Friday, July 31

प्रशासन

२९ प्रहरी कर्मचारी सम्पर्कविहीन
प्रशासन, समाचार

२९ प्रहरी कर्मचारी सम्पर्कविहीन

नेपालअखबार, काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले  सम्पर्कविहीन रहेका २९ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले सन्तोषजनक स्पष्टीकरण सम्पर्कमा आयन आग्रह गरेको हो । आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले सूचना प्रकाशित गरिएको कार्यालयको भनाइ छ । सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन नआएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।...
राष्ट्रिय परिचयपत्रको २५ हजार कार्ड कार्यालयमै थन्कियो
प्रशासन, समाचार, समाज

राष्ट्रिय परिचयपत्रको २५ हजार कार्ड कार्यालयमै थन्कियो

नेपालअखबार, काठमाडौं ।  नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र सरकारी कार्यालयमै थन्किएका छन्। राष्ट्रिय परिचयपत्रका लागि विवरण उपलब्ध गराएका सङ्खुवासभालगायत कोशी प्रदेशका अधिकांश नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकेका छैनन्। त्यसो त जिल्लामा राष्ट्रिय परिचयपत्रका २५ हजार कार्ड वितरण नभएपछि कार्यालयमै थन्किएका छन्। छपाइ भएका २५ हजार बढी कार्ड वितरण हुन नसकेको हो। कार्ड लिनका लागि व्यक्ति स्वयं आफैँ उपस्थित हुनुपर्ने भएकाले पनि २५ हजार बढी कार्ड कार्यालयमै थन्किएका हुन्। सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि विसं २०७६ देखि विवरण सङ्कलन भए पनि करिब चार वर्षपछि मात्र कार्ड छपाइ भएर जिल्ला आएको हो। चार वर्षभन्दा लामो समयदेखि कुरिरहेका नागरिक राष्ट्रिय परिचयपत्र लिन आएका छैनन्। छपाइ भएका २५ हजार दुई सय ४८ कार्यालयमै रहेको र...
प्रहरीमा प्राविधिक तर्फका ६ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवा गर्न सिफारिस
प्रशासन, समाचार

प्रहरीमा प्राविधिक तर्फका ६ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवा गर्न सिफारिस

नेपालअखबार, काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत कम्प्युटर तर्फका ६ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिले १ नम्बरमा संजिव श्रेष्ठलाई बढुवा गर्न सिफारिस गरेको छ । सिफारिस हुनेहरुमा गौतम राज गुरुङ, पदमबहादुर पुन, श्यामसुन्दर कुर्मी, दिनेश खड्का र दिपक चौलागाईं छन् ।...
भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन  
प्रशासन, समाचार

भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन  

सन्जिब दुलाल ,भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ । भक्तपुर जिल्ला अदालतको तहसिलको अभिलेख अनुसार फैसला कार्यान्वयन अन्तर्गत १३ सय ९६ वर्ष ६ महिना ६ महिना ३ दिन कैद भुक्तान हुन बाँकी रहेको हो । भक्तपुर जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष २०७९ ८० बाट १३ सय १० वर्ष ५ महिना १४ दिन कैद भुक्तान बाँकी रहेको र यो वर्ष ६ सय २५ वर्ष ११ महिना ११ दिन कैद फैसला भएकोमा ५सय ३९ वर्ष १० महिना १२ दिन मात्र फर्छ्यौट भएको तहसिलदार भवानी शङ्कर घिमिरेले जानकारी दिनुभएको छ । उहाँका अनुसार जरिवाना तर्फ भने अघिल्लो आर्थिक वर्षबाट २५ करोड ५० लाख ३ हजार ३ सय २४ रुपैंया जिम्मेवारी सरेर आएको थियो भने यो वर्ष ४६ करोड ९२ लाख ७९ हजार १ सय ७ जरिवाना फैसला भई जम्मा ७२ करोड ४२ लाख ८२ हजार ४ सय ३१ जरिवाना उठाउन बाँकी रहेकोमा आर्थिक वर्ष २०८० ८१ मा १० कर...
पहिरोमा परी गम्भीर घाइते ४ जनाको हेलिकप्टरबाट उद्धार
प्रशासन, समाचार, समाज

पहिरोमा परी गम्भीर घाइते ४ जनाको हेलिकप्टरबाट उद्धार

नेपालअखबार, सुर्खेत । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा ४ जना घाइते भएका छन् । गए राति ९ः३० बजेको समयमा कुशे गाउँपालिका–८ को दल्लेनामा टहरा माथिबाट पहिरो खस्दा ४ जना गम्भीर घाइते भएका हुन् । नेपाली सेनाको हेलिकप्टरबाट घाइतेहरुलाई थप उपचार गर्न आज कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ । कुशे गाउँपालिका–८ का वडाध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार घाइते हुनेमा कुशे गाउँपालिका–८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा तथा उहाँकी चार वर्षीया छोरी इस्तिका थापा र १७ वर्षीया छोरी निर्माया थापा रहेका छन् । उनीहरुको शरीरमा गम्भीर चोट लागेको उनले बताए । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले समन्वय गरी नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको वडाध्यक्ष सिंहले बताए । मनसुन सक्रिय भएसँगै वडामा एक सय ५० भन्दा बढी ठाउँमा पहिरो गए...
बागलुङ ट्राफिकद्वारा एक करोड बीस लाख राजस्व सङ्कलन
अर्थ, प्रशासन, समाचार

बागलुङ ट्राफिकद्वारा एक करोड बीस लाख राजस्व सङ्कलन

नेपालअखबार, बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा सङ्कलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व सङ्कलन बढ्दो क्रममा छ ।आव २०७८/७९ मा ६९ लाख ९८ हजार पाँच सय राजस्व सङ्कलन गरेकामा गत आवमा एक करोड १८ लाख १० हजार सङ्कलन भएको थियो । चालु आवमा ट्राफिक प्रहरीले सबैभन्दा धेरै कार तथा जीप र सबैभन्दा कम बस चालकलाई कारबाही गरेको छ । सात हजार दुई सय ९५ कार तथा जीप र एक हजार एक सय ५६ बस चालकलाई कारबाही गरेको हो । जिल्ला ट्राफिक कार्यालय प्रमुख सुमन निउरेका अनुसार यो अवधिमा पाँच हजार ११ मोटरसाइकल, एक हजार चार सय आठ ट्र्याक्टर, एक हजार दुई सय ६६ ट्रक तथा ट्रिपर र एक सय ५५ अन्य सवारी चालक कारबाहीमा परेका छन् । एक वर्षमा जिल्लामा १६ वटा दुर्घटना भएको निउरेले जानकारी दिए । एक बस, आठ जीप...
नक्कली लाइसेन्स बिक्री प्रकरणमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दर्ता
प्रशासन, समाचार

नक्कली लाइसेन्स बिक्री प्रकरणमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

नेपालअखबार ,काठमाडौं । नक्कली स्मार्ट लाइसेन्स बनाएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुटवलस्थित यातायात कार्यालयका तत्कालिन प्रमुखसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालतमा लिखतसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको हो । फरार रहेका लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, ज्ञानराज पाण्डे, यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीनसहायक कम्युटर अपरेटर नारायणप्रसाद पाण्डे, झापाका विवेक भण्डारी, कावासोतीका प्रबिन भनिने फानेश्वर सापकोटा र नवलरासीका सन्दीप श्रेष्ठविरुद्ध पनि मुद्दा दर्ता भएको छ । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ अनुसारको लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । जसमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने...
पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार
प्रशासन, समाचार, समाज

पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

नेपालअखबार, लमजुङ । चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनर्निर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ । “स्रोतको कमी भएन भने आगामी आर्थिक वर्षभित्रमा काम पूरा गर्ने लक्ष्य लिइएको छ”, उनले भने, “यो वर्ष बजेट कम भएकाले सोचे जति काम हुन सकेन ।” गत आवमा रु एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण सुरु गरिएकामा चालु आवमा सरकारले जम्मा रु ५० लाख बजेट छुट्टाएको थियो । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी ‘एनपीएस’ र यो वर्ष भक्तपुरकै ‘आरजिएस/विष्णु जेभी’ले दरबार पुनर्निर्माणको जिम्मा पाएको हो । इन्जिनियर अधिकारीले पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको बताए । दरबारसहित ऐतिहासिक कालिका मन्दि...
८ जना न्यायाधीश सिफारिस
प्रशासन, समाचार, समाज

८ जना न्यायाधीश सिफारिस

नेपालअखबार, काठमाडौँ ।  लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले उनीहरूको नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीशले नियुक्ति दिएपछि उनीहरू जिल्ला न्यायाधीश हुनेछन् ।  
दुई हजार ३३६ विदेशीलाई नेपालमा काम गर्न अनुमति
प्रशासन, समाचार

दुई हजार ३३६ विदेशीलाई नेपालमा काम गर्न अनुमति

नेपालअखबार, काठमाडौँ । श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीमध्ये चिनियाँ नागरिकको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चिनियाँ नागरिकको सङ्ख्या धेरै देखाएको हो । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा रोजगारीका लागि ६९ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ छन् । विभागले चालु आर्थिक वर्ष २०८०-८१ को ११ महिनामा सरकारले दुई हजार ३३६ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ । श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ ।  नेपालमा खासगरी विदेशी लगानीमा निर्माण भइरहेका ठुला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् । रोजगारीका लागि दैनिक औसतमा दुई हजार जनशक्ति विदेश गइरहेको अवस्थामा सरकारले उच्च दक्ष जनशक्ति ...