Monday, August 17

राजनीति

दुई वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

दुई वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं ।सोमबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ । सोमबार  बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ। दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल हुनेछ। आइतबार पनि बसेको शिक्षा समितिको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएको थियो। बैठकमा सभापतिबाहेक १० जनामात्रै सांसद उपस्थित भएका थिए। २४ सदस्यीय समितिमा १३ जना उपस्थित भए मात्रै बैठक सञ्चालन गर्न मिल्छ।...
असद पदच्युत भएपछि स्वदेश फर्किने सिरियालीको लर्को
राजनीति, विदेश, समाचार, समाज

असद पदच्युत भएपछि स्वदेश फर्किने सिरियालीको लर्को

नेपालअखबार,दमास्कस । सिरियामा २४ वर्षदेखि शासन गर्दै आएका राष्ट्रपति बशर अल असदलाई सत्ताच्युत गरेको केही घण्टापछि नै छिमेकी देश लेबनान र जोर्डनबाट सिरियाली नागरिक फर्किन थालेका छन् । आइतवार अनलाइन र सामाजिक सञ्जालहरूमा यी दुई देशबाट सिरियाली नागरिकहरू सिरियाको सीमामा प्रवेश गरिरहेको देखिने कयौं तस्बिरहरु बाहिर आएका थिए । लेबनान–सिरियाको सीमामा मसना क्रसिङमा दर्जनौं कारहरू सिरिया छिर्न लाइनमा उभिएका देखिएका थिए । भीडले बशर अल–असदको विरुद्धमा नारा लगाएको सुनिएको थियो । जोर्डनको सीमामा पनि मान्छेको भिड थियो । ‘म जोर्डनमा १२ वर्षदेखि बसिरहेको छुँ । बशर अल–असदको सरकार पतन भएको खबर सुनेपछि हामी भावुक भयौं । अब हामी आफ्नो देशमा सुरक्षिको साथमा फर्किन सक्छौं ।’ जाबेर क्रसिङमा एक व्यक्तिले भनेको भन्दै समाचार एजेन्सी रोयटर्स आफ्नो समाचारमा उद्धृत गरेको थियो । सीमामा देखिएका अधिकांश कारमा सामानको ...
रविलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
प्रशासन, राजनीति, समाचार

रविलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार,पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले लामिछाने माथि ४ दिन म्याद थप भएको बताए । यद्यपि सरकारी वकिल कार्यालय कास्कीले भने १३ दिनको म्याद मागेको थियो । गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो । सुरुमा उनी माथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो । पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ । लामिछाने माथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।...
ट्रम्पको दाबीः जेलेन्स्की रूससँग सम्झौता गर्न तयार छन्
राजनीति, विश्व, समाचार

ट्रम्पको दाबीः जेलेन्स्की रूससँग सम्झौता गर्न तयार छन्

नेपालअखबार, पेरिस । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की र ट्रम्पसँग शनिबार एलिसी प्यालेसमा आयोजना गरेको त्रिपक्षीय वार्तापछि ट्रम्पको उक्त भनाइ आएको हो । ट्रम्पले युक्रेनलाई पठाइएको अर्बौं डलरको सैन्य सहायताको खुलेर खिल्ली उडाउँदै आफ्नो निर्वाचन अभियानका क्रममा आफू राष्ट्रपति निर्वाचित भए जिम्मेवारी सम्हालेको २४ घण्टाभित्र नै द्वन्द्व अन्त्य गर्न सक्ने दाबी गरेका थिए । ट्रम्पले आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘जेलेन्स्की र युक्रेन सम्झौता गर्न र युद्ध रोक्न चाहन्छन् ।’ उनले अगाडि थपेका छन्, ‘तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ । धेरैको जीवन यति अनावश्य...
दक्षिण कोरियामा पूर्व रक्षामन्त्री पक्राउ
राजनीति, विश्व, समाचार

दक्षिण कोरियामा पूर्व रक्षामन्त्री पक्राउ

नेपालअखबार,सोल । दक्षिण कोरियामा पूर्व रक्षामन्त्री पक्राउ परेका छन् । राष्ट्रपति यून सुक–येओललाई मार्शल ल लगाउन सुझव दिएका पूर्व रक्षामन्न्त्री किम योङ–ह्यून आइतबार पक्राउ परेका हुन् । अभियोजनकर्ताहरूको विशेष अनुसन्धान टोलीले आइतबार किमलाई समातेर उनको फोन पनि जफ्त गरेको छ ।पक्राउ पर्नुअघि अनुसन्धानकर्ताहरूले किमसँग सोधपुछ गरेका थिए । आइतबार १ः३० बजे तिर किम स्वेच्छिक रुपमा सोल केन्द्रीय जिल्ला अदालत अभियोजनकर्ताहरूको कार्यालयमा पुगेका योन्ह्याप न्यूज एजेन्सीले समाचार छापेको थियो । विपक्षीहरूले देशको लोकतन्त्र र स्थायित्वलाई खतरामा पारेको आरोप लगाउँदै येओलले मंगलबार राति मार्शल ल (सैन्य शासन) लागू गरेका थिए । शनिबार संसदमा येओलविरुद्धको महाभियोगको प्रस्ताव असफल भएपछि योङ–ह्यून समातिएका हुन् । महाभियोग प्रस्ताव विफल भएपनि राजीनामा दिनु अघि राष्ट्रपतिको कतव्र्यबाट उनलाई पूरै बाहिर राखि...
सिरियाको हालत खराब, राजधानी कब्जा गर्न भन्दै अघि बढे विद्रोही
राजनीति, विश्व, समाचार

सिरियाको हालत खराब, राजधानी कब्जा गर्न भन्दै अघि बढे विद्रोही

नेपालअखबार,काठमाडौं । सिरियामा विद्रोहीहरुले केही वर्षयताकै भयानक आक्रमण सुरु गरेका छन् । यस आक्रमणबाट राष्ट्रपति बसर अल असदलाई ठूलो झड्का लागेको ठानिएको छ । सिरियाका विद्रोही समूह राजधानी दमिस्क कब्जा गर्ने उद्देश्यले उत्तर र दक्षिण तर्फबाट अगाडि बढेका छन् । भिडियो फुटेजहरुमा केही प्रदर्शनकारीहरुले राष्ट्रपति असदका दिवंगत पिता हाफेज अल असदको प्रतिमा फुटाएको पनि देखिन्छ । विद्रोहीको आक्रमण तीव्र भएपछि राष्ट्रपति असदले राजधानी छाडेको हल्लासमेत चलेको थियो । तर असदको कार्यालयले त्यसलाई खण्डन गरेको छ । बीबीसीको सहयोगी सीबीएसका अनुसार राजधानी दमस्कि अब विद्रोहीको अधिनमा रहेको एक उपनगर जस्तो बन्ने देखिएको छ । सिरियाका आन्तरिक मामिला मन्त्रीले भने राजधानी दमिस्कको चारैतर्फ बलियो सैन्य घेरा रहेको दाबी गर्दै त्यसलाई कसैले पनि पार गर्न नसक्ने जनाएका छन् । यसैबीच इजरायलले सिरियाले विद्...
सिरियाका राष्ट्रपति असादले छाडे राजधानी
राजनीति, विश्व, समाचार

सिरियाका राष्ट्रपति असादले छाडे राजधानी

नेपालअखबार,काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् । विद्रोहीका कमाण्डरहरुले राजधानी दमिस्क असादको शासनबाट मुक्त भएको जनाएका छन् । विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) ले आफ्नो टेलिग्राम च्यानलमार्फत् बशर अल असादले देश छोडेको र सिरिया अब स्वतन्त्र भएको बताएको छ । उसले भनेको छ, ‘एउटा कालो अध्याय अन्त्य भएर नयाँ शुरुवात हुँदै छ ।’ रोयटर्सले पनि सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै राष्ट्रपति बसर अल असादले राजधानी छाडेको समाचार लेखेको छ । यद्यपि उनी राजधानी छाडेर कहाँ गए भन्ने उल्लेख छैन । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले राजधानी दमिस्कबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति बशर अल असद हुनसक्ने जनाएको छ । सिरियाका विद...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान
राजनीति, समाचार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  मंसिर २४ गते बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने  बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिसकिएको छ । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुनेछ । सोही बैठकबाट त्यसबारेमा पार्टीको आधिकारिक धारणा तय गरिने बताइएको छ ।...
मन्त्री भण्डारी र समकक्षी भारतीय मन्त्री जोशीबिच भेटवार्ता
राजनीति, समाचार

मन्त्री भण्डारी र समकक्षी भारतीय मन्त्री जोशीबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशीबिच बुधबार साँझ नयाँदिल्लीमा भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित मन्त्री जोशीकै कार्यकक्षमा भएको भेटका क्रममा दुवै मन्त्रीले नेपाली कम्पनीहरूको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआइएस) प्रमाणीकरण र नवीकरणीय तथा अत्यावश्यक खाद्यवस्तु गहुँ, धान र चिनी आयातमा सहजीकरण गर्नेलगायत द्धिपक्षीय हितका विषयमा छलफल गरेका थिए । मन्त्री भण्डारीले सो क्रममा भारतबाट नेपाल भित्रिने अत्यावश्यक वस्तुको आयातमा सहजता प्रदान गर्न मन्त्री जोशीको ध्यानाकर्षण गराउँदै सहजिकरणका विषयमा सकारात्मक छलफल भएको भ्रमण टोलीमा सहभागी उद्योग मन्त्रालयका उपसचिव तर्कराज भट्टले जानकारी दिए । यस्तै मन्त्री भण्डारीले नेपाली उत्पादित वस्तुको भारत न...
प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौं प्रस्थान
राजनीति, समाचार

प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौं प्रस्थान

नेपालअखबार,काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते बेएजिङ गएका थिए । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।...