Friday, August 14

राजनीति

६ वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

६ वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले दिएको निवेदन उपर छलफल र आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा समसामयिक छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगति सम्बन्धमा छलफल हुनेछ । त्यसैगरी, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै बिहान सवा ११ बजे बस्ने सार्वजनिक नीति तथा ...
कुरामा एउटा नीतिगत र अर्कोमा नीतिगत नहुने कुरा पूर्वाग्रही हो: राजेन्द्र पाण्डे
राजनीति, समाचार

कुरामा एउटा नीतिगत र अर्कोमा नीतिगत नहुने कुरा पूर्वाग्रही हो: राजेन्द्र पाण्डे

नेपालअखबार,पोखरा। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सही ढंगले छानबिन गर्ने हो भने विगतका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाउने बताउनु भएको छ। पोखरामा समाजवादी प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पाण्डेले सहि तरिकाले छानबिन गरेमा विगतमा प्रधानमन्त्री, अर्थमन्त्री कारबाहीमा पर्ने बताउनु भएको हो। ‘आशा गरौँ वाइडबडीमा पनि आइदियोस्, गिरिबन्धु टिस्टेट, गोकर्ण सफारी पार्क, ओम्नी प्रकरणमा पनि आइदियोस्। यसको लर्को छ। यो लर्कोलाई सही ढंगबाट छानबिन गरेर कारबाही गराउने ठाउँमा पुर्‍याउने सक्यौं भने हामीले विगतमा प्रधानमन्त्री, अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाउँछौँ। पाउरोटी लिएरै जान पाउँछौं,’ उहाँले भन्नुभयो। अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि लगाइएको आरोप पूर्वाग्रही पूर्ण...
‘टेक एन्ड पे’ मा प्रधानमन्त्रीको जवाफ : नराम्रो गर्ला कि जस्तो भो, हटाइयो
राजनीति, समाचार

‘टेक एन्ड पे’ मा प्रधानमन्त्रीको जवाफ : नराम्रो गर्ला कि जस्तो भो, हटाइयो

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एन्ड पे’ बजेटबाट हटाउनु परेको बारे ठट्यौली पारामा जवाफ दिएका छन् । विनियोजन विधेयकको छलफल क्रममा सदनमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘टेक एन्ड पे राम्रो गर्न ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो भो हटाइयो ।’यसअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको २२७ नम्बर बुँदा संशोधन गरेको प्रस्ताव गरेका थिए । टेक एन्ड पे प्रावधानका कारण सत्ता समीकरण नै संकटमा पर्नेजस्तो देखिएसँगै सरकार संशोधनका लागि तयार भएको हो ।...
विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित
राजनीति, समाचार

विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

नेपालअखबार,काठमाडौं । बजेटको सबैभन्दा महत्वपूर्ण अंग मानिने विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो । पारित हुनुअघि उक्त विधेयकको मन्त्रालयगत विनियोजनमाथि छलफल भएको थियो । छलफलमा उठेका प्रश्नमा मन्त्रीहरुले जवाफ दिएका थिए । प्रतिनिधिसभामा विभिन्न सांसदले राखेको संशोधन समेत प्रतिनिधिसभाले अस्वीकृत गरेको छ । सो क्रममा उर्जा मन्त्रालय अन्तर्गत लिइएको ‘टेक एण्ड पे’ र ‘विलासिता कर’सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने अर्थमन्त्री विष्णु पौडेलले प्रतिवद्धता व्यक्त गरेका थिए ।...
सरकारको अन्तिम तयारी युएईमा ५ हजार घरेलु श्रमिक पठाउने
राजनीति, समाचार

सरकारको अन्तिम तयारी युएईमा ५ हजार घरेलु श्रमिक पठाउने

नेपालअखबार,काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा ५ हजार घरेलु श्रमिक पठाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री सरतसिंह भण्डारीले यस्तो बताएका हुन् । घरेलु श्रमिकमाथिको प्रतिबन्धले महिलाहरू अवैध र असुरक्षित बाटोबाट बिदेसिन बाध्य भएको र त्यसले थप समस्या निम्त्याएको भन्दै सुरक्षित र व्यवस्थित माध्यम अपनाउन खोजिएको मन्त्री भण्डारीले बताए । यसअघि घरेलु श्रमिक पठाउन रोक लगाउने निर्देशन दिएको संसदीय समितिले नै हालै ओमान र युएईको अध्ययन भ्रमणपछि नयाँ निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार नेपालसँग श्रम सम्झौता भएका र तुलनात्मक रूपमा राम्रो व्यवस्था भएका मुलुकमा पाइलट प्रोजेक्ट सञ्चालन गर्न लागिएको हो । ‘द्विपक्षीय श्रम सम्झौता भएको र तुलनात्मक हिसाबले राम्रो व्यवस्थ...
नेकपा एमालेले बोलायो सचिवालय बैठक
राजनीति, समाचार

नेकपा एमालेले बोलायो सचिवालय बैठक

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बुधबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । बैठकमा आगामी भदौमा तोकिएको दोस्रो विधान महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने छ । एमालेले दोस्रो विधान महाधिवेशन आगामी भदौ तेस्रो सातामा गर्ने निर्णय गरेको छ ।...
भिजिट भिसा प्रकरणबारे छानबिन  उच्चस्तरीय समितिको यी हुन् ९ कार्यादेश दियाे : गृहमन्त्री  लेखक
राजनीति, समाचार

भिजिट भिसा प्रकरणबारे छानबिन उच्चस्तरीय समितिको यी हुन् ९ कार्यादेश दियाे : गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौं । भिजिट भिसा प्रकरणबारे छानबिन गर्न सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिनसमिति बनाएको छ। सरकारले भिजिट भिसा प्रकरण गर्न बनेको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको हो। त्यसबारे गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधि सभामा जानकारी गराउँदै समितिलाई ९ बुँदे कार्यादेश दिएको बताएका छन्। ‘तत्काल गर्नुपर्ने सुधारका केही कामहरू अगाडि बढाएका छौं। तर ती मात्रै पर्याप्त नहुनसक्छन्। समग्रतामा सम्पूर्ण समस्याहरूको अध्ययन गरेर, विश्लेषण गरेर, छानबिन गरेर, ती समस्याहरूलाई समाधान गर्ने गरी अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने गरेर समिति गठन गरिएको छ,’ उनले भने। भिजिट भिसा क्षेत्रमा देखा परेका समस्या समाधान गर्नका लागि अहिले तत्काल गर्नुपर्ने कामहरू प्रारम्भ भएको पनि उनले बताए। ‘तथापि विस्तृत रूपमा यो प्रतिवेदन प्राप्त भइसकेपछि ...
नेतान्याहुले स्वीकारे ट्रम्पको युद्धविराम प्रस्ताव
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

नेतान्याहुले स्वीकारे ट्रम्पको युद्धविराम प्रस्ताव

नेपालअखबार,काठमाडौं । इजरायली प्रधानमन्त्रीको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको इराक-इजरायल युद्धविराम सम्झौता स्वीकार गरेको छ । प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उक्त प्रस्ताव स्वीकार गरेको जानकारी दिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल मा एक पोस्ट गर्दै युद्धविराम सुरु भइसकेको जनाएलगत्तै नेतान्याहुको यो भनाइ आएको हो । ‘युद्धविराम अब सुरु भइसकेको छ। कृपया यसको उल्लंघन नगर्नुहोस्!,’ ट्रम्पले भनेका थिए । त्यस्तै, इरानको तास्नीम समाचार एजेन्सीका अनुसार देशको उत्तरपश्चिमी गिलान प्रान्तमा इजरायली हवाई आक्रमणले चारवटा आवासीय युनिटहरूलाई लक्षित गर्दा नौ जना सर्वसाधारणको ज्यान गएको छ। क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार, उक्त आक्रमणले वरपरका धेरै घरहरूमा क्षति पुर्‍या...
इरानमा रातभर इजरायली हमला
राजनीति, विश्व, समाचार

इरानमा रातभर इजरायली हमला

नेपालअखबार,तेहरान । इजरायलले सोमबार राति इरानको राजधानी तेहरानमा भारी आक्रमण गरेको छ । तेहरानका एक बासिन्दाले सहरका मानिसहरूले निद्रा बिना अर्को रात बिताएको बताए । रातभरि ठुलो विस्फोटको आवाज सुनेको मानिसहरूले बताएका छन् । यसअघि इजरायलले सहरका विभिन्न क्षेत्रहरू तुरुन्तै खाली गर्न तीन पटक चेतावनी जारी गरेको थियो । इरानमा इन्टरनेट सेवा अझै पनि अवरुद्ध छ, जसका कारण स्थानीय मानिसहरूलाई चेतावनीको बारेमा जानकारी प्राप्त गर्न कठिनाइ भइरहेको छ । ‘हामी किन यति ढिलोसम्म जागा बस्नु पर्छ, किन यति धेरै तनाव सहनु पर्छ, हामीलाई के हुनेवाला छ भनेर हेर्नको लागि? म स्तब्ध छु। अब म सुन्ने हरेक आवाजबाट डराउँछु ।’ अर्का बासिन्दाले बीबीसीलाई भने । रिपोर्टहरूका अनुसार इरानको सरकारी टिभीले देशका केही भागहरू आज राति जुन १३ पछिको सबैभन्दा तीव्र हवाई आक्रमणबाट प्रभावित भएको बताएको छ । तेहरानका केही बासिन्दाहरू...
ऊर्जामन्त्री खड्का चीन प्रस्थान
राजनीति, समाचार

ऊर्जामन्त्री खड्का चीन प्रस्थान

नेपालअखबार,काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीन प्रस्थान गरेका छन्। सांघाई को–अपरेसन अर्गनाइजेसन (एससिओ)ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौं ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। बैठकमा विभिन्न देशले गरेका ऊर्जा विकास र आगामी सहकार्यका विविध विषयमा छलफल हुने ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ । यही जुन २३ देखि सुरु भएको बैठक जुन २७ तारिखसम्म सञ्चालन हुनेछ । उक्त बैठकमा आयोजक राष्ट्र चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उर्वेस्थानलगायत नौ सदस्य देश, तीन पर्यवेक्षक देश र १४ संवाद देशका ऊर्जामन्त्रीको सहभागिता छ। मन्त्री खड्काले जुन २६ मा हुने ‘इन्टरग्रेटेड इनोभेसन फर इनर्जी फ्युचर’सम्बन्धी कार्यक्रमको उद्घाटनसत्रमा मन्तव्य राख्ने र सोही दिनका विभिन...