Monday, August 3

राजनीति

रास्वपा महाधिवेशनमा भाग लिन प्रधानमन्त्री बालेन चितवन प्रस्थान
राजनीति, समाचार

रास्वपा महाधिवेशनमा भाग लिन प्रधानमन्त्री बालेन चितवन प्रस्थान

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवनतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह रास्वपा वरिष्ठ नेता पनि हुन्। आजदेखि रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरू हुँदैछ। प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनतर्फ प्रस्थान गरेका हुन्। साथमा उनकी श्रीमती र छोरी पनि छन्। यही जहाजमा राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन पनि चितवन जाँदैछन्। रास्वपाले विभिन्न दलका शीर्ष नेताहरूलाई शुभकामना दिन आमन्त्रण गरेको छ।...
रास्वपा महाधिवेशनमा प्रतिनिधि सहभागी कति हुन्छन्  ?
राजनीति, समाचार

रास्वपा महाधिवेशनमा प्रतिनिधि सहभागी कति हुन्छन् ?

नेपालअखबार,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा झन्डै चार हजार हाराहारी महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । रास्वपा नेतृ तथा महाधिवेशन उपसमिति संयोजक लिमा अधिकारीले ३९९० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने जनाए पनि केही प्रतिनिधि अझै बढ्न सक्ने बताइएको छ । ‘चार हजार हाराहारी प्रतिनिधि सहभागी हुने अहिलेसम्मको जानकारी छ’, रास्वपा सङ्गठन विभाग सचिव शंकर श्रेष्ठले भने, ‘अंक तलमाथि हुन सक्छ । प्रतिनिधि निश्चित भएपछि आइतबार बेलुकासम्म प्रारम्भिक नामावली प्रकाशित हुन्छ ।’ रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा आजबाट सुरु हुँदैछ । महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त रुपमा उद्घाटन गर्दैछन् । महाधिवेशनले १९ पदाधिकारीसहित १५१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । जसमध्य...
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
राजनीति, समाचार

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका छन् । बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उनले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरे। योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको, यसमा ध्यान, प्राणायाम र शारीरिक आसनहरूको संयोजन रहने तथा यसलाई वैज्ञानिक मानवीय जीवनशैली तथा जीवनपद्धतिका रूपमा लिनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याई तनाव कम गर्न तथा सकारात्मक ऊर्जा प्राप्त गर्न सहयोग गर्ने धारणा व्यक्त गरे सन्देशमा योगसम्बन्धी अध्ययन, अनुसन्धान तथा ऐतिहासिक एवं पुरातात्विक तथ्यले हाम्रो मुलुक योगभूमिका रूपमा रहेको पुष्टि गर्दै आएको उल्लेख ...
देश र जनतालाई केन्द्रमा राखेर सामाजिक–आर्थिक रुपान्तरणको एजेण्डासहित अघि बढिरहेको दाबी : सहसंयोजक नेपाल
राजनीति, विचार, समाचार

देश र जनतालाई केन्द्रमा राखेर सामाजिक–आर्थिक रुपान्तरणको एजेण्डासहित अघि बढिरहेको दाबी : सहसंयोजक नेपाल

नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले पार्टी देश र जनतालाई केन्द्रमा राखेर सामाजिक–आर्थिक रुपान्तरणको एजेण्डासहित अघि बढिरहेको दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । केही व्यक्तिहरूले पार्टीबारे नकारात्मक प्रचार गरिरहेको भन्दै भ्रममा नपर्न समेत पार्टीपंक्तिलाई आग्रह गरे । ‘कोही कोही मान्छेहरु नकारात्मक प्रचार गरेर हिँडिरहेका छन् । तर हामीले बुझिरहेका छौँ जुन पार्टी देशलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्दछ, जुन पार्टी जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्छ, जुन पार्टी विश्वास भावले  समाजमा आमुल परिवर्तनको सामाजिक आर्थिक रुपान्तरणको एजेण्डा लिएर अगाडि बढ्छ,’ उनले भने । उनले देशलाई केन्द्रबिन्दुमा राख्ने, जनताका मुद्दालाई प्राथमिकतामा राख्ने र समाजमा आमूल परिवर्तन ल्या...
मन्त्रिपरिषद्का ६ निर्णय यस्ता छन्
राजनीति, समाचार

मन्त्रिपरिषद्का ६ निर्णय यस्ता छन्

नेपालअखबार,काठमाडौं । सरकारले विशेष सेवा ऐन ०४२ व्यवस्था जगाउनेसम्बन्धी विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले योसँगै नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा कैलालीका डा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि आजको बैठकले गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । यीसँगै आजको मन्त्रिपरिषद् बैठकले ६ वटा निर्णय गरेको छ । यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय १. नेपाल विशेष सेवा ऐन २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। २. नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपालप्रसाद भट्ट, कैलालीलाई नियुक्त गर्ने। ३. सहकारी सम्बन्ध...
सरकार गरिबका विरूद्ध छ, किसानका विरूद्ध छ- नेकपाका संयोजक प्रचण्ड
राजनीति, समाचार

सरकार गरिबका विरूद्ध छ, किसानका विरूद्ध छ- नेकपाका संयोजक प्रचण्ड

नेपालअखबार, काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सरकारका क्रियाकलाप र निर्णयहरू जनहित विपरीत रहेको टिप्पणी गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन्। उनले सरकारको नीति तथा कार्यक्रम, बजेट र अन्य निर्णयहरू मजदुर किसानका विरूद्ध रहेको टिप्पणी गरे। उनले सरकारको श्रमिक वर्गविरोधी नीतिविरूद्ध सदन र सडक दुवैतिरबाट आवाज उठाउने तयारी भइरहेको बताए। उनले सरकारको जनहितविरोधी क्रियाकलापका विरूद्ध सबै प्रतिपक्षी दलहरूलाई एक ठाउँमा केन्द्रित गरेर अघि बढ्ने प्रयास भइरहेको समेत बताए। उनले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका स्थापित राजनीतिक दलहरूलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप पनि लगाए। प्रतिक्रियावादी शक्तिहरूले दलहरूभित्र विभाजन, अन्तरकलह र भ्रम ...
स्विट्जरल्याण्डमा हुने भनिएको अमेरिका-इरान वार्ता अन्तिम समयमा रद्द
राजनीति, विश्व, समाचार

स्विट्जरल्याण्डमा हुने भनिएको अमेरिका-इरान वार्ता अन्तिम समयमा रद्द

नेपालअखबार, काठमाडौं ।  अमेरिका र इरानबीच युद्ध अन्त्यसम्बन्धी समझदारीपत्र (एमओयू) कार्यान्वयनबारे शुक्रबार स्विट्जरल्यान्डमा हुने तय भएको प्रत्यक्ष वार्ता अन्तिम समयमा स्थगित भएको छ। स्विट्जरल्याण्डको विदेश मन्त्रालयले बिहीबार वक्तव्य जारी गरी स्विट्जरल्यान्डको रिसोर्टमा शुक्रबारका लागि तय गरिएको अमेरिका–इरान वार्ता नहुने जनाएको हो। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधिमण्डलसँग भेट गर्न तय भएको स्विट्जरल्यान्ड भ्रमण स्थगित गरेपछि मन्त्रालय वार्ता रोकेको हो। यसअघि अमेरिका र इरानबीच हालै भएको युद्ध अन्त्यसम्बन्धी समझदारीपत्रलाई कार्यान्वयन गर्ने विषयमा शुक्रबार वा शनिबारबाट प्रत्यक्ष प्राविधिक वार्ता सुरु हुने अपेक्षा गरिएको थियो। ह्वाइट हाउसले भ्रमण स्थगित हुनुको कारणमा लजिस्टिक व्यवस्थापन भनेको छ। तर अमेरिकी र क्षेत्रीय कूटनीतिक स्रोतहरूले यसको पृष्ठभूमिमा लेबनन...
राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत
राजनीति, समाचार

राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत

नेपालअखबार, काठमाडौं । राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत भएको छ । शुक्रबार बसेको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतका लागि प्रस्तुत भएको थियो । जसलाई सभाले स्वीकृत गरेको हो । यसअघि आजै प्रतिनिधिसभाले पनि यी चार वटा अध्यादेश स्वीकृत गरेको थियो । राष्ट्रिय सभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन । तथापि, राष्ट्रिय सभाले सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गरिदिएको छ ।...
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन आदेश
राजनीति, समाचार

रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन आदेश

नेपालअखबार,काठमाडौं । रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिनका लागि काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेको संगठित अवराधको मुद्दा फिर्ता लिन आदेश जारी गरेको हो । सुमन खनाल लगायतको जाहेरीमा सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो । जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो ।...
एमाले लुम्बिनीका ८३ प्रतिशत बढी नेताहरू अध्यक्षबाट ओली हट्नुपर्ने पक्षमा
राजनीति, समाचार

एमाले लुम्बिनीका ८३ प्रतिशत बढी नेताहरू अध्यक्षबाट ओली हट्नुपर्ने पक्षमा

नेपालअखबार, काठमाडौं ।  नेकपा एमाले लुम्बिनीका ८३ प्रतिशत बढी नेताहरू अध्यक्षबाट केपी शर्मा ओली हट्नुपर्ने पक्षमा उभिएका छन्। एमालेको पार्टी समीक्षा तथा पुनर्गठन कार्यदलको लुम्बिनी प्रदेशको कपिलवस्तुमा बिहीबार भएको सुझाव संकलनका क्रममा अधिकांश नेताहरू अध्यक्षबाट ओली हट्नुपर्ने पक्षमा उभिएका हुन्। सचिव छविलाल विश्वकर्माको अध्यक्षतामा सुझाव संकलन गरिएको थियो। सुझाव संकलन कार्यक्रममा नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, प्रदीप ज्ञवाली र लुम्बिनीका नेताहरू उपस्थित रहेका थिए। सुझाव संकलनका लागि लुम्बिनीका १०९ जना नेताहरूलाई बोलाइएकोमा ७४ जना उपस्थित थिए भने ६८ जनाले सुझाव दिएका थिए। ‘अध्यक्षमा केपी शर्मा ओली यथावत रूपमा रहनुपर्छ भन्नेमा ५ जनाले धारणा राखेका थिए। नेता सूर्य थापा, भूमेश्वर ढकाल र अर्घाखाँची सचिवलगायतले ओलीलाई अध्यक्षम...