एनआरएनले नेपाली नागरिकता पाउने बाटो खुल्यो, कसरी पाइन्छ नागरिकता ?
नेपालअखबार,, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित गरेकाले एनआरएनले पनि नागरिकता पाउने बाटो खुलेको हो ।
नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली बनेको थिएन । तर १२ भदौमै बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेको स्रोतले जनायो । यद्यपि यसको औपचारिक जानकारी सरकारले सार्वजनिक गरेको छैन । त्यसैले यसका व्यवस्थाबारे विस्तृतमा जानकारी हुन सकेको छैन ।
नियमावली पास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सक्रियता र जोडबल रहेको उनी निकट स्रोतले बतायो । स्रोतले भन्यो, ‘संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क भ्रमणमा गएको बेला त्यहाँ रहेका एनआरएनहरुलाई नयाँ सन्देश दिने चाहना थियो, त्यसैले नागरिकता ...










