Monday, July 27

प्रशासन

यौन दुव्र्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ
प्रशासन, समाचार

यौन दुव्र्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ

नेपाल अखबार, ओखलढुङ्गा । यौन दुव्र्यवहारको आरोपमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका छन् । स्थानीय एक महिलालाई यौन दुव्र्यवहार गरेको उजूरीका आधारमा उहाँलाई प्रहरीले पक्राउ गरेको हो । मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौन दुव्र्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजूरीका आधारमा वडाध्यक्ष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रुपेश खड्काले बताउनुभयो । “करणीको जाहेरी आएपछि हामीले वडाध्यक्ष राईलाई नियन्त्रणमा लिएका छौँ”, उहाँले भन्नुभयो, “अदालतमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।” घटना अनुसन्धानमै रहेकाले थप बताउन नमिल्ने प्रहरीको भनाइ छ । अध्यक्ष राईले चार दिन अघि मादक पदार्थ सेवन गरेर महिलाकै घरैमा गई यौन दुव्र्यवहार गरेको पीडित महिलाको आरोप छ । घटना स्थानीयस्तरमा मिलाउने प्रयास गरिए पनि पीडित महिला प्रहरीमा पुगेपछि वडा...
पोखरामा लागूऔषध सहित ५ जना पक्राउ
प्रशासन, समाचार

पोखरामा लागूऔषध सहित ५ जना पक्राउ

नेपाल अखबार, पोखरा । प्रहरीले लागूऔषध सहित पोखरा–१६ को जोगमणीबाट ५ जनालाई पक्राउ गरेको छ । लागूऔषध बिक्री बितरण गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले सडकमा हिडिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा–१६ निवासीहरु २१ वर्षीय समिर गुरुङ, २१ वर्षीय अथित गुरुङ, २४ वर्षीय मोहित खवास, १८ वर्षीय मनोज विक, ३० वर्षीय कुमार ठकुरी रहेका छन् । उनीहरुको साथबाट डाइजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल, बुर्फिनफ्रिन ७ एम्पुल र गाँजा १ केजी २२३ ग्राम बरामद गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सुवास हमालले बताए ।...
पोखरामा लागूऔषध सहित ५ जना पक्राउ
प्रशासन, समाचार

पोखरामा लागूऔषध सहित ५ जना पक्राउ

नेपाल अखबार, पोखरा । प्रहरीले लागूऔषध सहित पोखरा–१६ को जोगमणीबाट ५ जनालाई पक्राउ गरेको छ । लागूऔषध बिक्री बितरण गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले सडकमा हिडिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा–१६ निवासीहरु २१ वर्षीय समिर गुरुङ, २१ वर्षीय अथित गुरुङ, २४ वर्षीय मोहित खवास, १८ वर्षीय मनोज विक, ३० वर्षीय कुमार ठकुरी रहेका छन् । उनीहरुको साथबाट डाइजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल, बुर्फिनफ्रिन ७ एम्पुल र गाँजा १ केजी २२३ ग्राम बरामद गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सुवास हमालले बताए ।...
मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारवाही
प्रशासन, समाचार

मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारवाही

नेपाल अखबार, काभ्रे । चौँरी देउराली गाउँपालिकाका जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कारवाही गरिने भएको छ । दुई दिनअघि कार्यान्वयमा ल्याइएको ‘मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि–२०७७’ प्रचारप्रसारमा जुटेको गाउँपालिकाले हरेक कार्यक्रममा ‘मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारवाही’ को सन्देशसमेत दिइरहेको छ । कार्यविधिमा गाउँपालिकाभित्र व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने जनाइएको हो । कार्यविधिको गाउँपालिकाका विभिन्न स्थानमा लगातार एक हप्ता चेतनामूलक कार्यक्रम गरिने अध्यक्ष दिननाथ गौतमले बताए । “कार्यविधिको प्रचारप्रसारसँगै जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कारवाही हुने सन्देश दिइरहेका छौँ”, उनले भने । उनका अनुसार कार्यविधिमा जनप्रतिनिधिलाई दोब्बर कारवाहीबारे उल्लेख नगरे पनि सेवन गरेको भेटिए कार्यविधिमा तोकिएको जरिवाना÷सजाय दोब्बर गरिनेछ । गाउँपालिकाले कार्यविधि प्रचारप्रस...
काठमाडौंबाट बाघको छालासहित ४ जना पक्राउ
प्रशासन, समाचार

काठमाडौंबाट बाघको छालासहित ४ जना पक्राउ

नेपाल अखबार, काठमाडौं । प्रहरीले बाघको छालासहित काठमाडौँको स्वयम्भूबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भूस्थित होटल प्लाजामा ६० लाखमा बेच्नेगरी ल्याएर राखिएको पाटे बाघको छालासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिको गल्छी गाउँपालिकाका टेकबहादुर तामाङ, सुजन थिङ, आशिष तामाङ र मकवानपुरको थाहा नगरपालिकाका सानुकान्छा थिङ रहेका छन् । धादिङको स्थानीय व्यक्तिबाट टेकबहादुर तामाङले नगद ३५ लाख रुपैयाँमा छाला खरिद गरी ल्याएको र उक्त पैसा स्थानीय अर्को व्यक्तिले लगानी गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । सो छाला उनीहरुले ६० लाखमा बेच्न खोजेको र सो पैसाले दशैं मनाउने मनशायले प्रलोभनमा परेको खुलेको कार्कीले बताए । प्रहरीले बाघ छालाको कारोबारमा अन्य व्यक्तिहरुको संलग्नताबारे अनुसन्धान भइरहेको जनाएक...
पर्वतमा दुई सातामै १८ फरार प्रतिवादी पक्राउ
प्रशासन, समाचार

पर्वतमा दुई सातामै १८ फरार प्रतिवादी पक्राउ

नेपाल अखबार, पर्वत । पछिल्लो दुई सातायता पर्वत प्रहरीले फरार प्रतिवादी पक्राउमा सक्रियता बढाएको छ । अदालतबाट दोषी ठहर भएर लामो समयदेखि फरार रहेका प्रतिवादी धमाधम पक्राउ गर्न थालिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुई सातामा १८ फरार प्रतिवादी पक्राउ परेका हुन् । प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि १७ वर्षदेखि फरार सूचीमा रहेकी श्यामला क्षेत्रीलाई पर्वत प्रहरीले असोज १४ गते कुश्माबाट पक्राउ ग¥यो । पर्वत जिल्लाको फलेवास नगरपालिकाकी ५० वर्षीया क्षेत्रीलाई कुश्माबजारमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । यस्तै सर्वोच्च अदालतले विसं २०६० मै दोषी ठहर गरे पनि पक्राउ पर्न नसकेकी क्षेत्रीले दुई वर्ष पाँच महिना पाँच दिन सजाय भुक्तान गर्न बाँकी भए पनि पक्राउ परेकी थिइनन् । सवारी ज्यान मुद्दामा अदालतबाट विसं २०६७ मा दोषी ठहर भएका मोदी गाउँपालिका–६ ...
प्रहरी व्यवसायीकता झल्किने गरी सेवा प्रवाह गर्न गराउन मातहतका प्रहरी कर्यालयका प्रमुखहरुलाई निर्देशन
प्रदेश ४, प्रशासन, समाचार

प्रहरी व्यवसायीकता झल्किने गरी सेवा प्रवाह गर्न गराउन मातहतका प्रहरी कर्यालयका प्रमुखहरुलाई निर्देशन

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षकघनश्याम अर्यालले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताक हितलाई मध्येनजर गर्दै तत्कालै जनताले अनुभुती गर्ने गरी उच्च आचरणयुक्त र प्रहरी व्यवसायीकता झल्किने गरी सेवा प्रवाह गर्न गराउन मातहतका प्रहरी कर्यालयका प्रमुखहरुलाई निर्देशन दिएकाछन् । आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले मातहतका प्रदेश ट्राफिक प्रहरी कार्यालय, गण्डकी प्रदेश सशस्त्र प्रहरी गण, दंगा नियन्त्रण प्रहरी गण साथै ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसंग आयोजित भिडियो कन्फरेन्स कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । तालुक गृह-मन्त्रालयका सचिवज्यू साथै संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यूबाट भएका निर्देशन सम्बोधनहरुलाई मातहतका प्रहरी कर्मचारीहरु समक्ष पुर्‍याई प्रभावकारी कार्यान्वयन गर्ने साथै प्र...
लोकसेवा परीक्षा तालिका सार्वजनिक
प्रशासन, समाचार

लोकसेवा परीक्षा तालिका सार्वजनिक

नेपाल अखबार, काठमाडाैं। कोरोना महामारीका कारण रोकिएका शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षा लोकसेवा आयोगले क्रमशः कात्तिक र मंसिरमा सञ्चालन गर्ने भएको छ। त्यसका लागि आयोगले परीक्षा तालिका सार्वजनिक गरेको छ। प्रकाशित सूचनाअनुसार शाखा अधिकृतको परीक्षा कात्तिक १८ गते र नायब सुब्बाको परीक्षा मंसिर ८ गते सुरु हुनेछन्। शाखा अधिकृत वा सो सरह पद तथा नायब सुब्बा वा सो सरह पदका लागि आर्थिक वर्ष ०७६/७७ मा सञ्चालित प्रथम चरणको लिखित परीक्षाबाट छनोट भएका उम्मेदवारको दोस्रो चरण र न्याय सेवातर्फका उम्मेदवारको परीक्षा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय गरिएको लोकसेवाले जनाएको छ।...
नगरपालिका सिल, सञ्चालनमा रहेका विद्यालय पुनः बन्द
प्रशासन, समाचार, स्वास्थ्य

नगरपालिका सिल, सञ्चालनमा रहेका विद्यालय पुनः बन्द

नेपाल अखबार, बैतडी । कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो । बैठकले सोही दिनदेखि स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने निर्णय गरेको छ । नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय गरिएको छ, आवतजावतमा पनि पूर्णरूपमा बन्द गरिएकाले एक वडाबाट अर्को वडामा पनि आउन जान पनि रोक लगाएका छौँ ।” भारतको बैङ्लोरबाट फर्किएका पुर्चौडी–३ का २९ वर्षीय पुरुष घर ...
३४ वर्षअघि हत्या गरेर फरार भएका आराेपी पक्राउ
प्रशासन, समाचार

३४ वर्षअघि हत्या गरेर फरार भएका आराेपी पक्राउ

नेपालहअखबार, सिन्धुपालचोक। ३४ वर्षअघि हत्या गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले लिशंखुपाखर गाउँपालिका-७ बस्ने ५७ वर्षीय फुर्पा तामाङलाई आइतबार सवा २ बजे पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपालचोक र प्रहरी चौकी लामो साँघुबाट खटिएको टोलीले पक्राउ गरेको हो। तामाङ र उनका दाइले २०४३ साल असोज २० गते सोही ठाउँ बस्ने २४ वर्षीय जोगलाल तामाङको हत्या गरेकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार घरबाट दशैंका लागि सामान किन्न डाँडापाखर बजार गएका जोगलाललाई उनीहरूले बाटो ढुकेर लाठी तथा खुकुरी प्रहार गरेका थिए। सिन्धुपालचोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार उनका दाइ पक्राउ परिसकेका थिए।...