छोरी जन्मिए १० हजार उपहार
नेपाल अखबार, जाजरकोट । जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उनको घर दैलोमा पुगे । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवाहक अध्यक्ष आचार्य घरमै पुगेर सञ्चो, बिसञ्चो सोध्दै परिवारका सबैलाई सँगै राखेर सुरक्षित सुत्केरी तथा नियमित गर्भजाँचका विषयमा चासो, चिन्ता लिँदा दङ्ग भएको शाहीले बताए ।
यसपाला गाउँपालिकाका कार्यवाहक अध्यक्ष आएर सबै परिवारलाई सँगै राखेर नियमित अस्पताल जाने, बच्चाको स्याहारसुसारका विषयमा कुरा गरेको उनले बताइन् । सुत्केरी भएको समयमा पर्ने समस्याका बारेमा श्रीमान् तथा अन्य घर परिवारका सदस्यलाई जानकारी दिएको समेत शाहीले बताइन् ।
“सबैलाई सम्झाइबुझाइ गरेर कुखुरा किनेर खानु भनी रु एक हजार ५००, स्थानीय तोरीको तेलका लागि रु ५०० र बच्चाको कपडा किन्नका लागि रु ५०० दिनुभयो”, श...
