Wednesday, August 12

राजनीति

भारतका प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई
राजनीति, समाचार

भारतका प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई

नेपालअखबार,काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै यो शुभकामना दिएका हुन्। उक्त पोस्टमा मोदीले लेखेका छन्, "नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई तथा शुभकामना। भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिको लागि सदैव प्रतिबद्ध छ।" भारतले शुक्रबार रातिनै नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई भारतले नेपालको शान्ति र स्थायित्वलाई सुदृढ पार्ने सकारात्मक कदमका रूपमा लिएको जनाएको थियो। भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भ...
नेपालको अन्तरिम सरकार गठनमा भारतको स्वागत
राजनीति, समाचार

नेपालको अन्तरिम सरकार गठनमा भारतको स्वागत

नेपालअखबार,काठमाडौं । नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा छिमेकी मुलुक भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर नेपालको नयाँ सरकारको स्वागत गरेको हो । कार्की नेतृत्वको अन्तरिम सरकारले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्ने भारतको विश्वास छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ ।’ भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।...
६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने
राजनीति, विचार, समाचार

६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने

नेपालअखबार,काठमाडौं । आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।...
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
राजनीति, समाचार

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

नेपालअखबार,काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी हुन् ।नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।...
संविधानभन्दा पछाडि फर्कने कुनैपनि प्रयास नगर्न मुस्लिम संघको माग
राजनीति, समाचार

संविधानभन्दा पछाडि फर्कने कुनैपनि प्रयास नगर्न मुस्लिम संघको माग

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघले जेनजी पुस्ताको माग सम्बोधन गर्ने क्रममा २०७२ को संविधानभन्दा पछाडि फर्कने कुनैपनि प्रयास नगर्न आग्रह गरेको छ । आन्दोलनका क्रममा भएको क्षति र हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संघले नेपालको संविधानभित्रैबाट निकास खोज्नुपर्नेमा जोड दिएको हो । संघका महासचिव प्रवेज आलम अन्सारीले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । संघले शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारलाई जायज मानेपनि सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालतलगायतका सरकारी तथा निजी सम्पत्तिमा भएको आगजनी र भौतिक संरचनाको क्षतिलाई ‘अत्यन्तै दुःखद र निन्दनीय’ कार्यको रूपमा भत्र्सना गरेको छ। यसैगरी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत अन्य व्यक्तिहरूमाथि भएको भौ...
प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल
राजनीति, समाचार

प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन् । शितलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सरकार प्रमुख बनाउने र उनले प्रतिनिधि सभा विघटनको निर्णय गर्ने सहमति जुटेको छ । उक्त सहमतिलाई महासचिव पोखरेलले बिडम्बनापूर्ण भनेका हुन् । ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउने सुनाउनेहरु अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनपूर्ण विषय हो’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।’...
सुशीला कार्कीकाे नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने
राजनीति, समाचार

सुशीला कार्कीकाे नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने

नेपालअखबार,काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएसँगै उनको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने भएको छ । जेनजीको प्रदर्शनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रमुख भएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक किरण पोखरेलका अनुसार तीन सदस्यीय मन्त्रिमण्डल बन्ने छ । उनका अनुसार मन्त्री बन्नेहरूकाे नाम फाइनल हुँदैछ । जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध देशभर प्रदर्शन गरेका थिए ।...
सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, ९ बजे शपथ
राजनीति, समाचार

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, ९ बजे शपथ

नेपालअखबार, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार कार्कीको शपथ ९ बजे हुनेछ । यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो । कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेका थिए । कार्कीलाई अन्तरिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको थिएन । पोखरेलले भने, ‘यसबारे कार्कीको नियुक्तिसँगै सहमतिको औपचारिक जानकारी आउनेछ ।’यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधान...
संकटको निकास संविधानबाटै खोज्न पाण्डेको आग्रह
राजनीति, विचार, समाचार

संकटको निकास संविधानबाटै खोज्न पाण्डेको आग्रह

नेपालअखबार,काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान संकटको निकास संविधान खोज्नुपर्ने बताएका छन् । शुक्रबार बिहान एक वक्तव्य जारी गर्दै पाण्डेले असहज परिस्थितिको निकास २०७२ सालमा संविधान सभाबाट जारी संविधानबाटमात्र सम्भव भएको बताएका हुन् । यदि संविधानभन्दा बाहिर गएर निकास खोज्न प्रयास भए अन्त्यहीन विवादमा फस्ने तथा देश र जनताले सधैँ दुख पाउने अवस्था आउने पाण्डेको धनाइ छ । ‘त्यसैले म सम्माननीय राष्ट्रपतिज्यूले सुझबुझ पुर्‍याएर आन्दोलनरत जेनजी प्रतिनिधिहरूलाई साथ लिई, संविधानविदहरु, नागरिक समाज, बुद्धिजीवी, संसदमा रहेका दलसमेतलाई सहभागी बनाई वर्तमान संसदबाटै संविधान संशोधन गरी आन्दोलनकारीले उठाएका मागलाई सम्बोधन गर्दै संविधानभित्रैबाट निकास खोजी अन्तरिम सरकार गठन गर्न हार्दिक आग्रह गर्दछु’, पाण्डेले वक्तव्यमार्फत भनेका छन् ।...
‘नेपाल शैलीको विद्रोह’ को आह्वान गरेको भन्दै भारतमा पूर्वसांसदविरुद्ध १४ वटा एफआइआर दर्ता
राजनीति, विदेश, समाचार

‘नेपाल शैलीको विद्रोह’ को आह्वान गरेको भन्दै भारतमा पूर्वसांसदविरुद्ध १४ वटा एफआइआर दर्ता

नेपालअखबार,कोलकाता । नेपालको राजनीतिक अस्थिरतालाई जोडेर पश्चिम बङ्गालमा ‘सामूहिक विद्रोह’ को आह्वान गरेको आरोपमा भारतीय जनता पार्टी (भाजपा) का पूर्वसांसद अर्जुन सिंहविरुद्ध १४ वटा एफआईआर दर्ता गरिएको छ। उनको विवादास्पद टिप्पणीपछि भाजपाका नेताहरूले पनि उनबाट दूरी बनाएका छन्। सिंहले बुधबार नेपालको राजनीतिक अशान्तिसँग समानान्तरता जोड्दै विवादास्पद टिप्पणी गरेका थिए। ‘पश्चिम बंगालका युवाहरू यो भ्रष्ट सरकारलाई हटाउन कहिले उठ्छन्? रक्तपात बिना कुनै भ्रष्ट शासनको अन्त्य हुँदैन... बेरोजगार युवाहरूले नेपालबाट सिक्नुपर्छ। जब बंगालका युवाहरू उठ्छन्, यदि उनीहरूले मलाई बोलाए भने, म अगाडिबाट नेतृत्व गर्न तयार छु,’ उनले भनेका थिए। बाराकपुर प्रहरी प्रमुख मुरलीधर शर्माले सिंहविरुद्ध १४ वटा मुद्दा दर्ता भएको र अनुसन्धान भइरहेको पुष्टि गरेका छन्। यद्यपि, सिंहले आफ्नो अडानमा अडिग रहँदै भनेका छन्, ‘म फेर...