Sunday, May 31

प्रशासन

दुई महिनादेखि सम्पर्कविहीन रहेका प्रहरी इन्स्पेक्टरलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
प्रशासन, समाचार

दुई महिनादेखि सम्पर्कविहीन रहेका प्रहरी इन्स्पेक्टरलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपालअखबार, काठमाडाैं। असोज १ गतेदेखि आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरी अस्पतालमा कार्यरत एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सात दिनभित्र उपस्थित हुन गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयले सूचना प्रकाशन गर्दै प्रहरी अस्पताल मेडिकल रिसर्च युनिट महाराजगंज दरबन्दी भएका प्राविधिक प्रहरी निरीक्षक टंक भट्टराईलाई सात दिनभित्र हाजिर हुन गृहले निर्देशन दिएको हो। कार्यालयमा गैरहाजिर भएपछि खोजतलास गर्दा फेला नपरेपछि हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ। सो अवधिमा चित्तबुझ्दो स्पष्टिकरणसहित मन्त्रालयमा उपस्थित हुन भनिएको छ। मन्त्रालयमा हाजिर नभएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावली अनुसार सेवाबाट हटाइनेसम्मको कारबाही हुने सूचनामा उल्लेख छ।...
सरकारले लगायो नयाँ सहकारी दर्ता र कार्यक्षेत्र विस्तारमा रोक
प्रशासन, समाचार

सरकारले लगायो नयाँ सहकारी दर्ता र कार्यक्षेत्र विस्तारमा रोक

नेपालअखबार, काठमाडाैं। सरकारले नयाँ सहकारी संस्था दर्ता र पूराना सहकारीको शाखा विस्तारमा रोक लगाएको छ। मन्त्रिपरिषदको कात्तिक २३ गते बसेको बैठकले नयाँ सहकारी संस्था र कार्यक्षेत्र विस्तारमा अनिश्चितकालका लागि रोक लगाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जानकारी दिएको छ। सहकारी संस्थाहरूले ठूलो बचत स्वीकार गर्ने र जोखिमयुक्त क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमामा उल्लेख छ। त्यसो हुँदा वचतकर्ताको वचत फिर्ता हुन नसक्ने र यसले सहकारीमा गम्भीर समस्या सिर्जना भई  सहकारी क्षेत्रका अतिरिक्त सम्पूर्ण वित्तीय क्षेत्र नै प्रभावित हुन सक्ने जोखिम बढ्दै गएकोले तत्कालका लागि सहकारी संस्थाको दर्ता र कार्य क्षेत्र विस्तारमा रोक लगाइएको मन्त्रालयले जनाएको छ। ‘यस क्षेत्रको समस्या समाधानका लागि अर्को व्यवस्था नभएसम्म ...
नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत अब १७ अर्ब
प्रशासन, समाचार

नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत अब १७ अर्ब

नेपालअखबार, काठमाडाैं। नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत थप चार अर्ब रूपैयाँ बढ्ने भएको छ। सुरुङ मार्ग खन्ने क्रममा कमजोर चट्टान भेटिएको र निर्माण अवधि पनि लम्बिएकाले ‘प्राइज स्केलेसन’ का आधारमा लागत झन्डै चार अर्ब बढ्ने देखिएको हो।सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना प्रमुख नवीनमान श्रेष्ठले आयोजनाको लागत ४ अर्ब रूपैयाँ बढ्ने बताए। ‘सुरुङ मार्ग १३ अर्ब ३३ करोड रूपैयाँ लागतमा बनाउन थालिएको हो। तर सुरुङ खन्ने क्रममा फेला परेको विषम भौगर्भिक अवस्था र निर्माण अवधि बढेसँगै लागत बढ्ने भएको छ,’ उनले भने, ‘निर्माण सामग्रीको भाउ, उपकरणलगायतमा अत्यधिक मूल्यवृद्धि भएकाले पनि लागत बढ्ने भएको हो।’ कमजोर चट्टान पाइएको स्थानमा सुरुङ खन्दा टेवा दिनुपर्ने र थप संरचना बनाउनु पर्ने हुन्छ। सामान्य अवस्थामा कमजोर चट्टान फुटाउन सजिलो हुन्छ तर सुरुङ मार्ग निर्माण बलियो चट्टानमा सहज हुन्छ। यो आयोजनामा जापानी ...
रसुवागढी नाकाबाट सुनसहित ३ जना पक्राउ
अपराध, प्रशासन, समाचार, समाज

रसुवागढी नाकाबाट सुनसहित ३ जना पक्राउ

नेपालअखबार, काठमाडौं । रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका औंठीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ गोङ्गाङ बस्ने २९ वषर्ीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वषर्ीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका-३ बि्रदीम बस्ने २३ वषर्ीय ङ्वाङ लोप्साङ तामाङ छन् । चीनबाट नेपाल आइरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार साँझ पक्राउ गरेको थियो । उनीहरुको साथबाट एक/एक थान बेरुवा औंठी बरामद भएको प्रहरीले जनाएको छ । ती औंठीको तौल १२ तोला रहेको र मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।...
आजदेखि एमडिएमएस प्रणाली लागु हुने
प्रविधि, प्रशासन, समाचार

आजदेखि एमडिएमएस प्रणाली लागु हुने

नेपालअखबार, काठमाडाैं। आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ। नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो। यो प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिएका छन्। उनका अनुसार एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन। ती फोनहरू ब्लक हुनेछन्। प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो। सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो। सोही अनुसार प्राधिकरणले आजदेखि एमडिएमएस लाग...
भूकम्प प्रभावितलाई बुटवल उपमहानगरले २५ लाख दिने
प्रशासन, समाचार

भूकम्प प्रभावितलाई बुटवल उपमहानगरले २५ लाख दिने

नेपालअखबार, बुटवल । बुटवल उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावितका लागि राहत सामग्री र भौतिक संरचना निर्माणका लागि तत्काल २५ लाख रुपैयाँ सहयोग गर्ने र आवश्यकताअनुसार अन्य सहयोग गर्ने निर्णय भएको छ। जसमा जनप्रतिनिधि र कर्मचारीको योगदान रहने उनले बताए। विपदका समयमा चर्चा कमाउनकै लागि राहत पठाउने र प्रभावितले नपाउने विगतको भोगाइलाई ध्यानमा जाजरकोट र रुकुम पश्चिममा संघ र प्रदेश सरकार तथा स्थानीय सरकारसँग समन्वय गरेर भौतिक संरचना बनाइदिने योजना बनाएको नगर प्रमुख पाण्डेयले बताए । बुटवल उपमहानगरपालिकाको आह्वानमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा बुटवल उद्योग वाणिज्य संघ बुटवल र रुपन्देही व्यापार संघले १ लाख १ हजार १ सय ११ रु...
भूकम्प प्रभावित जिल्ला जाने आफन्तलाई काठमाडौंबाट नि:शुल्क बस
प्रशासन, समाचार, समाज

भूकम्प प्रभावित जिल्ला जाने आफन्तलाई काठमाडौंबाट नि:शुल्क बस

नेपालअखबार, काठमाडौं । काठमाडौंबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम) जान प्रभावितका आफन्तलाई नि:शुल्क बस व्यवस्था गरिएको छ । तत्काल घर जाने भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरुका लागि गोङ्गबुस्थित नयाँ बसपार्कबाट आज बेलुकादेखि भोलि (आइतबार)सम्म सरकारले नि:शुल्क बसको व्यवस्था गरिएको हो ।घर जानेहरूले मदन थापा (९८४०२६६७९७) लाई सम्पर्क गरेर नाम टिपाउन सरकारले सूचना जारी गरेको छ ।...
नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो
प्रशासन, समाचार

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो

नेपालअखबार, काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुलेको छ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी) मा खुल्ला र समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न जंगी अड्डाले आज दरखास्त आह्वान गरेको हो । योग्यता पुगेकाहरुले नेपाली सेनाको वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्नेछन् । त्यो फाराम प्रिन्ट गरेर १० रुपैयाँको टिकट टाँसेर आफैं उपस्थिति भई दरखास्त पेस गर्नुपर्नेछ । अधिकृत क्याडेट पदका लागि सैनिक साधारण सेवातर्फ २२९ जनाको भर्ना खुलेको छ । यसभित्र खुलामा १२२ जनाको कोटा छ । यसैगरी सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दागर्दै कुनै शारीरिक चोटपकट लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई १२ जनाको कोटा छुट्याइएको छ । समावेशीतर्फ महिला १७, आदिवासी जनजाती ३३, मधेशी २७, दलित १५ र पिछडिएको क्षेत्रमा ३ जनाको कोटा छ । ...
साउनदेखि गैरहाजिर रहेका २२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन
प्रशासन, समाचार

साउनदेखि गैरहाजिर रहेका २२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

नेपालअखबार, काठमाडाैं। आफूखुशी गैरहाजिर भएका २२ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक, प्रहरी हवलदार, प्रहरी सहायक हवलदार र प्रहरी जवान गरी आफूखुशी गैरहाजिर रहेका २२ जना प्रहरीलाई चित्तबुझ्दो स्पष्टिकरणसहित ७ दिनभित्र सम्पर्कमा आउन भनेको हो। काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रूम समन्वय शाखा, रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक जेम्स हाङ सोदेम्बा साउन २४ गतेदेखि गैरहाजिर छन्। प्रहरी चौकी माङजाबुङ पाँचथरमा कार्यरत प्रहरी हवलदार डम्बर नारायण चौधरी भदौ २९ गतेदेखि गैरहाजिर छन्। विभिन्न मितिदेखि गैरहाजिर रहेका प्रहरीहरूको खोजतलास गराउँदा तथा सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएको प्रहरी हेडक्वार्टरले जनाएको छ। त्यसकारण सूचना प्रकाशन भएदेखि बाटोको म्यादबाहेक ७ दिनभित्र सन्तोषजनक स्...
अन्तिम चरणमा पुग्यो रसुवागढी भन्सारको भवन निर्माण
प्रशासन, समाचार

अन्तिम चरणमा पुग्यो रसुवागढी भन्सारको भवन निर्माण

नेपालअखबार, रसुवागढी। नेपालको उत्तरीनाका रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ। एकै स्थानबाट भन्सार बैंक तथा अध्यागमन समेतको सेवा दिन छ वर्ष अघि निर्माण सुरू भएको एकीकृत भन्सारको सो भवनमा ढलान गरिएको र पलाष्टरलगायत काम अगाडि बढी रहेको छ। सीमा एवं भन्सार कार्यालयको लागि सुरक्षा टोली बस्ने भवन भने रसुवागढी क्षेत्रमै छुट्टै निर्माण भइसकेको छ । भौगोलिक विकटताका कारण वर्षायाममा दैनिकजसो सडक अवरुद्ध भइरहँदा निर्माण सामग्री ढुवानीमा असहज र कार्यप्रगतिको अनुपातमा समयसापेक्ष रकम भुक्तानी नहुनुजस्ता कारणले निर्माणमा केही ढिलाइ हुँदै गएको निर्माणसँग सम्बन्धित व्यक्तिले बताएका छन्। एकीकृत भन्सार तथा सुरक्षा पोष्ट निर्माण, विसं २०७२ को भूकम्पले क्षति बनाएको ऐतिहासिक रसुवागढी पर्खालको पुनःनिर्माण, दैनिक काम सञ्चालनको लागि मितेरी पुल छेउमा फ्रिफेव भवन...