Saturday, August 1

प्रशासन

नेपाली सेनालाई भारतले दियो गाडी र घोडा
प्रशासन, समाचार

नेपाली सेनालाई भारतले दियो गाडी र घोडा

नेपालअखबार,काठमाडौँ ।भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् नेपाली सेनाको मुख्यालयमै पुगेर मिस्रीले प्रधानसेनापती सिग्देलसँग भेटवार्ता गरेका हुन्। सैनिक मुख्यालयम विशेष कार्यक्रममा विदेश सचिव मिस्रीले लाइट स्ट्राइक सवारी साधन र सैनिक प्रयोजनका लागि उपयोग हुने जनावर हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ। साथै चिकित्सकीय उपकरण पनि हस्तान्तरण गरेको छ। यस किसिमको हस्तान्तरणले दुवै सेनाबीचको निकट सम्बन्ध र मजबुत रक्षा सहकार्यलाई झल्काउँछ भनेर भारतीय दूतावासले सामाजिक सञ्जालमा लेखेको छ। मंगलबार काठमाडौं आएका मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार नै भेटवार्ता गरेका थिए। उनी आजै भा...
युएई सरकारले दियो १२० नेपालीलाई आममाफी
प्रशासन, विदेश, समाचार

युएई सरकारले दियो १२० नेपालीलाई आममाफी

नेपालअखबार,काठमाडौं  । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ। नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ। दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो।...
अर्थ मन्त्रालयद्वारा कर्मचारी सरुवा
प्रशासन, समाचार

अर्थ मन्त्रालयद्वारा कर्मचारी सरुवा

नेपालअखबार,काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिवहरूको व्यापक रूपमा जिम्मेवारी हेरफेर गरेको छ । शुक्रबार मन्त्रिस्तरीय निर्णयअनुसार विभिन्न निकायमा कार्यरत सहसचिव र अन्य कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सरुवा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालय वा अन्तर्गतका निकायमा कार्यरत १२ जना कर्मचारीहरूको सरुवा गरिएको छ। सरुवा हुनेमा सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, प्रमुख भन्सार प्रशासक, र प्रमुख कर प्रशासक रहेका छन् । कसको कहाँ भयो सरुवा ? अर्थ मन्त्रालय वा अन्तर्गत सहसचिवको रूपमा कार्यरत सुमन दाहाललाई अर्थ मन्त्रालयमा नै बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिइएको छ । यस्तै, अर्थ मन्त्रालय वा अन्तर्गत नै सहसचिव रहेका टेक प्रसाद पाण्डेलाई  योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा...
भ्रष्टाचार भएको ठहरसहित मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना
प्रशासन, समाचार

भ्रष्टाचार भएको ठहरसहित मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना

नेपालअखबार, सर्लाही। सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना निर्धारण भएको छ। साउन २१ गते विशेष अदालतले मेयर थापा, कर्मचारीहरू विमलकुमार पोखरेल र सागर पौडेल तीनै जनाले बागमती नगरपालिकामा भरत ताल निर्माणका क्रममा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) हिनामिना गरेको भन्दै भ्रष्टाचार ठहर गरेको थियो। विशेष अदालतले भ्रष्टाचार ठहर गरेर बिहीबार तीनै जनालाई सजायसमेत निर्धारण गरेको हो। थापा, पोखरेल र पौडेललाई ८ वर्ष कैद र जनही १० करोड जरिवानाको सजाय निर्धारण भएको हो। साथै पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ क्षतिपूर्ति भराउन भनिएको छ। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा थापा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए।  ...
चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश
प्रशासन, समाचार

चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश

नेपालअखबार,काठमाडौं ।  चक्रे मिलन भनिने मिलन गुरुङलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भूषालको इजलासले चक्रे मिलनसहित १९ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो। चक्रे मिलनको हकमा ३० हजार रुपैयाँ माग भएको रजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए। चक्रे मिलनसहित १९ जनाविरूद्ध मंगलबार अभद्र व्यवहारको कसुरमा मुद्दा दायर भएको थियो। गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामालाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। त्यस्तै निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरव सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश कट्टेल, राजु परियार, सफल भन्ने सुजल शाहीको हकमा १० हजार रुपैयाँ धरौटी माग भएको हो। प्रहरीले उनीहरूलाई साउन १६ गते मध्यराति महाराजगन्जस्थि साम...
धनुषामा गोली चलाएर प्रहरीले समात्यो लागुऔषध कारोबारी
प्रशासन, समाचार

धनुषामा गोली चलाएर प्रहरीले समात्यो लागुऔषध कारोबारी

नेपालअखबार,काठमाडौं । धनुषामा गोली चलाएर प्रहरीले लागुऔषध कारोबारी समातेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पप्पु साह नाम गरेका एक पुरुष र एक महिला छन् । उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ । पप्पुको दाहिने खुट्टामा गोली लागेको प्रहरी स्रोतले बतायो । मिथिला नगरपालिका–२ मा प्रहरीले गोली चलाएर उनीहरूलाई पक्राउ गरेको हो ।ब्युरोका इन्स्पेक्टर रोकश यादव, वरिष्ठ सई बालकृष्ण सन्जेलसहितको टोली ब्युरोबाट खटिएको बताइएको छ ।...
भारत उत्तराखण्ड बाढीमा २६ नेपाली अझै सम्पर्कविहीन, दूतावासले सूची सार्वजनिक गर्‍यो
प्रशासन, समाचार, समाज

भारत उत्तराखण्ड बाढीमा २६ नेपाली अझै सम्पर्कविहीन, दूतावासले सूची सार्वजनिक गर्‍यो

नेपालअखबार, काठमाडौँ ।  नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा हराइरहेका २६ नेपालीहरूको सूची सार्वजनिक गरेको छ। पौडी गढवाल जिल्लामा गत साउन २० र २१ गते आएको भेलबाढीमा परी हराइरहेकाहरूको सूची दूतावासले सोमबार सार्वजनिक गरेको हो। सम्पर्कविहीन हुनेमा ४५ वर्षीय जनकबहादुर शाही, २५ वर्षीय रवि सिंह, ४० वर्षीय करण बहादुर, रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का रहेका छन्। त्यस्तै थर नखुलेका प्रभात, केशव पनि सम्पर्कविहीन छन्। निर्मला खड्का,  ६० वर्षीय  लक्ष्मण, २४ वर्षीय सुवास विश्वकर्मा, २४ वर्षकै रमेश, २२ वर्षीया  प्रिया रहेको दूतावासले जनाएको छ। अन्य हराउनेहरूको सूची  ...
गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन
प्रशासन, समाचार

गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन

नेपालअखबार,पोखरा । गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेसागत पत्रकारिता प्रवर्द्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको औपचारिक उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार कार्यालयको उद्घाटन गर्दै लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र प्रेस भएको उल्लेख गरे । प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य भएको भन्दै गण्डकी प्रदेश सरकारले प्रेस रजिष्ट्रार कार्यालयको स्थापना गरेको उनले बताए । पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्न उक्त कार्यालय अग्रसर रहने विश्वास उनको छ । “गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको स्थापना एक ऐतिहासिक कदम हो, जसले पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्नेछ । यसले सञ्चार माध्यमहरूलाई व्...
पोखरामा ६.४ के.जी अवैध सुन सहित ११ जना भारतीय पक्राउ
अपराध, प्रशासन, समाचार

पोखरामा ६.४ के.जी अवैध सुन सहित ११ जना भारतीय पक्राउ

नेपालअखबार,पोखरा । पोखरामा सुनचाँदीको अवैध कारोबारमा संलग्न ११ जना भारतीयलाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको महाराष्ट्र, पश्चिम बंगाल, कलकता घर भई पोखराका चार वटा फरक–फरक वडामा बस्ने ११ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, कोलकताका ४५ वर्षीय मनिक लाल आदत, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्वल भोमिक, पश्चिम बंगालका ३५ वर्षीय सन्दीप ढाप, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षकै गोविन्द दिण्डा र भारतकै ४९ वर्षीय प्रोभास माझी पक्राउ परेका हुन् । उनीहरु कालीगढ र सुनचाँदीकै काममा संलग्न रहेको खुलेको छ । उनीहरुलाई पोखरा महानगरपालिका २, ३, ४ र ९ नम्बर वडामा अवैध सुनचाँदी कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलीय...
अठारौँ पुस्तकालय दिवस मनाउन मूल समारोह समिति गठन
प्रशासन, समाचार

अठारौँ पुस्तकालय दिवस मनाउन मूल समारोह समिति गठन

नेपालअखबार,काठमाडौँ । अठारौँ पुस्तकालय दिवस मनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।नेपाल सरकारले हरेक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ । यस वर्ष ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ भन्ने आदर्श वाक्यका साथ दिवस मनाइँदैछ । ‘यस वर्षको पुस्तकालय दिवस मुलुकभर रचनात्मक र सन्देशमूलक विविध कार्यक्रमसहित मनाउने तयारी भइरहेको छ”, प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले भने । मूल समारोह समितिको उपाध्यक्षमा मन्त्रालयका विद्यालय शिक्षा महाशाखा प्रमुख सहसचिव रुद्रप्रसाद अधिकारी र पुस्तकालय समन्वय, अभिलेख शाखा उपसचिव प्रेमराज अधिकारी सदस्य सचिव रहेका छन् । समितिमा नेपालको राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय, नेपाल सामुदायिक पुस्तकालय सङ्घ, नेपाल पुस्तकालय ...