सरकारले बिजुलीमा लगाइएको कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै नागरिकको मर्म बुझोस् : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उक्त निर्णयको स्वागत गर्दै आफूहरूले सुरुबाटै प्रश्न उठाउँदै आएको स्मरण पनि गरेका छन् ।
सँगै सरकारलाई बिजुलीमा लगाएको भ्याजस्ता अन्य अव्यवहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउन उनले आग्रह गरेका छन् ।
‘साथै सरकारले बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आमनागरिकको मर्म बुझोस्,’ उनले भनेका छन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा फिर्ता गर्ने निर्णयलाई कार्यान्वयनमा लैजानका लागि आवश्यक प्रक्रिया पूरा गर्न पनि उनले भनेका छन् ।
सरकारको निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर लागू नगर्ने निर्णयको स्वागत छ।
यो व्यवस्था अनुपयुक्त भएको कुरा हामीले प्रारम्भब...









