पूर्वअर्थमन्त्री कार्की सहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
नेपालअखबार, काठमाडौँ । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठको इजलासमा पेसी तोकिएको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा पूर्व अर्थमन्त्री कार्कीसहित दुई पूर्व सचिवसहित उच्च अधिकारीहरू विरुद्ध गत बैशाख २४ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
निर्माण कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएर राज्य कोषमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ नोक्सानी पुर्याएको अभियोगमा आयोगले मुद्दा दर्ता गरेको थियो । अख्तियारले विमानस्थल निर्माणको अनियमितता प्रकरणमा मुद्दा दायर गरिएका अन्य उच्च पदाधिकारीहरूमा अर्थ मन्त्रालयका तत्कालीन सचिव शङ्करप्रसाद अधिकारी, संस्कृ...










