Friday, August 7

प्रशासन

भौतिक र भावनात्मक रूपमा सम्पर्क नभए बुवा स्वीकार्न बाध्य हुन्न : सर्वोच्च अदालत
पत्रपत्रिका, प्रशासन, समाचार

भौतिक र भावनात्मक रूपमा सम्पर्क नभए बुवा स्वीकार्न बाध्य हुन्न : सर्वोच्च अदालत

नेपालअखबार, काठमाडौँ । सर्वोच्च अदालतले भौतिक र भावनात्मक रूपमा सम्पर्क तथा सम्बन्ध नभएका व्यक्तिलाई बुवाको परिचय दिलाई स्वीकार गर्न कसैलाई पनि बाध्य पार्न नमिल्ने व्याख्या गरेको छ । नेपालको संविधानमा उल्लेखित नागरिकता प्राप्तिको सवालमा बुवा पहिचान नभएको सन्दर्भमा व्याख्या गर्दै सर्वोच्चले पहिचानलाई भौतिक उपस्थिति, वात्सल्य प्रेम र हेरविचार तथा जिम्मेवारीसँग जोडेको छ । कुमारी आमाबाट जन्मिएकी कृष्टिना महर्जनलाई बुवाको ठेगानामा गएर जन्मदर्ता र नागरिकताको प्रक्रिया सुरु गर्न ललितपुरको महालक्ष्मी नगरपालिका–६ ले गरेको दरपिठविरुद्धको रिटमा सर्वोच्चले यस्तो व्याख्या गरेको हो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले कसैले परिचय दिएकै आधारमा भौतिक र भावनात्मक सम्बन्ध नभएका व्यक्तिलाई बुवा स्वीकार गर्न लगाउनु न्यायसङ्गत नहुने व्याख्या गरेको हो । साउन २३ गते भ...
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति (पूर्णपाठ)
प्रशासन, शिक्षा, समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति (पूर्णपाठ)

लेखनाथ सिकारू, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच विभिन्न ७ बुँदे सहमति भएको छ। शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ । आज शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरको टोलीले वार्ता गरेको थियो । उक्त वार्तामा सात बुँदे सहमतिपत्र तयार गरिएको छ । यस्तो छ शिक्षकहरुसँग सरकराले राखेको प्रस्तावको मस्यौदाको पूर्णपाठ १. नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने । २. “विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मा भएका देहायका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडी बढाउन सहजीकरण गर्ने (क) शिक्षकको समायोजन, तहगत प्रणाली ...
वैदेशिक रोजगार ठगीमा म्यानपावर कम्पनी र व्यवसायीविरुद्ध मुद्दा
प्रशासन, समाचार

वैदेशिक रोजगार ठगीमा म्यानपावर कम्पनी र व्यवसायीविरुद्ध मुद्दा

नेपालअखबार, काठमाडौं । विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले विस एचआर सलुसन नामको म्यानपावर कम्पनीका सञ्चालकसहित पाँच जनाविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । विदेश पठाइदिन्छु भनी रकम लिएका ४३ जनालाई विदेश नपठाइ ठगी गरेको आरोपमा विभागले विस एचआर सलुसन, यसका सञ्चालक तुलसी प्रसाद श्रेष्ठ, अमृत श्रेष्ठ, लालबहादुर श्रेष्ठ र कर्मचारी फणिन्द्र कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुसँग पीडितले तिरेको रकम र हर्जना रकमसमेत गरी ३ करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ बिगो माग गरिएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए । म्यानपावर सञ्चालक र कर्मचारीले विदेश पठाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग १ लाखदेखि ४० लाख रुपैयाँसम्म ठगी गरेको विभागले जनाएको छ । विभागले म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गर्न र पीडितबाट लिएको रकम र उक्त रकमको ५० प्रति...
नेपालले गर्‍यो विविएनजे सम्झौतामा हस्ताक्षर
प्रशासन, विश्व, समाचार

नेपालले गर्‍यो विविएनजे सम्झौतामा हस्ताक्षर

नेपालअखबार, काठमाडाैं। नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसंघले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित  समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरेका हुन्। अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ।अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ। खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०/३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नेछ। सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्रसंघले जनाएको छ। सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्रसंघले जनाए...
ई–७ भिसामा दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति पठाउने तयारी
प्रशासन, समाचार

ई–७ भिसामा दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति पठाउने तयारी

नेपालअखबार, काठमाडौं । सरकारले  ई–७  भिसा  (उच्च  सिपयुक्त  जनशक्ति)मा  नेपाली  श्रमिक  दक्षिण  कोरिया  पठाउन सकिने बताएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको आह्वानमा गत साता काठमाडौँमा सम्पन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, श्रम सचिव, परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र दक्षिण कोरियाका लागि  नेपाली  राजदूतसँग  भएको  छलफलका  व्रmममा सो सम्भावनाबारे बताइएको हो । श्रम, रोजगार    तथा    सामाजिक    सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले नेपालबाट  दक्षिण  कोरियामा  उच्च  सिपयुक्त  जनशक्तिको माग भएकाले पठाउन सकिने वा नसकिने  भन्ने  विषयमा  अवधारणापत्र  प्रस्तुुत  गरेका थिए ।  दक्षिण कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलले दक्षिण कोरियामा नेपालबाट उच्च सिपयुक्त जनशक्ति पठाउन सकिने र यसका लागि त्यहाँको मानव संसाधन मन्त्रालयसँग यस विषयमा कुरा गर्ने जानकारी दिए ।...
९६२ जनालाई विद्या भूषणबाट विभूषित गरिने (सूचीसहित)
प्रशासन, शिक्षा, समाचार

९६२ जनालाई विद्या भूषणबाट विभूषित गरिने (सूचीसहित)

नेपालअखबार, काठमाडौँ। सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा ९६२ जनालाई विभिन्न विभूषण प्रदान गरिने भएको छ। आज राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषण पाउनेहरूको नामावली सार्वजनिक गरेको हो। त्यसरी पाउनेमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरू रहेका छन्। आजको कार्यक्रममा उनीहरूको नाम मात्र घोषणा गरिनेछ। पछि उपयुक्त समयमा प्रदान गरिने मन्त्रालयले जनाएको छ। बजेट अभावका कारण मन्त्रालयले विभूषण घोषणाकै बेला प्रदान गर्न नसकिने जनाएको हो।...
बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो
प्रशासन, समाचार

बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो

नेपालअखबार, काठमाडौँ । समयमा रकम उपलब्ध हुन नसक्दा नेपाल विद्याभूषण पदक यस पटकको राष्ट्रिय शिक्षा दिवसमा वितरण नहुने भएको छ। शिक्षा दिवसको नयाँ मिति छनोट गरेपछि मात्र विद्याभूषण वितरण गर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालबाट विद्याभूषण वितरण कार्य रोकेको थियो। समयमा र पर्याप्त बजेट उपलब्ध हुन नसक्दा वितरण सम्भव नभएको मन्त्रालयको भनाइ छ। शिक्षा सचिव सुरेश अधिकारीले बजेट घोषणा गत साउनमा भएको र बजेट उपलब्ध भदौमा भएको भन्दै थपे, “भर्खरै बजेट उपलब्ध भएको छ। तयार गर्ने संस्थासँग सम्पर्क गर्दा कम्तीमा तीन महिनामा विद्याभूषणका पदक तयार गर्न सकिने जानकारी दिए। विद्याभूषण तयार हुन नसक्दा वितरण सम्भव नभएको हो।” विगतदेखि नै ललितपुरको घरेलु तथा साना उद्योग कार्यालयले विद्याभूषण पदक तयार गर्ने गरेको थियो। यस पटक पदक वितरण गर्न आवेदन आह्वान गरिएको थियो। जम्मा एक हजा...
नेपाल विद्युत प्राधिकरणका १०४ कर्मचारीको सरुवा
प्रशासन, समाचार

नेपाल विद्युत प्राधिकरणका १०४ कर्मचारीको सरुवा

नेपालअखबार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०४ जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । प्राधिकरणले भदौ ३१ गतेको निर्णयबाट निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरुको सरुवा गरेको हो । सरुवा हुनेहरु अधिकांश कार्यालय प्रमुखहरु छन् । निर्देशक कमल आचार्यलाई कार्यकारी निर्देशकको सचिवालयबाट गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराको प्रमुखको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसैगरी प्रबन्धक दिपेन्द्रराज द्विवेदीलाई बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाबाट संस्थागत योजना तथा अनुगमन विभागमा सरुवा गरिएको छ । रत्नपार्क, कुलेश्वर, महाराजगञ्ज, जोरपाटी, बानेश्वर, लगनखेल, भक्तपुर, पुल्चोक वितरण केन्द्र प्रमुखहरु सरुवा भएका छन् । यसैगरी परासी, हेटौंडा, धनगढी, अत्तरिया, नेपालगञ्ज, कोहलपुर, घोराही, लमही, गौर, सिरहा, लालबन्दी, अनारमनी, धुलाबारी, उर्लाबारी, सिन्धुपाल्चोक, ...
पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध
प्रशासन, समाचार, समाज

पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध

नेपालअखबार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । असोज १ गते तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ । यो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न भदौ ३१ गतेदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।...
भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीबाट राष्ट्रिय भूमि आयोगले माग्यो आवेदन
प्रशासन, समाचार

भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीबाट राष्ट्रिय भूमि आयोगले माग्यो आवेदन

नेपालअखबार, काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तयारी गरेको छ । त्यसका लागि स्थानीय तहबाट वडाका तोकिएका स्थानहरुमा खटिएका लगत संकलकमार्फत् ३५ दिनभित्र निवेदन दिन आयोगले भनेको छ । आयोगले आज सूचना जारी गरी कोशी प्रदेशका इलाम, सुनसरी, सोलुखुम्बु, मोरङ, झापा, संखुवासभा र उदयपुरमा निवेदन माग गरिएको छ । यसैगरी मधेश प्रदेशका सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, रौतहट, पर्सा र बारामा, बागमती प्रदेशका दोलखा, नुवाकोट, रामेछाप, धादिङ, सिन्धुली, रसुवा, काभ्रे, काठमाडौं र भक्तपुरबाट आवेदन माग गरिएको छ । गण्डकी प्रदेशका बागलुङ, तनहुँ र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशका रुपन्देही, बाँके र बर्दिया, कर्णाली प्रदेशका दैलेख र डोल्पा तथा सुदूरपश्चिम प्रदेशका बझाङ, डोटी, कैलाली, अछाम, दार्चुला, डडेलधुरा र बैतडीमा पनि आवेदन संकलन हुने छ...