Sunday, November 1

राजनीति

राष्ट्रपतिलाई रविले गरे बाढीको ब्रिफिङ
राजनीति, समाचार

राष्ट्रपतिलाई रविले गरे बाढीको ब्रिफिङ

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । साेमबार  राष्ट्रपति भवन शीतलनिवासमा पुगेर लामिछानेले राष्ट्रपति पाैडेलसँग भेट गरेका हुन् । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँगको भेटपछि सभापति लामिछाने राष्ट्रपति पौडेल भेट्न शीतलनिवास पुगेका थिए । भेटका क्रममा रसुवाको भोटेकोसी नदीमा आएको बाढी र बाढीले पुर्‍याएको क्षति तथा बाढी प्रभावितको उद्धार र राहतका लागि भइरहेको प्रयासबारे उनले राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका छन् । सभापति लामिछानेले सोमबार नै प्रधानमन्त्री बालेनसँग भेट गरेर सरकारले गरिरहेको कामबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीले दिएको जानकारीअनुसार उनले पछि राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका हुन् ।...
एमालेले भोटेकोशी-त्रिशूली बाढी पीडितलाई १ करोड २० लाख सहयोग गर्ने
राजनीति, समाचार

एमालेले भोटेकोशी-त्रिशूली बाढी पीडितलाई १ करोड २० लाख सहयोग गर्ने

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्तीमा १ करोड २० लाख रुपैयाँ सहयोग गरिने बताएका हुन्। ‘सरकारको कोषमा रकम जम्मा गर्दा कहिलेकाहीँ त्यो खातामै रहने र पीडितले तत्काल पाउनुपर्ने पिउने पानीसमेत नपाउने अवस्था सिर्जना हुन्छ। हाम्रो प्राथमिकता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई मात्र बलियो बनाउने नभई पीडितका हातमा छिटोभन्दा छिटो राहत पुर्‍याउनु हो,’ उनले भने। अध्यक्ष ओलीले राहत र पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन कुन माध्यमबाट वास्तविक पीडितसम्म छिटो पुग्न सकिन्छ, पार्टीले सोही बाटो अवलम्बन गर्ने पनि ब...
सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक
राजनीति, समाचार

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु बैठकमा रसुवा बाढीपछिको राहत, उद्धारलगायतका विषयमा छलफल भइरहेको छ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले बाढीपछिको उद्धार र राहतमा सरकारले परिपक्व काम गर्न नसकेको बताइरहेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र प्रमुख सचेतक वासना थापा बाढी प्रभावित जिल्ला नुवाकोटको स्थलगत अनुगमन गरेर फर्किएपछि बैठक बोलाएका हुन् ।...
रसुवा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्‍बाट शोक प्रस्ताव पारित
राजनीति, समाचार

रसुवा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्‍बाट शोक प्रस्ताव पारित

नेपालअखबार,काठमाडौं । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ । प्रस्तावमाथि छलफलपछि बेलायतको संसद्ले सर्वसम्मतिले उक्त शोक प्रस्ताव पारित गरेको हो । मृतकहरूप्रति सम्मान व्यक्त गर्दै सांसदहरूले बैठकमा एक मिनेट मौन धारण गरेका थिए । त्यसलगत्तै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै प्रार्थना गरिएको थियो । उक्त प्रार्थनाको सञ्चालन बंगलादेशका धार्मिक मामिला मन्त्री काजी शाह मोफज्जल हुसेनले गरेका थिए । यसैबीच, बंगलादेशको संसदका सभामुख हाफिज उद्दीन अहमदले पनि नेपालमा बाढी र पहिरोका कारण भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दु:ख र शोक व्यक्त गरेका छन् । सभामुख अहमदले एक शोक सन्देश जारी गर्दै शोक सन्तप्त नेपाली परिवारजनप्रति...
बाढीमा फसेकाहरूको उद्धारका लागि गृहसचिवमार्फत सरकारको ध्यानाकर्षण
राजनीति, समाचार

बाढीमा फसेकाहरूको उद्धारका लागि गृहसचिवमार्फत सरकारको ध्यानाकर्षण

नेपालअखबार, काठमाडौँ । भोटेकोशी क्षेत्रमा आएको विपत्तिपछि सम्पर्कविहीन रहेका ओखलढुंगेली नागरिकको तत्काल खोजतलास, उद्धार तथा अवस्थाबारे परिवारलाई जानकारी गराउन राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति एवं पूर्वसांसद रामहरि खतिवडाको टोलीले गृहसचिवलाई भेटी सरकारको ध्यानाकर्षण गराएको छ । भेटका क्रममा पूर्वसांसद खतिवडाले सम्पर्कविहीन नागरिकहरूको अवस्था तत्काल पत्ता लगाई जुनसुकै अवस्थामा रहेका भए पनि परिवारलाई यथाशीघ्र जानकारी गराउन तथा खोज तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरे । सो क्रममा गृहसचिवले सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारका लागि टोली परिचालन भइरहेको र केही व्यक्तिहरू हाल सुरुङ (टनेल) भित्र रहेको जानकारी प्राप्त भएको बताए । साथै, विपत्तिमा प्रभावित नागरिकका लागि राहत सामग्री व्यवस्थापन तथा वितरणमा विशेष प्राथमिकता दिइएको जानकारीसमेत गराए ।...
उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री
राजनीति, समाचार

उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीपछि उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत बाढीपछिको अवस्थामा राज्यले गरेका प्रमुख काम तथा प्रगतिबारे जानकारी गराउँदै यस्तो बताएका हुन् । ‘यस कठिन घडीमा विपद्‌बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ । उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ,’ प्रधानमन्त्री शाहले लेखेका छन् । उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको, हालसम्म ४,४५१ जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर सटल फ्लाइट गरिरहेको, खोजी कार्य तल्लो तटीय क्षेत्रसम्म विस्तार गरिएको लगायतका विषय उनले सञ्जालमार्फत जानकारी गराएका हुन् । यस्तो छ प्रधानमन्त्र...
राहत वितरणमा समन्वय गर्न प्रधानमन्त्री सचिवालयको अनुरोध
राजनीति, समाचार

राहत वितरणमा समन्वय गर्न प्रधानमन्त्री सचिवालयको अनुरोध

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले राहत वितरणका लागि बाढी प्रभावित क्षेत्रमा जान लागेकाहरूलाई सरकारका निकायसँग समन्वय गर्न अपील गरेको छ। शुक्रबार सचिवालयले नोट जारी गर्दै राहत वितरण गर्न जाँदा सवारी चाप बढ्न थालेको र राहतदाताहरूको समेत सुरक्षा जोखिम हुने भएकाले सरकारी सयन्त्रसँग समन्वय गर्न अनुरोध गरेको हो। ‘विषम अवस्था र जोखिमयुक्त भूगोलमा पूर्वतयारी विना पुग्दा स्वयं राहतदाताहरूको सुरक्षामा समेत जोखिम थपिन गएको छ। ​तसर्थ, उद्धार तथा राहत कार्यलाई थप भद्रगोल र जोखिमयुक्त हुन नदिन र वास्तविक पीडितसम्म शीघ्र राहत पुर्‍याउनका लागि व्यक्तिगत रूपमा प्रभावित क्षेत्रतर्फ जाने कार्य रोकी सरकारी संयन्त्रसँग समन्वय गरिदिनुहुन आग्रह गरिन्छ,’ सचिवालयको नोटमा भनिएको छ। सडकमा एम्बलेन्सहरूले समेत सहज बाटो नपाएको र उद्धार टोलीहरूले समेत समस्या भोगिरहेको सचिवालयले बताए...
बाढीमा परेका ५९ जनाको काठमाडौंमा उपचार हुँदै
राजनीति, समाचार

बाढीमा परेका ५९ जनाको काठमाडौंमा उपचार हुँदै

नेपालअखबार, काठमाडौं । भोटेकोशीमा बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९ जनाको अहिले काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाडौंका अनुसार बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोटलगायत जिल्लाका ८८ जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याएको थियो। केन्द्रका अनुसार तीमध्ये २९ जना काठमाडौंको विभिन्न अस्पतालमा उपचारपश्चात् ‘डिस्चार्ज’ भएर फर्किएका छन्। शिक्षण अस्पताल महाराजगञ्ज अस्पतालमा तीन जना घाइतेको उपचार भइरहेको छ भने सो अस्पतालबाट उपचार गरेर ११ जना डिस्चार्ज भएका छन्। त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका ३१ जनामध्ये १२ जना उपचारपश्चात् डिस्चार्ज भएका छन्। वीर अस्पतालमा ६ जना उपचारका लागि भर्ना भएकामा पाँच जना उपचारपछि डिस्चार्ज भएका छन्। त्यस्तै, मनमोहन हस्पिटलमा दुई जना र ग्रीनसिटी अस्प...
राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव
राजनीति, समाचार

राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव

नेपालअखबार, काठमाडौं । सर्वदलीय बैठकमा राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव प्रस्तुत भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले नै यस्तो प्रस्ताव राखेका हुन् । सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । उक्त बैठकमा सभापति लामिछानेले भनेका छन्, ‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं । जसले सरकारलाई निर्णय गर्न सहज होस् ।’ सरकारको राहत र उद्धार कोषलाई एकद्वार मानेर सबै दल एक ठाउँमा उभिएर सहयोग गर्ने पनि उनको आग्रह रहेको छ । सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्...
उद्धारका लागि बिहानदेखि १५ बढी उडान भए- प्रधानमन्त्री बालेन
राजनीति, समाचार

उद्धारका लागि बिहानदेखि १५ बढी उडान भए- प्रधानमन्त्री बालेन

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको भिषण बढी पछि उद्दार कार्य कसरी हुँदै छ भनेर आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन्। बिहानै साढे ६ बजेदेखि उद्धारका लागि १५ भन्दा बढी हेलिकोप्टर उडान भइसकेको, आज बिहानै ११६ जनालाई नेपाली सेनाले उद्धार गरेको उनले जानाएका छन्। ‘थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन्,’ उनको फेसबुक पेजमा भनिएको छ, ‘नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ।’ उनका अनुसार उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ। अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍...