Monday, September 21

प्रशासन

चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षाको आवेदन खुला
प्रशासन, शिक्षा, समाचार, स्वास्थ्य

चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षाको आवेदन खुला

नेपालअखबार, काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तह (युजी) को शैक्षिक कार्यक्रमहरुमा एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन २४ पुसमा खोल्ने भएको छ । आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फयुजन टेक्नोलोजी, बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बीएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्री, बीपीटी, बीपीएचको लागि अनलाइन आवेदन खुला गरेको हो । आवेदन फारम पुस २४ गते बिहान १० बजेदेखि २०७९ माघ २४ गते अपरान्ह पाँच बजेसम्म भर्न पाइनेछ । आयोगले नेपाली आवदेकको लागि चार हजार र विदेशी आवेदकको लागि ८ हजार रुपैयाँ शुल्क तोकेको छ । आयोगका अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन भर्न सक्नेछन् । परीक्षा फागुन २४ गतेदेखि आयोगले यी शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षा फागुन २४ गतेदेखि फागुन २८ गतेसम्म सञ्चालन गर्ने भएको छ । आय...
आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन
अर्थ, प्रशासन, समाचार

आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन

नेपालअखबार, काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे विमानस्थल उदघाटन गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमले बताए । उनका अनुसार फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने छ । अन्तर्राष्ट्रिय विमानस्थल उदघाटनको खुसियालीमा पोखरा महानगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ । बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्याली निकाल्ने तयारी छ । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम छ । चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले ११...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन अवसरमा भोलि बिदा
अर्थ, प्रशासन, समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन अवसरमा भोलि बिदा

नेपालअखबार, पाेखरा । पोखरामा नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरपालिकामा बिदा दिइएको छ। महानगरले आज एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक संघ संस्था बन्द हुने जनाएको छ। विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन र व्यापक जनसहभागिता गराउन बिदा दिइएको महानगर प्रमुख धनराज आचार्यले बताए। ‘पाँच दशक लामो प्रतिक्षापछि विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन हुनु पोखराका लागि उत्सव हो। पोखरेलीको साथ र सहयोगबाट निर्माण भएको विमानस्थलको उद्घाटन समारोहलाई भव्य बनाउन बिदा दिएका हौं,’ उनले भने। महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ। विमानस्थल समुद्घाटन अघि महानगरले बिहान अमरसिंहचौरबाट वि...
बुटवलका डिएसपी केसी निलम्बित
प्रशासन, समाचार

बुटवलका डिएसपी केसी निलम्बित

नेपालअखबार, काठमाडाैं  । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको थियो। सिफारिस अनुसार उनलाई गृहले बिहीबार निलम्बन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए। उनलाई हिरासतमा लिने/ नलिने जिम्मेवारी अनुसन्धान अधिकृतसँग हुने पनि उनले बताए। ‘आजदेखि उहाँ निलम्बनमा पर्नुभयो। उहाँलाई हिरासतमा लिने/नलिने अनुसन्धान अधिकृतमा भर पर्छ,’ उनले भने। यसमा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अनुसन्धान गर्ने उनले बताए। ‘अनुसन्धान अस्ति नै देखि सुरू भइसकेको हो। निलम्बन गरेसँगै अब थप अनुसन्‍धान अघि बढ्छ,’ उनले भने। प्रारम्भिक अनुसन्धानमा उनको गतिविधि शंकास्पद देखिएकै कारणले न...
पोखरा विमानस्थल : अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट
अर्थ, प्रशासन, समाचार

पोखरा विमानस्थल : अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट

नेपालअखबार, पाेखरा । सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा सतप्रतिशत छुट दिने निर्णय गरिएको हो । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुरुप पोखरा विमानस्थल सञ्चालनमा आएको मितिदेखि एक वर्षसम्मका लागि अन्तर्राष्ट्रियतर्फको उडान र अवतरणमा शतप्रतिशत छुट दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार विमानस्थलमा अवतरण शुल्क, विसन शुल्क, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट दिने निर्णय भएको छ । यस्तो छुट अन्तर्राष्ट्रिय उडान भर्ने स्वदेशी तथा विदेशी एयरला...
हवाई भाडाको ‘कार्टेलिङ’ अध्ययन गर्न पर्यटन मन्त्रालयद्वारा निर्देशन
प्रशासन, समाचार

हवाई भाडाको ‘कार्टेलिङ’ अध्ययन गर्न पर्यटन मन्त्रालयद्वारा निर्देशन

नेपालअखबार, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई उडानमा हुँदै आएको ‘कार्टेलिङ’ अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ । आन्तरिक उडान गर्दै आएका बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले आपसी मिलेमतोमा आफूखुसी हवाई भाडादर निर्धारण गरेपछि मन्त्रालयले अध्ययनका लागि प्राधिकरणलाई निर्देशन दिएको हो । आन्तरिक उडान गर्ने कम्पनीले हवाई उडानमा कार्टेलिङ गरिरहेको सूचनाका आधारमा अध्ययन अगाडि बढाउन निर्देशन दिएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनले भने, “कार्टेलिङको विषयमा उठेको कुरासम्बन्धी अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छौँ, कार्टेलिङ भएको पुष्टि भएमा कारबाही हुनेछ ।” मिलेमतोमा भाडा निर्धारण गर्न नमिल्ने भएकाले यस्तो क्रियाकलाप नियन्त्रण गर्नमा लाग्ने उनको भनाइ छ । आन्तरिक हवाई कम्पनीले गर्दै आएक...
एयरपोर्टबाट १९ किलो सुनसहित एकजना विदेशी पक्राउ
प्रशासन, समाचार

एयरपोर्टबाट १९ किलो सुनसहित एकजना विदेशी पक्राउ

नेपालअखबार, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् ।...
कोशी अस्पताल परिसरमा ५ सय शैयाको अत्याधुनिक भवन शिलान्यास
प्रशासन, समाचार

कोशी अस्पताल परिसरमा ५ सय शैयाको अत्याधुनिक भवन शिलान्यास

नेपालअखबार, विराटनगर । विराटनगरको कोशी अस्पतालमा ५ सय  शैयाको अत्याधुनिक भवन बन्ने भएको छ । अस्पताल परिसरमा विहीबार आयोजित एक कार्यक्रम विच सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले बन्न लागेको नयाँ भवनको संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ  । कार्यक्रममा बोल्दै सहरी मन्त्री चौधरीले निर्माणको जिम्मा पाएको केसी कन्सस्ट्रक्सनलाई समयमै निर्माण कार्य सक्न निर्देशन दिनुु भएको छ  ।  कोशी अस्पतालको उन्नतिले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुग्ने बताउँदै मन्त्री चौधरीले भन्नुुभयो , ‘स्वास्थ्य क्षेत्र भन्ने बित्तिकै भौतिक निर्माण मात्रै या आधुनिक स्वास्थ्य उपकरणको सजिसजाउ मात्र होइन, स्वाथ्यकर्मीको व्यवहार पनि हो । स्वास्थ्यकर्मीलाई बिरामीले भगवान ठान्ने गर्छन् । तसर्थ उहाँहरुले विरामीसँग राम्रो व्यबहार , मिठो बोली बचन गर्नु जरुरी छ ।’   ...
चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध
प्रशासन, समाचार

चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध

नेपालअखबार, काठमाडाैं । अमेरिकाले ३६ वटा चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा चीनले त्यसको विरोध गरेको छ । अमेरिकी कारबाहीको जवाफमा चीनले आफ्ना कम्पनी र संस्थाहरूको वैधानिक अधिकार संरक्षण एवम् हित प्रवर्द्धनमा दृढताका आवश्यक कदम चाल्ने वाणिज्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । चिनियाँ पक्षले २५ वटा चिनियाँ संस्थालाई अप्रमाणित सूचीबाट हटाएको जानकारी पाएको बताउँदै प्रवक्ताले उक्त कदमको स्वागत गरेका छन् । अमेरिकाले निकालेको अप्रमाणित सूचीबाट दुई पक्षलाई पारस्परिक सम्मानको आधारमा सञ्चार गर्न तथा आपसी चिन्ता र चासोलाई सम्बोधन गर्न सघाउने उनले बताए । अमेरिकी पक्षले राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाएको, निर्यात नियन्त्रण र अन्य उपायको दुरुपयोग गरेको, चिनियाँ कम्पनी र संस्थामाथि आक्रमण गर्न राज्य शक्ति प्रयोग गरेको, विश्व बजारलाई विकृत पारेर आर्थिक बदमासीलाई प्रश्रय दिएको...
निर्वाचन आयोगले राख्यो ४ पुसमा जलपान कार्यक्रम
प्रशासन, समाचार

निर्वाचन आयोगले राख्यो ४ पुसमा जलपान कार्यक्रम

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको प्राङ्गणमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको उनको भनाइ छ । यस वर्ष तीन तहका निर्वाचन सम्पन्न भएका छन् । गत वैशाखमा स्थानीय तह तथा यही मङ्सिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।...