Wednesday, August 12

राजनीति

इसराइलले जमिन र आकाशबाट आक्रमण तीव्र पारेपछि प्यालेस्टिनीहरूले छाड्न थाले घर
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

इसराइलले जमिन र आकाशबाट आक्रमण तीव्र पारेपछि प्यालेस्टिनीहरूले छाड्न थाले घर

नेपालअखबार,काठमाडौं । गजामा इसराइलले जमिन र आकाशबाट आक्रमण तीव्र पारेपछि त्यहाँबाट मानिसहरू भाग्न थालेका छन्। विश्वका अधिकांश देशहरूको विरोधका बाबजुद इसराइलको मन्त्रिपरिषद्ले गजामा जमिन र आकाशबाट आक्रमण तीव्र पार्ने र हमासलाई सधैँका लागि अन्त्य गर्ने निर्णय गरेको थियो। इसराइली रक्षामन्त्री इसराइल कात्जले गजा जलिरहेको भनेका छन्। सुरूवातमा गजाका बासिन्दाहरू इसराइलले बम हानिरहेपनि आफ्नो थातथलो छाडेर कतै नजाने बताउँदै आएका थिए। तर इसराइली सेनाले जमिन र आकाशबाट अन्धाधुन्ध आक्रमण गर्न थालेपछि मानिसहरू गजा सहर छाडेर भाग्न थालेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। कतारी टेलिभिजन नेटवर्क अलजजिराका अनुसार इसराइली हमलाबाट आइतबार मात्रै गजामा ९१ जनाको मृत्यु भएको छ। इसराइली सेनाले लगातार मानिसहरूलाई गजा छाड्न आह्वान गर्दै आइरहेको छ। पछिल्लो साता गजाका ठुल्ठूला आवास...
संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो : सभामुख घिमिरे
राजनीति, समाचार

संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो : सभामुख घिमिरे

नेपालअखबार,काठमाडौं ।  सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । संसद्‍ विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारहरूको जिज्ञासमा सभामुख घिमिरेले यस्तो बताएका हुन् । सभामुख घिमिरेले भने– ‘प्रतिनिधिसभा विघटन नगरी संसदबाटै समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो ।’ जेनजीको आन्दोलनमा घटेका घटना ज्यादै दुःखद रहेका सभामुख घिमिरेले बताए । अब अहिलेको परिस्थितिबाट उठेर ठिक ढङ्गबाट अगाडि जानु सबैको दायित्व रहेको घिमिरेले बताए । अन्तरिम सरकारले अहिले देखिएका समस्या समाधान गरी अगाडि बढ्नुपर्ने बताए । सभामुख घिमिरेले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको बताए । यस घटनाको समीक्षा गरेर देशलाई उठाउनका लागि आम मान्छे, आम जनता, आम क्षेत्र सबै लाग्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो ।...
दुई आयोगका अध्यक्षद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
राजनीति, समाचार

दुई आयोगका अध्यक्षद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

नेपालअखबार, काठमाडौँ । नेपालको संविधानको धारा २९४ बमोजिम मधेसी आयोग र राष्ट्रिय महिला आयोगका अध्यक्षले आ–आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेका छन्। राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोईरालाका अनुसार प्रतिवेदन बुझाउने क्रममा दुबै अध्यक्षहरूले आयोगका गतिविधि, चुनौती र आगामी योजनाबारे राष्ट्रपति समक्ष संक्षिप्त जानकारी दिएका थिए।...
जनमत पार्टीका ६ नेताले सामूहिक राजीनामा दिए
राजनीति, समाचार

जनमत पार्टीका ६ नेताले सामूहिक राजीनामा दिए

नेपालअखबार,काठमाडौँ । जनमत पार्टीका ६ शीर्ष नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन् । आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरूमा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा सङ्घका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्यसहित केन्द्रीय सदस्य विक्रम बहादुर बम रहेका छन् । पार्टी अध्यक्षलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनीहरूले नेपालका विषम परिस्थिति र जनमानसको अपेक्षाअनुरूप पार्टी नेतृत्वले आत्मालोचना गर्न नसकेको र नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्दै नेताहरूले अपमान गरेको आरोप लगाएका छन् राजीनामा पत्रमा भनिएक...
राजकीय भोजमा चार्ल्सले गरे ट्रम्पको प्रशंसा
राजनीति, विश्व, समाचार

राजकीय भोजमा चार्ल्सले गरे ट्रम्पको प्रशंसा

नेपालअखबार,लण्डन । बेलायतका राजा चार्ल्सले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको राजकीय भ्रमणको अवसरमा आयोजित रात्रिभोजमा ‘विश्वका केही जटिल द्वन्द्वहरूको समाधान खोज्ने’ ट्रम्पको व्यक्तिगत प्रतिबद्धताको प्रशंसा गरेका छन्। उनले ‘अत्याचार’ विरुद्ध युक्रेनलाई सहयोग गर्न अमेरिकाको समर्थनको पनि आह्वान गरे। जवाफमा, राष्ट्रपति ट्रम्पले अमेरिका र बेलायतबिचको विशेष सम्बन्धको प्रशंसा गर्दै ‘विशेष’ शब्दले मात्र यो सम्बन्धको पूर्ण व्याख्या गर्न नसकिने बताए।विन्डसर क्यासलमा १६० जना पाहुनाका लागि आयोजित भव्य रात्रिभोजमा चार्ल्सले दुई देशबिचको गहिरो सम्बन्ध र सांस्कृतिक, व्यापारिक र सैन्य सम्बन्ध कायम राख्नुपर्ने आवश्यकतामा जोड दिए। ‘हाम्रा मानिसहरूले हामीले मन पराउने मूल्यमान्यताका लागि सँगै लडेका छन् र मरेका छन्,’ चार्ल्सले भने। राजकीय भ्रमण बिहीबार पनि जारी रहनेछ, जसमा रानी क्यामिला र वेल्सकी राजकुमारी...
प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको सरकारमा मुस्लिम मन्त्री आउलान् त ?
राजनीति, विचार, समाचार

प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको सरकारमा मुस्लिम मन्त्री आउलान् त ?

नसीम अन्सारी ,सुनसरी। देशमा जेन-जी पुस्ताहरुले गरेको आन्दोलनपछि भएको राजनीति परिवर्तनमा शुशिला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले मुस्लिम समुदायबाट मन्त्री बनाउछ । देशका सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानन्यायाधीश हुुँदा गरेको न्यायहरु प्रशंसा योग्य रहेको कुरा सबैलाई सर्वविदित रहेका छन् । देशका पहिलो महिला प्रधानमन्त्री भएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुस्लिम समुदायलाई आफ्नो नेतृत्वको सरकारमा मुस्लिम समुदायबाट मन्त्रीमण्डलमा सहभागी गराएर मुस्लिम समुदाय माथि न्याय गर्छ त ? अहिले मात्रै होइन, पछिल्ला केही वर्षदेखि नेपाली राजनीति तरंगित छ। किनभने, पछिल्ला केही वर्षदेखि हामी विभिन्न मुद्दामा बहस गर्दै छौँ । अहिले ओली सरकारको अन्त्यसँगै बन्ने नयाँ सरकारले पनि नेपाली राजनीति तरंगित छ । यसको रूपरेखा कस्तो बन्ने हो, धेरैकोे चासोको विषय रहेको छ । अथव...
गाजा सहरमा इजरायली स्थल आक्रमण, प्यालेस्टिनीहरूको पलायन जारी
राजनीति, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

गाजा सहरमा इजरायली स्थल आक्रमण, प्यालेस्टिनीहरूको पलायन जारी

नेपालअखबार, गाजा । इजरायलले गाजा सहरलाई कब्जा गर्ने उद्देश्यले ठुलो स्थल आक्रमण सुरु गरेपछि हजारौँ प्यालेस्टिनीहरू सहर छोड्न बाध्य भएका छन्। इजरायली सेनाले गाजा सहरको 'हमासको अन्तिम गढ’ मानिने क्षेत्रमा ३ हजार हमास लडाकुलाई परास्त गर्ने र आफ्ना बन्धकहरूलाई मुक्त गर्ने लक्ष्य राखेको बताएको छ। रातभरको भारी बमबारीका बिच हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीनवटा अलग–अलग आक्रमणमा बाल अस्पताललाई निशाना बनाइएको बताएको छ। मन्त्रालयका अनुसार यी आक्रमणका कारण अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका छन्। इजरायली सेनाले भने यस रिपोर्टको अनुसन्धान गरिरहेको जनाएको छ। यसअघि, इजरायली सेनाले दुई दिनमा गाजा सहरमा १५० भन्दा बढी ’आतङ्कवादी लक्ष्यहरू’ मा आक्रमण गरेको घोषणा गरेको थियो। कतारद्वारा कडा निन्दा इजरायलको यस कारबाहीको कतारले कडा निन्दा गरेको छ। कतारको विदेश मन्त...
जनमत पार्टीका नेताहरूले अध्यक्ष सिके राउतको राजीनामा मागे
राजनीति, समाचार

जनमत पार्टीका नेताहरूले अध्यक्ष सिके राउतको राजीनामा मागे

नेपालअखबार,काठमाडौं । जनमत पार्टीका नेताहरूले अध्यक्ष सिके राउतको राजीनामा मागेका छन्। वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताहरूले विश्वसनीयता र जनआस्थाको पुनर्स्थापना गर्न नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै राउतसँग राजीनामा मागेका हुन्। प्रवक्ता शरदसिंह यदव, संयोजक संजयकुमार यादव, सिके सिंह,  राजाराम चौधरी र बिक्रबहादुर बमले राजीनामा मागेका हुन्। उनीहरूले संगठन विभाग प्रमुख जयकान्त राउतको पनि राजीनामा मागेका छन्। ‘पार्टीको समय हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनःस्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुग्दै हामी निम्न हस्ताक्षरकर्ताहरू, पार्टीका जिम्मेवार पदाधिकारीहरूको हैसियतले, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सि.के. राउत) ज्यू र संगठन विभाग प्रमुख डा. जयकान्त राउतज्यू‌ले २४ घण्टाभित्र आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिनुहुन हार्दिक अनुर...
एमाले युवाहरूको पार्टी हो : शङ्कर पोखरेल
राजनीति, समाचार

एमाले युवाहरूको पार्टी हो : शङ्कर पोखरेल

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पारेका छन् । एमालेका केन्द्रीय विभागको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताए । महासचिव पोखरेलले एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उल्लेख गरे। सोही क्रममा जेनजी प्रदर्शनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरियो । एमालेले असोज ३ गते संविधान दिवस मनाउने तयारीका लागि पार्टीको विभागीय बैठक राखेको थियो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आगामी असोज ३ गते संविधान दिवस भव्यतापूर्वक मनाउने जानकारी दिए । महासचिव पोखरेलले परिपत्र गर्दै संविधान दिवस भव्यताका साथ मनाउन प्रदेश कमिटी र जिल्ला कमिटी अध्यक्षलाई निर्देशन दिएका छन् ।रासस...
बागमतीका सभामुख पाठकले राजीनामा दिए
राजनीति, समाचार

बागमतीका सभामुख पाठकले राजीनामा दिए

नेपालअखबार,काठमाडौं । बागमती प्रदेशसभाका  सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले उपसभामुख अप्सरा चापागाईंसमक्ष राजीनामा बुझाएको जानकारी दिए। 'कानुनअनुसार उपसभामुखलाई आजै राजीनामा बुझाएको छु,' उनले भने। पाठकले नैतिकताका आधारमा पदमा नबसकेको बताए। 'भर्खरै प्रदेशसभा भवन बनाएका थियौं। त्यो पनि २४ गते जल्यो। यो विषम् परिस्थितिकाबीच पदमा बसिराख्न नैतिकताले दिएन,' उनले भने। प्रतिनिधिसभा विघटन भए पनि प्रदेश सभा र स्थानीय सरकार कायम रहन्छ। पाठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सभामुख बनेका थिए।...