तीन वटै सुरक्षा निकायको एकै स्वर- भयरहित चुनाव गराउन तयार छौं
नेपालअखबार,काठमाडौं । तीन वटै सुरक्षा निकायका अधिकारीहरूले भयरहित र सुरक्षित रूपमा निर्वाचन गराउन पूर्णरूपमा तयार रहेको बताएका छन् । यसका लागि आवश्यक काम भइरहेको उनीहरूको ब्रिफिङ छ ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शुक्रबार निर्वाचन तयारीबारे सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेको थियो । सिंहलरबारस्थित समितिको सभाकक्षमा भएको छलफलमा सहभागी सुरक्षा निकायका प्रतिनिधिहरूले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउन पूर्णरूपमा तयार रहेको बताएका हुन् ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना पारित भइसकेको छ । सोही योजनाअनुसार आपसि समन्वय र सहकार्यमार्फत अघि बढिरहेको उनीहरूको भनाइ रहेको छ ।
बैठकमा बोल्दौ नेपाली सेनाका सहायक रथी मनोज थापाले तोकिएको मितिमा निर्वाचन गर्नु मुलु...










