Tuesday, August 18

राजनीति

प्रियंका गान्धीले भाजपा उम्मेदवारलाई २ लाख मतले पछि पारिन्
राजनीति, समाचार

प्रियंका गान्धीले भाजपा उम्मेदवारलाई २ लाख मतले पछि पारिन्

नेपालअखबार,काठमाडौँ ।  केरलको वायनाड लोकसभा उपनिर्वाचनको मतगणना जारी छ। भारतमा महाराष्ट्र र झारखण्ड विधानसभा चुनावसँगै वायनाड लोकसभा उपचुनावको मतगणना पनि शनिबार बिहानदेखि सुरू भएको हो। भारतको निर्वाचन आयोगका अनुसार त्यहाँ कंग्रेस आईकी प्रियंका गान्धीले डेढ लाखभन्दा बढी मतान्तरले अग्रता लिएकी छन्। गान्धीले २ लाख ५३ हजार ९४० मत ल्याएकी छन्। कम्युनिस्ट पार्टी अफ इन्डियाका सथ्यन मोकेरीले ८६ हजार मत ल्याएका छन्। यसअनुसार १ लाख ६७ हजार ५३९ मतान्तरले गान्धीले अग्रता लिइरहेकी छन्। भाजपा उम्मेदवार नाभ्य हरिदासले ५३ हजार ६७५ मत ल्याउँदै तेस्रो स्थानमा छिन्। यसअनुसार हरिदाससँग गान्धीको मतान्तर २ लाखभन्दा बढी छ। प्रियंका कंग्रेस नेता राहुल गान्धीकी बहिनी हुन्। गत असारमा सम्पन्न लोकसभा चुनावमा राहुल गान्धी उत्तर प्रदेशको रायबरेली र केरलको वायनाड दुवै क्षेत्रबाट विजयी भएका थिए। ...
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
कृषि, राजनीति, समाचार

कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी

नेपालअखबार,काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्न जोड दिएका हुन् । मन्त्री अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्नेगरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिए । नेपालको भौगोलिक अवस्था, माटो र जलवायु अर्ग्यानिक कफीको उत्पादनका लागि अत्यन्तै उपयुक्त रहेको भन्दै उत्पादन र उत्पादकत्वमा अझै पनि व्यापक सुधार गर्ने आवश्यक रहेको उनले बताए । ‘कफी खेतीका लागि सार्वजनिक निजी साझेदारी, साथै कफीको मूल्य श्रृङ्खलाका सबै चरणहरूमा संलग्न व्यक्तिहरू, कृषक, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताहरूबिच समन्वय र सहकार्य आवश्यक छ’...
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
राजनीति, समाचार

राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त भएका छन्। प्रमुख सूचना आयुक्तमा सुरेश आचार्य र आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। सभामुख देवराज घिमिरे नेतृत्वमा रहेको सिफारिस समितिले आचार्य, विष्ट र भण्डारीको नाम सिफारिस गरेको थियो। आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, विष्ट प्रेस चौतारीका पूर्वअध्यक्ष र भण्डारी प्रेस काउन्सिलकी सदस्य थिइन्।...
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
प्रशासन, राजनीति, समाचार

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेकोभन्दा फरक नपार्न निर्देशन दिएको हो । प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइनबोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सूचित गराएको छ । आचारसंहिता उल्लङ्घन भए/गरेमा तत्कालै कारबाही गर्न निर्वाचन अधिकृत वा अनुगमनकर्ता र स्थानीय प्रशासनलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । यही मङ्सिर १६ गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावर...
रूसले गर्‍यो युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइल आक्रमण
राजनीति, विश्व, समाचार

रूसले गर्‍यो युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइल आक्रमण

नेपालअखबार,काठमाडौं । रूसले युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइलबाट आक्रमण गरेको छ । युक्रेनले रूसमा गरेको आक्रमणको दुई दिनपछि रूसले पनि पहिलोपटक युक्रेनमा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) आक्रमण गरेको हो । रूसले हजारौं किलोमिटरको हतियारसहित पहिलो पटक हमला गरेको युक्रेनको वायुसेनाले बिहीबार जानकारी दिएको छ । रूसले गरेको आक्रमणबाट १६ र १७ वर्षका युवासहित १५ जना घाइते भएका बीबीसीले जनाएको छ । उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तर उनीहरूको स्वास्थ्य अवस्था बारे सूचना प्राप्त भइसकेको छैन । आईसीबीएमले ५ हजार ५०० किलोमिटरभन्दा बढीको दायरामा आक्रमण गर्न सक्छ । यो विशेषगरी आणविक हतियार प्रक्षेपण गर्न प्रयोग गरिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । युक्रेनले रूसमाथि बुधबार अमेरिकी र बेलायती मिसाइल स्टर्म शैडो क्रुजबाट आक्रमण गरेको थियो । एक ...
पुटिनले किमलाई उपहारमा दिए सिंह र भालुसहित ७० जीवजन्तु
राजनीति, विश्व, समाचार

पुटिनले किमलाई उपहारमा दिए सिंह र भालुसहित ७० जीवजन्तु

नेपालअखबार,काठमाडौं । रूसी राष्ट्रति भ्लादिमिर पुटिनले उत्तर कोरियालाई ७० वटा जीवजन्तु उपहार दिएका छन्। ‍ रूस मस्कोस्थित केन्द्रीय चिडियाखानामा रहेका विभिन्न ७० वटा जीवजन्तुलाई बुधबार उत्तर कोरिया पठाइएको हो। त्यसरी पठाइएको जीवजन्तुहरूमा एउटा अफ्रीकी सिंह, दुइटा भालु, याक र दर्जनौं प्रजातीका चराहरू रहेका छन्। मस्कोको चिडियाखानाबाट ती सबै उपहार एउटा कार्गो विमानमा लिएर रूसका वातावरणमन्त्री अलेक्जेन्डर कोज्लोफ बुधबार प्योङयाङ गएका थिए। प्योङयाङको एउटा सरकारी समाचार संस्थाले पनि पुटिनको उपहार प्राप्त भइसकेको उल्लेख गरेको छ।  बिबिसीका अनुसार युक्रेनविरूद्ध रूसी लडाईंमा सहभागी हुन उत्तर कोरियाले हजारौं सैनिक पठाएको खुलासा भएको केही सातामा पुटिनले किमलाई उपहार पठाएका हुन्। दुई देशबीचको सम्बन्ध सुमधुर रहेको सन्देश दिन रूस र उत्तर कोरियाले एक अर्कालाई जीवजन्तु उपहार पठाउँदै आएका छन्...
नगरप्रमुखले अख्तियारी नदिँदा बहुदरमाईमा चार महिनादेखि रोकियो कर्मचारीको तलबभत्ता
राजनीति, समाचार

नगरप्रमुखले अख्तियारी नदिँदा बहुदरमाईमा चार महिनादेखि रोकियो कर्मचारीको तलबभत्ता

नेपालअखबार,पर्सा। पर्साको बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ता सुविधाबाट वञ्चित भएका छन्। चालु आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ। स्थानीय तहले असार १० गतेभित्रै पालिकाको नगरसभाबाट आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि सो नगरपालिकाले सो मितिमा नगरसभा गर्न सकेन। नगरपालिकाभित्रको विवादको कारणले ढिलोगरी गत कात्तिक ८ गते नगरसभाबाट पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो। बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीले नगरसभाबाट बजेट स्वीकृत भएको झण्डै एक महिना बित्न लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अधिकार प्र...
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता
राजनीति, समाचार

स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता

नेपालअखबार,काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट दुई सय ८९ र एक सय २१ स्वतन्त्र उम्मेदवार गरी कुल चार सय १० जनाको मनोनयनपत्र दर्ता भएको थियो । तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् । यस्तै रुकुम (पूर्वी भ...
राष्ट्रपतिले लोकार्पण गरे ‘नेपालका निधि’ पुस्तक
राजनीति, समाचार

राष्ट्रपतिले लोकार्पण गरे ‘नेपालका निधि’ पुस्तक

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित तथा आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताएका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित ‘नेपालका निधि’ नामक पुस्तक लोकार्पण गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने बताए। राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जबाफदेही र सुशासन पहिलो सर्त भएको उल्लेख गरेका छन्। ‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्यमान्यता अनि पवित्रतालाई धुमिल बनाउने अवस्था आउन दिन हुँदैन। यो कुरामा ध्यान दिन सके नै लोक...
सभामुख घिमिरे कम्वोडिया जाँदै
राजनीति, समाचार

सभामुख घिमिरे कम्वोडिया जाँदै

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे मङ्सिर ७ गत कम्वोडिया जाने भएका छन् ।  ‘इन्टरनेसनल पार्लामेन्ट फर टोलोरेन्स एन्ड पिस (आइपीटीपी) को आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन सभामुख घिमिरे कम्वोडिया जान लागेको उनको सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए । ‘कम्वोडियाले आयोजना गर्न लागेको आइपीटीपी कार्यक्रम अन्तर्गत सम्माननीज्यू जान लाग्नुभएको हो‚’ अधिकारीले भने ।  अधिकारीका अनुसार सभामुख घिमिरे कार्यक्रममा सहभागी भएर मङ्सिर ११ गते नेपाल फर्कने कार्यक्रम रहेको छ । यस्तै सङ्घीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले पनि घिमिरे कम्वोडिया जान लागेको पुष्टि गरे ।...