १ असोजदेखि सञ्चालन गर्ने यसअघि निर्णय भएको थियो । तर संविधान दिवसका दिनदेखि शुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिनुभयो । ‘द्रुत बस सेवा’ सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक सुशीलबाबु ढकालले मन्त्री ज्वालालाई जानकारी दिनुभयो  । ‘अन्य काम सवै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकी छ, त्यो  २६ भ...
विद्यालय शिक्षा विधेयक संसद्‍मा दर्ता
प्रशासन, शिक्षा, समाचार

विद्यालय शिक्षा विधेयक संसद्‍मा दर्ता

नेपालअखबार,  काठमाडौँ । विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा दर्ता भएको छ। मन्त्रिपरिषदबाट पारित भएसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो। मन्त्रालयका प्रवक्ता दीपक शर्माले विधेयक संसद्मा दर्ता भएको बताए ।  संसद्मा दर्ता भएसँगै सांसद्हरूले विधेयकमाथि छलफल गरेर अगाडि बढ्नेछन्। दर्ता भएको विधेयक अब बस्ने संसद् बैठकमा छलफलका लागि पेश गरिनेछ। ससंद्ले सिधै पास गरेर अघि बढ्ने वा संसदीय समितिमा पठाउने भन्ने विषयमा निर्णय गर्नेछ। प्रवक्ता शर्माले सिमितमा पठाएर छलफलमार्फत निर्णय हुन सक्ने बताए ।...