Saturday, August 1

प्रशासन

अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीले गर्‍यो अनुरोध
प्रशासन, समाचार

अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीले गर्‍यो अनुरोध

नेपालअखबार,काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार काठमाडौं उपत्यकामा भएको प्रदर्शनका क्रममा विभिन्न प्रहरी इकाईमा आगजनी, तोडफोड हुँदा अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजात जलेर नष्ट भएकाले निवेदक तथा पीडितसँग भएका कागजात एवं विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ। ती कागजात उपलब्ध भए अनुसन्धान प्रक्रियालाई सहज रूपमा अगाडि बढाउन सहज हुने प्रहरीको भनाइ छ। प्रहरीले नजिकको सम्बन्धित वृत्त तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा ती कागजात उपलबध गराइदिन अ...
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान
प्रशासन, समाचार

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान

नेपालअखबार,काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ । आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण,दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ । फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।...
अब साँघुरो जग्गाको पनि कित्ताकाट गर्न पाइने
प्रशासन, समाचार

अब साँघुरो जग्गाको पनि कित्ताकाट गर्न पाइने

नेपालअखबार,काठमाडौं । अब साँघुरो जग्गाको पनि कित्ताकाट गर्न पाइने भएको छ । सरकारले भूउपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै कित्ताकाट खुला गरेको हो । यसअघि नियमावलीको नियम १२ को  उपनियम २ मा ५०० वर्गमिटर भन्दा कम क्षेत्रफल भएको जग्गा यदि चौडाइभन्दा लम्बाई ४ गुणा बढी छ भने त्यस्तो जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्था थियो । संशोधित नियमावलीले यो व्यवस्था हटाइदिएको छ । योसँगै साँघुरो किसिमका त्यस्ता जग्गा समेत कित्ता विभाजन गरि बिक्री गर्न पाइने भएको छ ।...
मतदाता नामावली दर्ताको समय नथपिने, राष्ट्रिय परिचय पत्र हुनेले बायोमेट्रिक दिनुनपर्ने
प्रशासन, समाचार

मतदाता नामावली दर्ताको समय नथपिने, राष्ट्रिय परिचय पत्र हुनेले बायोमेट्रिक दिनुनपर्ने

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको समय थप नगर्ने भएको छ। निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर कात्तिक ३० गतेसम्म नामावली दर्ताको समय लम्ब्याउँदा निर्वाचन कार्यतालिका नै प्रभावित हुने ब्रिफिङ गरेका थिए। नामावली दर्ताको समय लम्ब्याउन नसकिने भएपछि अब राष्ट्रिय परिचय पत्रका लागि संकलन गरिएको बायोमेट्रिकबाट पनि मतदाता सूचीकृत गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री कार्कीसँग बुधबार भएको छलफलमा राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचय पत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताएका थिए। आजबाट राष्ट्रिय परिचय पत्र बनाएका र मतदाता नामावलीमा नाम नभएका मतादाताको पनि नामावली सूचीकृत हुने गरी व्यवस्था मिलाइसकिएको प्रधानमन्...
कारागारबाट भागेका दुई कैदीबन्दी पक्राउ
प्रशासन, समाचार

कारागारबाट भागेका दुई कैदीबन्दी पक्राउ

नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई कैदीबन्दीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका सुजन रसाइली र मकवानपुरको भीमफेदी कारागारबाट भागेका विष्णुलाल थिङलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ रसाइलीले डाँका चोरी मुद्दामा कैद भुक्तान गरिरहेको र थिङले लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेको जानकारी दिए। पक्राउ रसाइली सिन्धुपाल्चोक बाह्रबिसे र थिङ मकवानपुरको बकैया गाउँपालिकाका बासिन्दा हुन्। प्रहरीले रसाइलीलाई काठमाडौँ महानगरपालिका–६ आरुबारी र थिङलाई कागेश्वरी मनोहरा नगरपालिका–६ ग्रिनहिलसिटीबाट पक्राउ गरेको हो।...
गृहले गरायो मिटर ब्याजसम्बन्धी गुनासो सुन्ने र लिने जिल्लास्तरीय संयन्त्र क्रियाशील
प्रशासन, समाचार

गृहले गरायो मिटर ब्याजसम्बन्धी गुनासो सुन्ने र लिने जिल्लास्तरीय संयन्त्र क्रियाशील

नेपालअखबार,काठमाडौँ ।  सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी तीन वटा आयोगहरूको गठन र यसका खारेजी भएपछि, मिटरब्याजसम्बन्धि गुनासा र उजुरी दर्ताका लागि जिल्ला स्तरीय संयन्त्र (समिति) क्रियाशील गर्ने गरी सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ। गृह मन्त्रालयको अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयको प्रहरी नायव उपरीक्षक वा प्रहरी निरीक्षक र जिल्ला सरकारी वकिलको कार्यालयबाट प्रतिनिधि रहेको जिल्ला स्तरीय संयन्त्र (समिति) क्रियाशील गराउने निर्णय गरिएको हो। आयोगको पदावधि सकिएपछि निष्क्रिय अवस्थामा रहेको अनुचित लेनदेन (मिटरब्याजी) गुनासो तथा उजुरीको कार्य पुनः अघि बढाउन भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रालय र यस अन्तर्गतका निकाय (जिप्रका) हरूलाई जिल्ला स्तरीय संयन्त्र गठन गरी क्रियाशील गराउन निर...
आजदेखि  नेपाल प्रहरी दानबहादुर कार्कीको कमाण्डमा
प्रशासन, समाचार

आजदेखि नेपाल प्रहरी दानबहादुर कार्कीको कमाण्डमा

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीको कमाण्ड आजबाट दानबहादुर कार्कीले सम्हाल्दैछन् । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले कार्कीले नेपाल प्रहरीको कमाण्ड सम्हाल्न लागेका हुन् ।
थपिए २ लाख ९ हजार मतदाता
प्रशासन, समाचार

थपिए २ लाख ९ हजार मतदाता

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले २ लाख ९ हजार ५५२ जना नयाँ मतदाता थपिएको जानकारी दिएको छ। मंगलबार २३ हजार ६३८ नयाँ मतदाता थपिएका हुन्। जसमा १३ हजार ६६ पुरूष, १० हजार ५६७ महिला र अन्य समूहबाट ५ जना मतदाता थपिएका थिए। नयाँ मतदाता दर्ता सुरू भएयता १ लाख २२ हजार ७४० पुरूष,  ८६ हजार ७८५ महिला र २७ जना अन्य मतदाता थपिएका छन्। नयाँ मतदाता दर्ताको समय कात्तिक ३० गतेसम्म तोकिएको छ। तर अहिले देखिएको चापलाई हेर्दा उक्त अवधिमा दर्ता नभ्याउने नभ्याउने देखिएकाले समयावधि थप गर्न सरकारले सुझाव दिएको छ।    ...
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा
प्रशासन, समाचार

उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा

नेपालअखबार,काठमाडौं । सरकारले १२ उपसचिव र ३१ शाखा अधिकृतसहित ४३ कर्मचारीहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही कात्तिक २५ गतेको सचिवस्तरीय निर्णयबाट कर्मचारीहरुको सरुवा गरेको हो । सरुवा हुने उपसचिवहरुमा भिमकान्त पौडेल, विवेक घिमिरे, खेमराज खत्री, रोमबहादुर महत, पुनाराम पौडेल, विनय कुमार श्रीवास्तव छन् । यसैगरी डिकबहादुर कार्की, सुरेन्द्र प्रधान, अमर बहादुर ओली, दिनेशराज पन्त, मुकुन्द शर्मा र डिल्लीराज श्रेष्ठको नाम पनि सरुवा भएका उपसचिवहरुको सूचीमा छ । हेर्नुहोस् सरुवा सूची–    ...
एमआरपी नराखेपछि एक इन्टरप्राइजेजलाई १ लाख रुपैयाँ जरिवाना
प्रशासन, समाचार

एमआरपी नराखेपछि एक इन्टरप्राइजेजलाई १ लाख रुपैयाँ जरिवाना

नेपालअखबार,काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी नराखी बस्तु बिक्री गर्ने बीएन को इन्टरप्राइजेजलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । मंगलबार विभागले १४ वटा फर्म तथा व्यवसायको अनुगमन गरेको थियो । जसमध्ये तीन वटालाई जरिवाना तिराइएको छ भने अन्य ११ वटालाई विभागमा उपस्थित हुन र समान्य निर्देशन दिइएको छ । विभागका अनुसार दर्ता प्रमाणपत्र तथा मूल्यसूची नराख्ने मखन गल्लीको लवकुश स्टोरलाई १० हजार रुपैयाँ र ललितपुर टंगालको अनिस खाद्यलाई पाँच हजार रुपैयाँ जरिवाना गराइएको छ । यस्तै मखनगल्लीको भिरा ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजातहरू लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । यस्तै अन्य १० वटा व्यवसाय तथा फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।...