Saturday, August 1

प्रशासन

जेनजी आन्दोलनमा कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ
प्रशासन, समाचार

जेनजी आन्दोलनमा कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ

नेपालअखबार,पोखरा । जेनजी आन्दोलनमा भागेका ८१ कैदीबन्दीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । आन्दोलनका क्रममा कारागारमा भएको तोडफोड र आगजनीका बेला ७ सय ७३ जना कैदीबन्दी (सबै) भागेका थिए । उनीहरूलाई असोज २० गते भित्रमा स्वतःस्फूर्त फर्किन जिल्ला प्रशासनले म्याद दिएको थियो । प्रशासनको अपिलको बाबजुद कैदीबन्दी तथा थुनुवाहरु स्वतःस्फूर्त कारागार नफर्किएपछि कास्की प्रहरीले पक्राउ गरेर कारागारमा बुझाउन थालेको हो । प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका १६ जना, लागू औषध मुद्दाका १६ जना, चोरी मुद्दाका २५ जना, कर्तव्य ज्यान मुद्दाका ८ जना, ज्यान मार्ने उद्योग मुद्दाका ९ जना, अभद्र व्यवहार मुद्दाका ४ जना, सवारी अङ्गभङ्ग मुद्दाका १ जना, कुटपिटबाट अङ्गभङ्ग मुद्दाका– १ जना र मानव बेचबिखन मुद्दाका १ जनालाई पक्राउ गरेर कारागारमा बुझाएको हो । कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अ...
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
प्रशासन, समाचार

जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ

नेपालअखबार,काठमाडौं । गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय २२ फरार कैदीबन्दीलाई नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र सोमातहतको टोलीले जेनजी प्रदर्शनको मौका छोपेर भागेका एक सय २२ कैदीबन्दीलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये चोरीमा ३५, बहुविवाहमा तीन, जबर्जस्ती करणीमा १७, कर्तव्य ज्यानमा तीन, लागुऔषधमा ३०, बैंकिङ कसुरमा तीन, ज्यान मार्ने उद्योगमा १२, सङ्गठित अपराधमा तीन जना कैदीबन्दी रहेका छन्। त्यसैगरी, डाँकाचोरीमा तीन, सवारी ज्यानमा तीन, ज्यानसम्बन्धी कसुरमा छ, मानव बेचबिखन एक र अन्य मुद्दामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए। उनका अनुसार पक्राउ परेकामध्ये एक सय १२ जना पुरूष र १० जना महिला छन्। प्र...
मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु
प्रशासन, समाचार

मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु

नेपालअखबार,कास्की । जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आजदेखि सेवा सुरु गरेको छ । कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरु गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए । कार्यालय क्षतिग्रस्त भएपछि यहाँस्थित सेवाग्राहीलाई प्रतिक्षालयबाट सेवा दिन सुरु गरिएको जानकारी दिँदै उनले अत्यावश्यक सेवा भनिए पनि सेवाग्राहीलाई सकेसम्म सबै सेवा उपलब्ध गराइने उद्देश्य राखिएको बताए । कार्यालयमा रहेका झन्डै ८० प्रतिशत कागजात पूर्ण रूपमा नष्ट भएकाले समस्या भएको उनको भनाइ छ । आन्दोलनका क्रममा कार्यालयमा रहेकामध्ये पोखरा महानगरपालिका–११, १२, १३ सहित मौजा, हेम्जाका कागजात जोगिए पनि अन्य सबैजसो वडाका कागजातहरू डढेको उनले जानकारी दिए ।...
१७ वटा निर्माण कम्पनी परे कालोसूचीमा
प्रशासन, समाचार

१७ वटा निर्माण कम्पनी परे कालोसूचीमा

नेपालअखबार,काठमाडौं ।  सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको जानकारी दिएको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम ती कम्पनीहरूले सम्झौता उल्लंघन गरेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ। सूचना अनुसार कालोसूचीमा परेकामध्ये केही कम्पनीलाई एक वर्षका लागि र केहीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो। सूचना अनुसार ती कम्पनीहरूले कार्य सम्पन्न नगरेको, सम्झौता उल्लङ्घन गरेको वा निर्माण कार्य समयमा सम्पन्न नगरेको कारण कारबाही गरिएको हो। कालोसूचीमा परेका कम्पनीहरूले अब तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको निर्माण कार्यमा सहभागी हुन पाउने छैनन्। यी हुन् कालोसूचीमा परे...
सिंचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिंचाइ आयोजनाका ६ ठेक्का तोडिंदै
प्रशासन, समाचार

सिंचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिंचाइ आयोजनाका ६ ठेक्का तोडिंदै

नेपालअखबार,काठमाडौं । सरकारले सिंचाइतर्फका रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । यही प्रक्रिया अन्तर्गत बबई सिंचाइ आयोजनाले  करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनीसँग गरिएको ठेक्का सम्झौता तोड्न बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८मा ठेक्का सम्झौता गरेको थियो । ६ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । आयोजनाले पटक–पटक सूचना प्रकाशन गर्दासमेत सम्झौता बमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँद...
प्रतिनिधिसभा विघटनविरूद्ध ९ वटा रिट दर्ता
प्रशासन, समाचार

प्रतिनिधिसभा विघटनविरूद्ध ९ वटा रिट दर्ता

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ९ वटा रित दर्ता भएका छन् । बुधबार सर्वोच्चमा ९ वटा रिट दर्ता भएका हुन् । रिटमाथि आगामी कार्तिक १२ गतेका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
एकैपटक ६६५ जना इन्स्पेक्टरको सरूवा
प्रशासन, समाचार

एकैपटक ६६५ जना इन्स्पेक्टरको सरूवा

नेपालअखबार, काठमाडौं । नेपाल प्रहरीले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरूवा गरेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार ६६५ जना प्रहरी निरीक्षकको सरूवा गरेको हो। आइजिपी चन्द्रकुबेर खापुङको निर्णयअनुसार कात्तिक महिनाको सेवा सुविधा समेत सरूवा भएको ठाउँबाट लिनेगरी सूची प्रकाशन गरिएको छ। हेर्नुस् सूची:...
अनामनगरस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारको छापा
प्रशासन, समाचार

अनामनगरस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारको छापा

नेपालअखबार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । उक्त कार्यालयमा मंगलबार साँझ अख्तियारको टोलीले छापा मारेको हो । ठूलो मात्रामा आयोजनाका पाइपहरू बिक्री वितरण गरेको सूचनाका आधारमा छापा मारिएको हो । सो क्रममा कागजातहरू समेत नियन्त्रणमा लिएको स्रोतले बताएको छ । पाइप खरिदमा भ्रष्टाचार भएको आरोपमा छापा मारिएको हो ।...
कास्की कारागारबाट गम्भीर अपराधकै कैदीबन्दी फरार
प्रशासन, समाचार, समाज

कास्की कारागारबाट गम्भीर अपराधकै कैदीबन्दी फरार

नेपालअखबार, पोखरा । जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये २ सय ७० जना अझै फरार छन् । पटक पटक अल्टिमेटम दिए पनि उनीहरू नफर्किएका हुन् । आन्दोलनअघि कास्की कारागारमा ७ सय ७३ कैदीबन्दी थिए । तीमध्ये महिला ब्लकमा ३५ र पुरुष ब्लकमा ७ सय ३८ जना रहेकामा भदौ २४ गते प्रदर्शनकारीले कारागारमा आक्रमण गरी तोडफोड गरेपछि बाहिरिएका हुन् । भागेकामध्ये केही स्वेच्छाले फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेर बुझाएको छ । ५ सय २१ जना कैदीबन्दी फिर्ता भैसकेका कारागार प्रमुख राजेन्द्र शर्माले बताए । बाँकी कैदीबन्दीको खोजी जारी छ । शर्माका अनुसार, स्वेच्छाले नफर्केकाहरूको अब प्रहरी मार्फत खोजी गर्न लागिएको छ । फरार कैदीबन्दीहरूमध्ये अधिकांश जबरजस्ती करणी, लागुऔषध कारोबार, कर्तव्य ज्यान, चोरी, बैंकिङ कसुर, सवारी दुर्घटनामा ज्यान जाने, सहकारीसम्बन्धी मुद्दा, बालयौन दुराचार,...
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद
अर्थ, प्रशासन, समाचार

वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद

नेपालअखबार,पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्सा र  पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ । विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरबाट अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जानकारी दिए । “भन्सार छली गरेर सुन चाँदी भित्र्याएको आशङ्कामा सोमबार छापा मर्दा सो परिमाणको सुनचाँदी बरामद भएको हो”, उनले भने, “संयुक्त टोलीद्वारा उक्त सुनचाँदी नियन्त्रणमा लिई सुन चाँदी व्यवसायी सङ्घमा लगी मापन गर्दा सुन दुई हजार २५४।८६ ग्राम र चाँदी १० हजार ३५४।०७ ग्राम फेलापरेको छ ।” सशस्त्...