Monday, June 1

प्रशासन

धनुषामा गोली चलाएर प्रहरीले समात्यो लागुऔषध कारोबारी
प्रशासन, समाचार

धनुषामा गोली चलाएर प्रहरीले समात्यो लागुऔषध कारोबारी

नेपालअखबार,काठमाडौं । धनुषामा गोली चलाएर प्रहरीले लागुऔषध कारोबारी समातेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पप्पु साह नाम गरेका एक पुरुष र एक महिला छन् । उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ । पप्पुको दाहिने खुट्टामा गोली लागेको प्रहरी स्रोतले बतायो । मिथिला नगरपालिका–२ मा प्रहरीले गोली चलाएर उनीहरूलाई पक्राउ गरेको हो ।ब्युरोका इन्स्पेक्टर रोकश यादव, वरिष्ठ सई बालकृष्ण सन्जेलसहितको टोली ब्युरोबाट खटिएको बताइएको छ ।...
भारत उत्तराखण्ड बाढीमा २६ नेपाली अझै सम्पर्कविहीन, दूतावासले सूची सार्वजनिक गर्‍यो
प्रशासन, समाचार, समाज

भारत उत्तराखण्ड बाढीमा २६ नेपाली अझै सम्पर्कविहीन, दूतावासले सूची सार्वजनिक गर्‍यो

नेपालअखबार, काठमाडौँ ।  नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा हराइरहेका २६ नेपालीहरूको सूची सार्वजनिक गरेको छ। पौडी गढवाल जिल्लामा गत साउन २० र २१ गते आएको भेलबाढीमा परी हराइरहेकाहरूको सूची दूतावासले सोमबार सार्वजनिक गरेको हो। सम्पर्कविहीन हुनेमा ४५ वर्षीय जनकबहादुर शाही, २५ वर्षीय रवि सिंह, ४० वर्षीय करण बहादुर, रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का रहेका छन्। त्यस्तै थर नखुलेका प्रभात, केशव पनि सम्पर्कविहीन छन्। निर्मला खड्का,  ६० वर्षीय  लक्ष्मण, २४ वर्षीय सुवास विश्वकर्मा, २४ वर्षकै रमेश, २२ वर्षीया  प्रिया रहेको दूतावासले जनाएको छ। अन्य हराउनेहरूको सूची  ...
गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन
प्रशासन, समाचार

गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन

नेपालअखबार,पोखरा । गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेसागत पत्रकारिता प्रवर्द्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको औपचारिक उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार कार्यालयको उद्घाटन गर्दै लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र प्रेस भएको उल्लेख गरे । प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य भएको भन्दै गण्डकी प्रदेश सरकारले प्रेस रजिष्ट्रार कार्यालयको स्थापना गरेको उनले बताए । पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्न उक्त कार्यालय अग्रसर रहने विश्वास उनको छ । “गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको स्थापना एक ऐतिहासिक कदम हो, जसले पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्नेछ । यसले सञ्चार माध्यमहरूलाई व्...
पोखरामा ६.४ के.जी अवैध सुन सहित ११ जना भारतीय पक्राउ
अपराध, प्रशासन, समाचार

पोखरामा ६.४ के.जी अवैध सुन सहित ११ जना भारतीय पक्राउ

नेपालअखबार,पोखरा । पोखरामा सुनचाँदीको अवैध कारोबारमा संलग्न ११ जना भारतीयलाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको महाराष्ट्र, पश्चिम बंगाल, कलकता घर भई पोखराका चार वटा फरक–फरक वडामा बस्ने ११ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, कोलकताका ४५ वर्षीय मनिक लाल आदत, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्वल भोमिक, पश्चिम बंगालका ३५ वर्षीय सन्दीप ढाप, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षकै गोविन्द दिण्डा र भारतकै ४९ वर्षीय प्रोभास माझी पक्राउ परेका हुन् । उनीहरु कालीगढ र सुनचाँदीकै काममा संलग्न रहेको खुलेको छ । उनीहरुलाई पोखरा महानगरपालिका २, ३, ४ र ९ नम्बर वडामा अवैध सुनचाँदी कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलीय...
अठारौँ पुस्तकालय दिवस मनाउन मूल समारोह समिति गठन
प्रशासन, समाचार

अठारौँ पुस्तकालय दिवस मनाउन मूल समारोह समिति गठन

नेपालअखबार,काठमाडौँ । अठारौँ पुस्तकालय दिवस मनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।नेपाल सरकारले हरेक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ । यस वर्ष ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ भन्ने आदर्श वाक्यका साथ दिवस मनाइँदैछ । ‘यस वर्षको पुस्तकालय दिवस मुलुकभर रचनात्मक र सन्देशमूलक विविध कार्यक्रमसहित मनाउने तयारी भइरहेको छ”, प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले भने । मूल समारोह समितिको उपाध्यक्षमा मन्त्रालयका विद्यालय शिक्षा महाशाखा प्रमुख सहसचिव रुद्रप्रसाद अधिकारी र पुस्तकालय समन्वय, अभिलेख शाखा उपसचिव प्रेमराज अधिकारी सदस्य सचिव रहेका छन् । समितिमा नेपालको राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय, नेपाल सामुदायिक पुस्तकालय सङ्घ, नेपाल पुस्तकालय ...
चक्रे मिलनसहित १९ जना थप ५ दिन हिरासतमा रहने
अपराध, प्रशासन, समाचार

चक्रे मिलनसहित १९ जना थप ५ दिन हिरासतमा रहने

नेपालअखबार,काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप भएको छ । दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । यो सँगै उनीहरूको हिरासत बसाइ लम्बिने भएको छ । १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका थिए । उनीहरु सँगै प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये २८ जनालाई भने छाडिएको थियो । १९ जनालाई भने परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । हिरासतमा रहनेहरूमा चक्रेसँगै गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का छन् । त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्र...
गाईजात्राको अवसरमा बागमतीमा सार्वजनिक बिदा
प्रशासन, समाचार

गाईजात्राको अवसरमा बागमतीमा सार्वजनिक बिदा

नेपालअखबार,हेटौँडा । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन २५ गते पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले मन्त्रिपरिषद्को निर्णय र प्रदेश राजपत्रमा सूचना प्रकाशन भए अनुसार गाईजात्राको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको बताइन् । नेवार समुदायको महत्त्वपूर्ण बसोबास रहेको बागमती प्रदेशको काठमाडौँ उपत्यका सहित विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइने गरिएको छ ।...
अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी
प्रशासन, समाचार, स्वास्थ्य

अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी

नेपालअखबार,काठमाडौं । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ। संघीय अस्पतालको सेवा डिजिटल बनाउने स्वास्थ्यमन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यूआरमार्फत व्यवस्था मिलाउन भनेको हो । मन्त्री पौडेलले अस्पतालहरूमा हुने भीड व्यवस्थापनका लागि नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेका थिए । मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन अधिकारीहरूलाई भनेका थिए। यसअन्तर्गत डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन समेत गर्ने तयारी गरेको छ।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथो...
३५ जना प्रहरी अधिकृतले दर्ज्यानी चिन्ह पाए
प्रशासन, समाचार

३५ जना प्रहरी अधिकृतले दर्ज्यानी चिन्ह पाए

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीका बढुवा भएका ३५ जना अधिकृतले दर्ज्यानी चिन्ह पाएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले ३५ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। नेपाल सरकार गृहमन्त्रीस्तरको साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ११ जनाको बढुवा भएको हो। सचिवस्तरको निर्णय अनुसार प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट एसपीमा ११ जना र प्रहरी निरीक्षकबाट डिएसपीमा १३ जना गरी जम्मा ३५ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका हुन्। आइजिपी थापाले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।...
भक्तपुर प्रहरीले चक्रे मिलनविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान गर्ने
अपराध, प्रशासन, समाचार

भक्तपुर प्रहरीले चक्रे मिलनविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान गर्ने

नेपालअखबार,काठमाडौं । गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनविरुद्ध भक्तपुर प्रहरीले पनि अनुसन्धान गर्ने भएको छ । एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेमाथि भक्तपुर प्रहरीले अनुसन्धान गर्न लागेको हो । चक्रेसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो । आफ्नो भतिजो मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेो बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए । सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरको भन्दै जाहेरी परेको थियो । जहाँ चक्रेको समेत नाम उल्लेख थियो । जाहेरी पछि प्रहरीले खवासलाई पक्राउ गरेर अनुसन्धान गरी मुद्दा चलाएको थियो । तर चक्रेको हकमा भने वतन नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन । त्यतिबेला रायमाझीको दुवै...