अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले गर्यो १६२ जनालाई उद्धार
नेपालअखबार,म्याग्दी । सशस्त्र प्रहरीले अन्नपूर्ण आधार शिविरबाट १ सय ६२ जना पर्यटकको उद्दार गरेको छ।
म्याग्दी जिल्लाको अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले तीन दिनमा आन्तरिक र बाह्य गरी १६२ जनालाई उद्धार गरेको सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
त्यस क्षेत्रमा कात्तिक ११ गतेदेखि सशस्त्रको उद्धार टोली खटिएको थियो।
बिहीबार बिहानसम्म १७ जना विदेशी पर्यटकसहित १६२ जनालाई उद्धार गरिएको डिएसपी थापाले जानकारी दिए।
अहिले त्यस क्षेत्रमा कुनै पनि पर्यटक नरहेको पनि उनले बताए।
'अब अन्नपूर्ण बेशक्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपुर्ण बेश क्याम्पमा हिउँ पहिरो आइरहेको छ,' उनले भने।
बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटक हरुको डोरिको सहायताले बाटो पहिल्याउंदै उद्दार गरिएको डिएसपी...









